२०८१ बैशाख १५ शनिबार

चिल्डेन–नेपालको २५ औं बार्षिक साधारणसभा तथा ८औं अधिबेसन भब्य रूपमा सम्पन्न !!

चिल्डेन–नेपालको २५ औं बार्षिक साधारणसभा तथा ८औं अधिबेसन भब्य रूपमा सम्पन्न भएको छ् ।
चिल्डेन–नेपालको २५ औं बार्षिक साधारणसभा तथा ८औं अधिबेसन अन्नपुर्ण १ लेवाडे स्थित संस्थाको फुलबारी स्रोत केन्द्रमा सम्पन्न भएको छ । उक्त अधिबेशनबाट शान्त पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्बाचित भएको छ । समितिको सदस्यहरुमा निबर्तमान अध्यक्ष भिमलाल गुरुङ,साबित्री नेपाली, बिजय कुमार कार्की, जयन्द्र भट्टराई, राधा देबी शर्मा, टेक बहादुर रसाईली, कुल प्रसाद पौडेल, कृष्ण प्रसाद खराल र शान्ता प्यासी रहेका छन भने सस्थाका संस्थापक अध्यक्ष रामचन्द्र पौडेल कार्यसमिति सदस्यमा मनोनित भएका छन । ८ औं अधिबेसनको निर्बाचन समितिमा निर्बाचन अधिकृत अधिबक्ता जनकल्याण पराजुली, बिमल लामीछाने र रमेश सुबेदी रहनु भएको थियो । नब निर्बाचित कार्य समितिलाई निर्बाचन अधिकृत अधिबक्ता जनकल्याण पराजुलीले सपथ ग्रहण गराउनु भयो ।

नब निर्बाचित अध्यक्ष शान्त पौडेलले आफुलाई सर्बसम्मत यो महत्वपुर्ण जिम्मेबारी प्रदान गरेकोमा निबर्तमान अध्यक्ष भिमलाल गुरुङ लगायत सम्पुर्ण सदस्यहरुलाई धन्यबाद दिनु भएको थियो । नब निर्बाचित कार्यसमितिलाई संस्थाका कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्मा, सदस्यको तर्फबाट प्रेम पराजुली संस्थापक अध्यक्ष रामचन्द्र पौडेल र निबर्तमान अध्यक्ष भीमलाल गुरुङले शुभकामना दिएका थिए ।
संस्थाका अध्यक्ष भिमलाल गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले संस्थाको दिगोपन र आत्मनिर्भरका लागी हाल सम्म प्राप्त गरेका उपलब्धि र प्रयासमा कार्यसमिति पदाधिकारी, साधारण सदस्य, कर्मचारीहरु, बिभिन्न सहयोगी संघ संस्था सरोकार निकाय एबं शुभचिन्तकको साथ मिलेको र सबैको भुमिका उत्तिकै महत्वपुर्ण हुने कुरा बताउनु भयो । संस्थाले लक्षित समुहलाई प्रदान गर्दै आएको सेवालाई थप प्रभाबकारी बनाउदै लैजाने कुरामा समेत जोड दिएका थिए । संस्थालाई साथ र सहयोग गर्ने संस्थाका कर्मचारी, राज्यका निकाय, स्थानीय तह, प्रशासन र सम्पुर्ण सरोकारवालाहरुलाई धन्यबाद दिनु भएको थियो । सोही अवसरमा आफनो भनाई राख्दै अध्यक्ष भिमलाल गुरुङले आफनो कार्यकाललाई कोरोना कार्यकाल भएको बताउनु भयो । संस्थामा कार्यरत कर्मचारीहरुको अहोरात्रको खटन र मेहनत नै आफनो कार्यकालको सफलता रहेको कुरामा जोड दिदै सम्पुर्ण कर्मचारीहरुलाई धन्यबाद दिएका थिए ।

अबिधेसनको अवसरमा सस्थाका संस्थापक अध्यक्ष रामचन्द्र पौडेललाई संस्थामा पुर्याएको योगदानको सम्मान गदै दिर्घ सेवा सम्मानबाट सम्मानित गरीएको थियो । संस्थाले कार्य सम्पादन मुल्याङकनबाट उत्कृष्ट कर्मचारीको रुपमा छनौट गरिएका सहायक संयोजक महेन्द्र पौडेल र भण्डार सहायक÷टेलिफोन अपरेटर होममाया कार्कीलाई प्रशंसा पत्र र नगद बाट प्रशंसा र सम्मान गरिएको थियो । त्यसै गरी संस्थाको कामलाई निरन्तरता दिदैं आफनो शैक्षिक तह वृद्धि गर्न सफल हुनुभएका लेखा अधिकृत हरी प्रसाद पोख्रेल र सहायक संयोजक बिसाल घोताने लाई प्रशंसा स्वरुप प्रशंसा पत्र र नगदबाट समेत सम्मान गरिएको छ । कार्यक्रममा संस्थाको बार्षिक समाचार पुस्तिका उज्यालोको खोजीको बिमोचन पनि गरीएको थियो ।

२५ औं बार्षिक साधारणसभा तथा ८औं अधिबेसनमा संस्थाको आ ब २०७७÷०७८ को प्रगती प्रतिबेदन महासचिब बिजय कुमार कार्कीले प्रस्तुत गरेका थिए भने आ ब २०७७÷०७८ को आर्थिक प्रगती प्रतिबेदन र आगामी बर्षको कार्यक्रम र बजेट कोषाध्यक्ष शान्त पौडेलले प्रस्तुत गरेका थिए । भएको थियो । दुबै प्रतिबेदनहरुलाई सभाबाट सर्बसम्मत पारित गरिएको थियो । संस्थाका अध्यक्ष भिमलाल गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिब बिजय कुमार कार्कीले गरेका थिए।

२०७८ चैत्र २६, शनिबार प्रकाशित 0 Minutes 265 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार