२०८१ बैशाख १५ शनिबार

लोक तथा दोहोरि गायक सुमन खड्का को सृजनामा लोक दोहोरि गीत ‘नारेपा’ (कम्मर मर्काइ मर्काइ) सार्वजनिक

लोक तथा दोहोरि गायक सुमन खड्का को सृजनामा लोक दोहोरि गीत ‘नारेपा’ (कम्मर मर्काइ मर्काइ) सार्वजनिक भएको छ । ग्रामिण भेगको लाहुरेको कथा समेटिएको उक्त गीत मा स्वयम सुमन खड्का, गायक अनिल चापागाई , गायिका कमला सुनार र रोशनि घर्तिले आवाज दिएका छन । चार जनाको संयुक्त आवाज रहेको यो गीत को सङ्गीत संयोजन दिबस थापाले गरेका छन भने गीतको रेकर्डिङ्ग बासुरि डिजिटल पोखरामा भएको थियो । होम गुरुङ द्वारा निर्देशन गरिएको नारेपा गीतमा चर्चित मोडल लोमश शर्मा र अस्मिता रणपालको अभिनय रहेको छ ।


लाइभ दोहोरि कार्यक्रम फेवा चौतारि मार्फत आफ्नो कला डिजिटल दुनिया मा प्रस्तुत गरेका खड्काले दर्जनौ गीत मा कलमको मसि खर्चिएको भएपनि आफ्नै आवाजमा भने यो तेस्रो गीत हो । गायिका कमला सुनार को पनि यो तेस्रो नै औपचारिक गीत भएको बताउछिन्। आवाजमा माधुर्यता भरिएको कमलाको आवाजले सुनमा सुगन्ध थपिएको आभाष गराउछ । गायिका रोशनि घर्तिको पनि यो पहिलो काम होइन , तर यो गीतबाट अलि बढी आसावादी भएको उनि बताउछिन। गायक अनिल चापागाइको भने यो पहिलो गीत हो । साङ्गितिक क्षेत्रमा नयाँ भएपनि दुबैको आवाजमा खोट लगाउने ठाउँ भने छैन । हल्का मुस्कान सहित गाएजस्तो सुनिने अनिलको आवाजले गीतलाई झनै मिठो बनाएको छ । रोधिमा घन्किने रोशनि को आवाज ले सबैलाई छमछमि नचाएको छ ।
लाहुरबाट आएको लाहुरे र गाउँबाट सहर झरेकि युवतिको भेट बाट सुरु भएको कथा गाउँका उकालि ओरालीको यात्रा हुदै मौलिक शैलिको रोधिमा लगेर टुङ्ग्याएका छन निर्देशक गुरुङले । ‘
काधमा पोको हातैमा गेलिन , बाग्लुङ बजार झरेकि के लिन ‘ ‘
बोकि आए नारेपा जर्किन , नचाखि त पाउदैनौ फर्किन ‘
यस्तै सवालजवाफ ले बुनिएको ‘नारेपा’ गीतमा गेलिन’ , जर्किन’ , काधको पोको जस्ता मौलिक शब्दलाई कलात्मक ढङ्गले प्रस्तुत गरेका छन सर्जक खड्का ले । चैत २ गते सुमन खड्का को युटुब च्यानल मार्फत सार्वजनिक गरिएको सो गीतले सामाजिक सन्जालमा राम्रै चर्चा बटुलिरहेको छ।

२०८० चैत्र ३, शनिबार प्रकाशित 0 Minutes 301 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार