२०८१ बैशाख १५ शनिबार

राष्ट्रिय युवा संघ पोखरा ८ द्दारा रक्तदान कार्यक्रम सम्पन्न, ४१ युनिट संकलन ।(फाेटाे फिचर सहित)

  1. राष्ट्रिय युबा संघ पोखरा८ द्दारा रक्तदान कार्यक्रम सम्पन्न, ४१ युनिट संकलन ।


पोखरा । राष्ट्रिय युवा संघ नेपाल पोखरा मनपा-८ द्वारा पोखरा सृजनाचोकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। रगत अभाव नहोस् भनेर रक्तदान गरि राष्ट्रिय  युवा संघले सरहानिय काम गरेको कार्यक्रमका प्रमुख अतिथि पोखरा-०८ का अध्यक्ष रुद्रनाथ बरालले बताएका थिए ।

रक्त संचार केन्द्र पोखराको सहयोग मा भएको कार्यक्रमको अध्यक्षता राष्ट्रिय युबा संघ ८ का अध्यक्ष सन्जिब बरालले गरेका थिए भने कार्यक्रममा नेकपा एमाले पोखरा-०८ उपाध्यक्ष कमला गिरि, सचिब दिपकराज घिमिरे , नेकपा एमालेका जिल्ला सदस्य पर्शुराम बराल, रेडक्रस पोखरा ८ का सचिब बलराम बराल, राष्ट्रिय युवा संघका उपाध्यक्ष सुनिल खड्का, समाजसेबि दलबहादुर जिसि, गणेश अधिकारी लगायतका अतिथि एवं महानुभावहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रिय युवा संघ पोखरा-०८ का अध्यक्ष सन्जिब बरालको अध्यक्षतामा भएको कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको युवा संघ पोखरा-०८का सचिव किरण भण्डारीले बताएका थिए। कार्यक्रमको संयोजकको रुपमा उपाध्यक्ष सुनिल खड्काले रहेका थिए। उक्त कार्यक्रम संचालक किरण भण्डारी रहेका थिए ।


२०७८ फाल्गुन १६, सोमबार प्रकाशित 1 Minute 247 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार