२०८१ बैशाख १५ शनिबार

रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण ।

रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाद्धारा रुपन्देहीमा स्वास्थ्य सामग्री हस्तान्तरण ।

काठमाण्डौ । 
रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले रुपन्देहीको दुधराक्षमा रहेको स्वास्थ्य चौकिको लागि आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । समाजले स्वास्थ्य चौकीका लागि आवश्यक सेमि एनलाईजर मेसिन र त्यसका लागि आवश्यक पर्ने केमिकल हस्तान्तरण गरेको हो ।

सञ्जालका वर्तमान अध्यक्ष मुक्तिराम पोखरेलले सामाजिक हित र परोपकारी कार्यका लागि परदेशमा रहेर पनि घरदेश सम्झनेहरुलाई धन्यवाद ज्ञानपन गर्नुभएको थियो ।

अष्ट्रेलियामा रहेका नेपाली विधार्थी, व्यवसायी र कर्मचारीहरुले संकलन गरेको रकमबाट स्वास्थ्य संस्थालाई उक्त मेसिन हस्तान्तरण गरिएको सञ्जालका अध्यक्ष मुक्तिराम पोख्रेलले जानकारी दिनुभयो । स्वास्थ्य संस्था व्यवस्थापन समितिका प्रमुख एंव वडा नं. ६ का वडा अध्यक्ष वसन्त पाण्डेको अध्यक्षतामा सैना मैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख कार्कीले नागरिकको जीवनसंग जोडिएको स्वाथ्य सामग्री हस्तान्तरण गरेर अष्ट्रेलिया सामाजिक सञ्जाल समुहले ठूलो गुन लगाएको बताउनुभयो । दुधराक्ष जनस्वास्थ्य चौकिका ईन्चाज खगराज पोखरेलले कार्यक्रममा स्वागत मन्तव्य सहित कार्यक्रम को उद्धेश्य र महत्व माथि प्रकाश पार्नुभएको थियो । 

आफ्नो जन्म थलो र आफन्तहरुलाई माया गरेर प्रदान गरेका हरेक सामग्रीको उच्चतम सदुपयोग गर्नुपर्ने भन्दै उहाँले आगामी दिनमा पनि सहकार्यका लागि अनुरोध गर्नुभयो । कार्यक्रममा हेमराज पन्थीले सहजिकरण गर्नुभएको थियो । भर्चुअल माध्ययमबाट भएको कार्यक्रममा सञ्जालका निर्वतमान अध्यक्ष इश्वर पोखरेलले भौतिक रुपमै उपस्थित भएर नगर प्रमुख कार्कीलाई एनलाईजर हस्तान्तरण गर्नुभएको थियो । रुपन्देही सामाजिक सञ्जालले गरेका कामका बारेमा कार्यक्रम संयोजक एंव सञ्जालका उपाध्यक्ष दिवकर काफ्लेले सामाजिक कामका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो । यसैगरी सञ्जालका वर्तमान अध्यक्ष मुक्तिराम पोखरेलले सामाजिक हित र परोपकारी कार्यका लागि परदेशमा रहेर पनि घरदेश सम्झनेहरुलाई धन्यवाद ज्ञानपन गर्नुभएको थियो ।

उहाँले आगामी दिनमा रुपन्देहीको स्वाथ्य, शिक्षा लगाएतका विविध विषमा आफुहरु सहयोग गर्न तयार रहेको प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष डिलाराम वेलवासे, केशर बहादुर बम्मरेल र रोमाकान्त लगायतको उपस्थिती रहेको थियो । कार्यपालिका सदस्य इश्वरी भण्डारी, टोल विकास समितिका प्रतिनिधि, समाजसेवी एंव पत्रकार लगाएतको सहभागिता रहेको थियो । 
कामका शिलसिलामा अष्ट्रेलियामा रहेका रुपन्देही स्थायी वसोवास भएकाहरुको समाजिक सञ्जाल समुहले विभिन्न समयमा स्वास्थ्य सामग्री लगाएतका सहयोगहरु प्रदान गर्दै आएको छ । 

२०७८ माघ २०, बिहीबार प्रकाशित 0 Minutes 336 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार