२०८१ बैशाख १४ शुक्रबार

अब कुरा गरौं समग्र नेपाली खेलकुद क्षेत्रमा -कुल प्रसाद वाग्ले !!

अब कुरा गरौं समग्र नेपाली खेलकुद क्षेत्रमा

राष्ट्रको अर्थतन्त्र बलियो बनाउनका लागि नेपाली खेलकुद ; चाहेँ त्यो फूटबल अथवा क्रीकेट होस् ; एकदमै ठुलो असर पर्दछ ।धनी देशहरुले त्यसै अर्थतन्त्रमा यत्रो फड्को मारेको होइनन् ।सोच्नुहोस् खेलकुद क्षेत्रले देशलाई निकै गहकिलो धनराशि निम्ताउन मद्दत गरेको हुन्छ ।
तर दुर्भाग्यको कुरा चै के हो भने नेपालमा खेलाडीहरु पनि match fixing जस्तो फोहोरी र अबध्र चक्रभियु फसेको तथ्य पनि हामीलाई अवगत नै छ ।यो जति लाजमर्दो कुरा त के नै हुन सक्छ र महोदय ।हजारौं नेपाली फुटबल समर्थकहरु भने देशले खेलकुद क्षेत्रमा केही प्रगति गर्ला भनेर रंगशालामा पैसा तिरेर हेर्न पुग्छन् अनि recharge गरेर data किनेर खेल हेर्छन् ।तर यो सबै हाम्रो मिहिनेत बालुवामै जाने हो कि पानीमा जाने हो ।किन आर्को कुरा यो खेल क्षेत्रमा किन राजनीति भित्राउनु ।के जुनै पनि क्षेत्रमा राजनीति मिसाउनु जरुरी छ र ।त्यसैले गर्दा यहाँका अब्बल र क्षमतावन खेलाडीहरुले अवसर नपाउनाले खेल्नबाट वन्चित हुनुपरेको विडम्बना पनि हामीसँग छदैँ छ ।त्यति मात्रै कहाँ होर हजुर प्रथमा खेलाडीहरुको तलब धेरै भइदिएको भए पो विचारा खेलाडीहरुले धन्न पो त ।खासगरी उहाँहरुले पाउने तलब ज्यदै न्यून भएकाले उहाँहरुले परिवार धान्न नसकेका कारणले अहिले दिनहुुँ रूपमा उहाँहरुको विदेशीने प्रवृति बढिरहेको छ ।अनि यहाँ खेलकुदको विकासका लागि चाहिने भौतिक पुर्वाधारहरुको नै कमि छ ।यहाँ न त रंगशालाको उचित व्यवस्थापन छ न त यहाँ नियमित रूपमा प्रशिक्षण नै हुन्छ । यो खेलकुद क्षेत्रमा आबद्ध निकायहरुको म ध्यानाकर्षण गर्दै यो क्षेत्र छिटै नै विकास भएर उचाईमा पुग्न सफल होस् मेरो कामना छ ।

२०७९ भाद्र १४, मंगलवार प्रकाशित 1 Minute 351 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार