२०८१ बैशाख १४ शुक्रबार

नेपाल विद्यालय कर्मचारी परिषद कास्की जिल्ला समितिले १ हप्तासम्म सामुदायिक विद्यालयहरु बन्द!!

कास्की-१२,सरकारले तलबमा विभेद गरेको भन्दै विद्यालय कर्मचारीहरु यही भदौ १ गतेदेखि आन्दोलित हुँदै आएका छन् । येस्को प्रभाव कास्की जिल्लामा नि देखिएको छ् ।
विद्यालय कर्मचारी परिषद्ले देशभरका सामुदायिक विद्यालयमा तालाबन्दी गरेको छ । विभिन्न जिल्लामा तालाबन्दी भएको तालाबन्दी भयेको बिद्यालय परिषद्ले जनाएको छ ।

परिषद्का सदस्य किशन भण्डारीका अनुसार जिल्ला विद्यालय तालाबन्दी गर्नको लागि समिति गठन भएको छ । उनले भने, ‘जिल्लामा साथीहरूले तालाबन्दी गरिसक्नु भएको छ । जिल्लामा विद्यालय बन्द गर्न अनुरोध गरेका छौं । त्यसको अनुगमन गर्न सदस्यीय समिति गठन गरेर बन्द नभएका विद्यालयमा ताला लगाउँछौ ।’जबर्जस्ती ताला लागाउँदा उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकारले लिनुपर्ने उनको भनाइ छ ।
सदियौ देखि न्यून पारिश्रमिका बाबजुद पनि बिधालयको आर्थिक प्रशासनिक पाटो समाल्दै आएका जिम्मेवार विधालय कर्मचारी र कार्यलय सहयोगीको उचित व्यवस्थापन र उचित मुल्यांकनको निम्ति गठन भएको छ।.

उनीहरूको माग सम्बोधन नभएसम्म निरन्तर आन्दोलन गर्ने अडान लिंदै आएका छन् ।

कास्की जिल्ला सम्पूर्ण सामुदायिक विद्यालय ।
विषय : जानकारी सम्बन्धमा ।
प्रस्तुत विषयमा यस कास्की जिल्लाका अर्न्तगत सम्पूर्ण विद्यालय कर्मचारीले विद्यालयको शैक्षिक, भौतिक, आर्थिक पक्ष तथा सम्पूर्ण जिम्मेवारी लिई निरन्तर कर्तव्य निष्ठ भई काम गरिराखेका छौं । तर राज्यले आ.ब. ०७९/०८० को बजेट भाषणबाट सम्पूर्ण कर्मचारीको तलब वृद्धि गर्दा समेत हामी विद्यालय कर्मचारीहरुलाई बढेको तलबमानमा संलग्न नगरेको अवस्था साथै हामी विद्यालय कर्मचारीहरुको दरवन्दीको लागि पहल नगरेको हुँदा २०७९ भदौ १ गतेबाट निरन्तर आन्दोलित भएको कुरा अवगतै छ । सो आन्दोलनको आवाज सरकारले नसुनेकाले विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको निर्देशन अनुसार हाम्रो आवाज सुनाउन मिति २०७९ भदौ १२ गतेदेखि १८ गतेसम्म सम्पूर्ण सामुदायिक विद्यालयहरु बन्द गर्ने निर्णय भएकोले हाम्रो आन्दोलनलाई सहयोग र सहजिकरण गरिदिनुहुन यस कास्की जिल्लाका समुदायिक विद्यालयका वि.व्य.स. अध्यक्ष, प्र.अ. शिक्षक र विद्यालय कर्मचारीहरुमा सादर अनुरोध गर्दछौं ।
विद्यालय कर्मचारी परिषद् जिल्ला समिति,कास्की अध्यक्ष हरिसचन्द्र बास्तोलाले बिज्ञप्ती जारी गरेका छन ।

२०७९ भाद्र १२, आईतवार प्रकाशित 1 Minute 444 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार