२०८१ बैशाख २० बिहीबार

सबै कुराको सागर हुन्छ त्यसमा तिमि एउटा चुन्नु❤️ लेखक बिमल सुबेदि (GOLDEN 🐝)

दुखको सागर हुन्छ
सुखको नि सागर
मायाको सागर हुन्छ
घृणाको नि सागर
कुन हौ तिमी त्यही चुन्छु
म प्रेमले भरी लिन्छु
तिमी आकार देऊ

शब्दको सागर हुन्छ
अर्थको नि सागर
कल्पनाको सागर हुन्छ
यथार्थ यसै सागर
जुन हौ तिमी त्यही रोज्छु
म निश्वार्थ भरी लिन्छु
तिमी आकार देऊ

दिनमा उज्यालोको सागर
रातमा अधेरीको सागर
आउदो पलको सागरै रैछ
बितेको पलको नि सागर
त्यो पलको सागर चुन्छु
जुन मेरो समय भरी लिन्छु
तिमी प्रेमको आकार देऊ !!
प्रेम सागरमा मजाले डुबुल्की मारौं
प्रयास गर्दा अत्यास लाग्ला
कतै बिच बाटोमा मन दोमन होला
रिस गर्नेले उल्टो कुरा भन्लान
सागर न हो आँधि तुफान आउला
विषम स्थितिमा पनि हिम्मत नडगमगावस्🤞🏼

२०७८ श्रावण ८, शुक्रबार प्रकाशित 0 Minutes 490 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।