२०८२ आश्विन २६ आईतवार

सिड्नी आध्यात्मिक महोत्सव : दोस्रो दिनमै ४ लाख डलर दान र १११ आजीवन सदस्यता

सिड्नी आध्यात्मिक महोत्सवको दोस्रो दिन : करिब ४ लाख डलर दान, २ संस्थागत र १११ आजीवन सदस्यता वितरण

सिड्नी, अगस्त ३० (शनिबार) — सिड्नीमा जारी आध्यात्मिक महोत्सवको दोस्रो दिन विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू अत्यन्तै उत्साहका साथ सम्पन्न भएका छन्। नेपाली बहुसांस्कृतिक केन्द्र (GSNMC) निर्माणका लागि सहभागीहरूले करिब अष्ट्रेलियन डलर ४ लाख भन्दा बढी सहयोगको प्रतिबद्धता जनाएका छन्।

दोस्रो दिनको सुरुवात पण्डित राजन शर्माद्वारा संचालित बिहानी योग सत्रबाट गरिएको थियो। त्यसपछि पण्डित दीनबन्धु पोखरेलद्वारा भागवत वाचन, दाताहरूद्वारा दान घोषणा, आजीवन सदस्यता वितरण तथा सन्ध्या आरती सम्पन्न भयो।

दान घोषणाहरू
सञ्जीव शर्मा र शर्मिला लुइँटेल तथा एक्स्पर्ट एजुकेशन एन्ड भिसा सर्भिसका निर्देशक बद्री अर्याल र सम्झना अर्याल : २ लाख १ हजार डलर (अभियानकै हालसम्मको सबैभन्दा ठूलो व्यक्तिगत/संयुक्त दान)
राज खनाल र लक्ष्मी खनाल : १ लाख ५०१ डलर
मेघराज पौडेल र किशोरी पौडेल : २५ हजार १ डलर
शिव बन्जारा र पवित्रा बन्जारा अर्याल : ११ हजार १११ डलर
टुंगानाथ खरेल र चन्द्रकला खरेल : १० हजार १०१ डलर
सुमित्रा विष्ट र रामजी विष्ट : १० हजार १ डलर
सन्तोष फुयाल र इन्दिरा फुयाल बास्तोला : १० हजार ५५१ डलर
एनआरएनए अष्ट्रेलिया अध्यक्ष अनिल पोखरेल र अनिता पाठक : १० हजार डलर
रत्नबहादुर थापा र अञ्जु थापा : १० हजार डलर
सूर्यप्रसाद गौतम र सुष्मा खनाल : १० हजार १११ डलर
यसअघि पहिलो दिनमै एनआरएनए अष्ट्रेलियातर्फबाट १५ हजार डलरको दान घोषणा भइसकेको थियो।
कार्यक्रम स्थलमा राखिएको दान पेटिकाबाट थप २ हजार ९७० डलर नगद संकलन गरिएको छ।
सदस्यता अभियानमा उल्लेख्य वृद्धि
संस्थागत सदस्यता : नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान र गोरखा समाज अष्ट्रेलियाले लिएका छन्।
आजीवन सदस्यता : एकैदिन १११ जनाले सदस्यता लिँदै हालसम्मकै दैनिक उच्च संख्या कायम गरेका छन्।

महोत्सव अझै जारी
सिड्नीमा सुरु भएको आध्यात्मिक महोत्सव आइतवारसम्म चल्नेछ। यद्यपि, सचेतना र अर्थ संकलन अभियान महोत्सवपछि पनि निरन्तर जारी रहने आयोजक GSNMC ले जनाएको छ।

GSNMC का प्रतिनिधिहरूका अनुसार, “यो अभियान केवल आजको लागि होइन, हाम्रो भविष्यका पुस्ताहरूको पहिचान, संस्कृति र आध्यात्मिकताको संरक्षणका लागि हो। सिड्नीमा मिनी नेपाल निर्माणका सपनालाई साकार पार्न सबै नेपालीको साथ आवश्यक छ।”

२०८२ भाद्र १५, आईतवार प्रकाशित 1 Minute 168 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।