२०८१ बैशाख १४ शुक्रबार

आदिकवि भानुभक्त क्याम्पस बिधार्थी अध्यक्षमा विश्वकर्मा!!

व्यास नगरपालिका -१ स्थित विज्ञानचौर रहेका आदिकवि भानुभक्त क्याम्पसको व्यवस्थापन विद्यार्थी सर्कलको अध्यक्षमा दिनेश विश्वकर्मा सर्वसम्मतरुपमा चयन हुनुभएको छ । सर्कलको दोस्रो अधिवेशन तथा साधारण सभाबाट दिनेशलाई अध्यक्षमा चयन गरिएको हो ।
संस्थाको प्रथम उपाध्यक्षमा मिलन तामाङ ,द्धितिय उपाध्यक्षमा निशा भण्डारी, सचिवमा सुमन खड्का , सहसचिवमा अलिशा वंशी ठकुरी , कोषाध्यक्षमा रोजिना श्रेष्ठ , बोर्ड सदस्यहरुमा प्रबिन आले , सुन्दर श्रेष्ठ बुनु सुनाम , निकाश पुरी , विविजान मिया , हरि बहादुर थापा , प्रकाश पौडेल र कविता गैहे चयन भएका छन्।
त्यस्तैगरि ११/१२ उपसमिति संयोजकमा लक्ष्मी रानाभाट ,उपसमिति सदस्यहरुमा ममता खड्की , कविता आले प्रजुना श्रेष्ठ र वविता थापा रहेका छन् ।
सर्कलका कार्यवाहक अध्यक्ष दिनेश विकको अध्यक्षता मा सम्पन्न उक्त कार्यक्रम स्वागत मन्तव्य मञ्चका बाेर्ड सदस्य मिलन तामाङ ज्युले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन र प्रगति प्रतिबेदन एवम आयव्यय बिबरण सर्कलका सचिव सुमन खड्का ज्युले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमका आतिथि एवम सर्कल प्रमुख संरक्षक, क्याम्पस प्रमुख महाप्रसाद हड्खले ज्युले सर्कलले गरेका कार्यहरु अति नै राम्रा भएका र आगामी दिनमा पनि यस्तै कार्यक्रम हुने मा आशा व्याक्त गर्दै , क्याम्पस को साथ सहयोग सदैव सर्कल प्रति रहने कुरा व्याक्त गर्नु भएको थियो । व्यवस्थापन बिभाग प्रमुख रामभत्त घिमिरे ज्युले व्यवस्थापन बिभाग को साथ सदैव सर्कललाइ साथ हुने कुरन व्यक्त गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि एवम सन्चालक समितिका अध्यक्ष बह्मदत्त तिम्सिनाज्युले सर्कलले गरेका काम को प्रशंसा गर्दै सञ्चालक समितिको साथ सदैव सर्कल प्रति रहने कुरा व्याक्त गर्नु भयो । व्यवस्थापन बिभाग प्रध्यापक जनक काफ्ले ज्युको अध्यक्षता र प्राध्यपक दिपा थापा ज्युको सदस्यता मा गठित निर्वाचन समिति माथि उल्लेखित समिति निर्विरोध गठन गरेको छ ।
अधिवेशन अवसर सर्कलले बार्षिक प्रतीवेदन २०७८ क्याम्पस प्रमुखजयुलाई हस्तान्तरण गरेको छ।
कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष ब्रह्मदत्त तिमल्सेना, सदस्य मोहन गिरि, संस्थाको प्रमुख संरक्षक एवं क्याम्पस प्रमुख महाप्रसाद हड्खले ,सहायक क्याम्पस प्रमुखहरु डा. रामकुमार अधिकारी र सागर पौडेल ,संस्थाको संरक्षक एवं क्याम्पस व्यवस्थापन विभागका प्रमुख रामभक्त घिमिरे , निर्वाचन समितिका संयोजक उपप्राध्यापक जनक काफ्ले , निर्वाचन समितिका सदस्य दीपा थापा विभागिय प्रमुख , विद्यार्थी समिति प्रमुख लगातय प्राध्यापकहरु एवं व्यवस्थापन संकायका विद्यार्थी हरुको उपस्थित रहेको थिए ।

२०७८ चैत्र २१, सोमबार प्रकाशित 1 Minute 314 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार