२०८१ बैशाख १५ शनिबार

सत्ता गठबन्धन र विपक्षी गठबन्धनको चुनावी तालमेल तथा गठबन्धनको चुनाव जित्ने होडबाजी ।

सत्ता गठबन्धन र विपक्षी गठबन्धनको चुनावी तालमेल तथा गठबन्धनको चुनाव जित्ने होडबाजी ।♦

कुल प्रसाद बगाले थापा
२०७९/०६/२५
सोमबार

कमल-०५ , झापा
नेकपा एमालेले अहिले गठबन्धन भने कुनै पार्टीसँग गरेको छैन र विपक्षी तालमेल चै गरेको छ जहाँ राजेन्द्र लिङ्ग्देनको राष्ट्रिय प्रजातन्त्र पार्टी ,कमल थापाको नेपाल प्रजातन्त्र पार्टी ,उपेन्द्र यादवको जनता समाजवादि पार्टी र बि.पि. कांग्रेस एउटै धरातलमा रहेर चुनाव लड्ने भएको हो ।रा. प्र. पा. को सिद्धान्त हिन्दु राष्ट्र र राजतन्त्र भएता पनि यो सिद्धान्तलाई नेकपा एमालेका धेरै नेता कार्यकर्ताहरुले आत्मसात गरेको पाइएन ।अब वास्तविक चुनावको अभियान जुटिरहेको यी दुई विशेष गठबन्धनको एसपाली एकदमै ठुलो भिडन्त नहोला भन्ने कुरामा कुनै दुई मत छैन । अब यथार्थ रूपमा स्पष्ट नतिजा अनि चुनावपछिको सरकार कसको बन्नेछ भन्नलाई अब हामी नेपाली जनताले मङ्सिर ४ नै कुर्नुपर्ने हुन्छ ।

एकपट्टी सत्ता गठबन्धनमा शेर बहादुर देउवाको नेपाली कांग्रेस , पुष्पकमल दाहाल प्रचण्डको माउवादी केन्द्र , माधवकुमार नेपालको एकीकृत समाजवादि जुन माउवादी केन्द्रबाट फुटेको हो , राष्ट्रिय जनमोर्चा पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लो. स. पा. ) छन् । यिनीहरु एउटै धरातलमा उभिएर गठबन्धन गरेर सँगै चुनाव लडेर आफ्नो एकलौटी बहुमतको सरकार बनाउने दाउमा जुटेका छन् ।यिनीहरुको गठबन्धनको वेग्लावेग्लै पार्टीको फरक फरक सिधाान्त बोकेता पनि के.पि. शर्मा ओलिसँग भित्री मनमोटाब र चिसोपना भएको हुनाले यिनीहरु एकजुट भएर नेकपा एमालेलाई हराउन एकदमै लागि परेर चुनावी अभियानमा लागेका छन् ।

२०७९ आश्विन २४, सोमबार प्रकाशित 1 Minute 517 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार