२०८१ बैशाख १५ शनिबार

“संविधान दिवसको उपलक्ष्यमा रास्ट्रिय युवा संघ नेपाल कास्कीद्वारा विविध कार्यक्रम सम्पन्न”

“संविधान दिवसको उपलक्ष्यमा रास्ट्रिय युवा संघ नेपाल कास्कीद्वारा  विविध कार्यक्रम सम्पन्न”

रास्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटीले आफ्नो, संगठनात्मक तथा रचनात्मक गतिविधी तिव्र पारेको छ। आज संविधान दिवस‌को उपलक्ष्यमा जिल्ला माताहतका केही वडा तथा जिल्लाले आफ्नो विविध कार्यक्रम सन्चालन गरेको छ।
पोखरा महानगरपालिका वडा नं. १७ मा बिहान ८ बजे राम मन्दिर परिसर देखी पावरहाउस सम्म सरसफाई कार्यक्रम गरेको थियो। जसको संयोजक वडा कमिटी अध्यक्ष कृष्ण पौडेलले गर्नु भएको थियो । सरसफाई कार्यक्रममा युवा संघ कास्की जिल्ला कमिटी अध्यक्ष पान वहादुर जि.सी आफै झाडू लिएर सहभागीता जनाउनु भएको थियो भने कार्यक्रममा सोही भुगोलका केन्द्रिय सदस्य ,जिल्ला सदस्यहरु तथा वडा कमिटिका सदस्यहरु को बाक्लो उपथिती थियो ।

पोखरा, महानगरपालिका वडा नं. ३३ मा पनि रास्ट्रिय युवा संघको संविधान, दिवसको उपलक्ष्यमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रम अध्यक्षता केशवराज आचार्यले गर्नु भएको थियो । उक्त प्रशिक्षणमा ने.क.पा. एमाले केन्द्रय कमिटी सदस्य भिम काकी, नेकपा एमाले पोखरा महानगरका अध्यक्ष दिलिप न्यौपाने, राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला अध्यक्ष पान वहादु जि. जी ले प्रशिक्षण दिन भएको थियो सो कार्यकम संयोजक वडाका इन्चार्ज अमृत पौडेल गर्नु भएको थियो प्रशिक्षणमा सयौ युवाहरुको सहभागीता रहेको थियो ।

राष्ट्रिय युवा संघ नेपाल कास्कीको मादी गाउँपालिका वडा न २ कमिटिले यही असोज १ देखी ४ गते सम्म युवाहरुमा एकता , खेलकुद छेत्रको विकास, खेलाडीहरूको क्षमता वृद्धिको गर्ने उदेश्यका साथ खुल्ला महिला तथा पुरुष बास्केट बल प्रतियोगिता सन्चालन नै राखेको छ् सो कार्यक्रम भोली २०७९/०६/०४ गते समापन हुँदै छ । उक्त कार्यक्रमले युवामा खेल मोह, शाररिक सुगठन र युवालाई युवा संघमा अर्कषण गर्ने कुरा जिल्ला अध्यक्ष पान बहादुर जि. सि ले बताउनु भयो।।

संविधान दिवसको अवसरमा आज नै जिल्ला कमिट कास्की ले आफ्नो ४ वटै पालिका बाट नव निवाचित अध्यक्ष ,उपाध्यक्ष , सचिव, सह-सचिव र कोषाक्ष्यक्ष गरि २४ जना लाई बधाई तथा शुभकामना कार्यक्रम जिल्ला पार्टि कार्यलयको हलमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम्मा ने. क. पा एमाले केन्द्रिय कमिटी सद्स्य राजिव पहारी, नेकपा एमाले उप-सचिव दर्शन लामा ले के प्रशिक्षामक भनाई राखनु भएको थियो कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष पान बहादुर जिसि ले गर्नुभएको थियो भने कार्यक्रम संचिलन जिल्ला सचिव नमराज के. सी.ले गर्न भएको थियो।

राष्टिय युवा संघ जिल्लाले आफ्नो ९ ओटै बिभाग , ७२ओटै वडाका वडा इन्चार्ज, तिन ओटै क्षेत्रमा क्षेत्रीय संयोजक, ६ ओटै निवाचन प्रदेशमा प्रदेश संयोजक, ५ ओटै पालिकामा पालिका संयोजक लाई क्षेत्राधिकार तोकेर कार्यतालिका सहित कार्य जिम्वेवारी प्रधान गरि आफ्नो कार्यक्रम तिव्र पारेको कुरा युवा संघ कास्की जिल्ला कमिटी सचिव नमराज केसिले जानकारी दिनुभयो ।

२०७९ आश्विन ३, सोमबार प्रकाशित 1 Minute 197 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार