२०८१ बैशाख १८ मंगलवार

पोखरा १० बुद्ध चोक मा राजु परियार मृत अवस्था मा फेला !!

वडा प्रहरी कार्यालय रामबजार कास्की

मिति २०८०।०७।२६ गते अं. ०३:३२ बजेको समयमा जिल्ला कास्की पो.म.न.पा. १०बुद्ध चोक स्थित ऐ.ऐ. १४ छिनडाँडा घर भई हाल पोखरा म.न.पा. १० बुद्ध चोक दिदीको डेरा कोठामा भान्जा बर्ष ११ को मिगल परियारसंग बस्ने बर्ष २९ को राजु परियार ( अबिबाहीत) ००:३० बजे ट्वाईलेट गएको र ०३:२० बजे सम्म ननिस्कीएकोले निजको भान्जाले खो.त. गर्दा ट्वाईलेटको ढोकाको चुक्कल नलगाई ट्वाईले माथिको धारामा समाई अचेत अवस्थामा देखी घरबेटी मैया थापा  लाई खबर गरी घर धनीले यस कार्यालयमा जानकारी गराए पश्चात तत्काल यस कार्यालयबाट प्र.स.नि. पदम बहादुर के.शी.को कमाण्डमा ५ जनाको टोली खटी गई निजलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पठाएको अवस्था सिरियस उपचारमा ज्वाई राम परियार  संलग्न रहेको । र ऐ. ०४:१० बजेको समयमा चेक जाँचको क्रममा डा.ले मृत घोषणा गरेको । ट्वाईलेटमा रगत सहितको सिरिन्ज फेला परेको ।

थप अनुसन्धान गर्दा निजको भान्जाको डेरा कोठाको फ्रिज मुनि लुकाई छिपाई राखेको नुर्फिन ३४ एम्पुल ,डाईजपाम ३४ एम्पुल र फेनरागन ३४ एम्पुल गरि जम्मा ३४ सेट (१०२ एम्पुल ) लागु औषध समेत फेला पारी बरामद गरिईएको। निजको दिदी १० /१५ दिन अगाडी पर्चुगल गएको भन्ने बुझिएको । उक्त स्थान यस कार्यालयबाट अं. १ कि.मि उत्तर पर्ने अन्य बिबि पछि ।

राम बजार प्रहरी प्रमुख बिनोद श्रेष्ठले विश्व पाटि लाई जानकारी दिनुभयो ।

२०८० कार्तिक २८, मंगलवार प्रकाशित 0 Minutes 403 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार