२०८१ बैशाख १४ शुक्रबार

प्रचण्डप्रति लक्षित गर्दै ओलीले भन्नुभयो – म नातावाद, कृपावादको आरोप नलागेको मानिस हुँ!

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अहिलेसम्म नातावाद, कृपावादको आरोप नलागेको दाबी व्यक्त गर्नुभयो। आज बिहान काठमाडौंको त्रिपुरेश्वरमा राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै उनले एमालेमा नातावाद कृपावाद नभएको बताउनु भयो।

‘म नातावाद, कृपावादको आरोप नलागेको मानिस हुँ’, उहाँले भन्नुभयो, ‘नत्र मेरी श्रीमती दुई विषयमा डिग्री गरेकी हुन्। बैंकबाट रिटायर्ड भएकी हुन्।’

तर पनि आफूले राजनीतिमा उनलाई नतानेको अध्यक्ष ओलीले बताउनु भयो।
आफू बुहारी, छोराछोरी, साला, सालीलाई पार्टीमा ल्याउने प्रवृत्तिको मान्छे नभएको अध्यक्ष ओलीले बताउनु भयो।

‘मेरो आफ्नै भाइ वडा कमिटीमा छ किनभने उसले गरेकै काम त्यति हो, जसले जे काम गर्छ त्यही पाउने हो’, उहाँले भन्नुभयो।
उहाँको भनाइ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति लक्षित थियो।

२०७९ श्रावण २९, आईतवार प्रकाशित 0 Minutes 150 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार