२०८१ बैशाख १७ सोमबार

मित्रता हुनु त कार्ल मार्क्स र एङ्गेल्सको जस्तो: झपट रानाभाट ।

सिडनी । अष्ट्रेलिया । मित्रता हुनु त कार्ल मार्क्स र एङ्गेल्स जस्तो।
कार्ल मार्क्स  र एङ्गेल्सको बीच यस्तो मित्रता थियो कि, जसको बिश्वमा कुनै उदाहरण पाइदैन। मार्क्स स्वयं त्यो मित्रतालाई यूनानी पौराणिक कथाहरूमा वर्णित साथीत्व जस्तो मान्नुहुन्थ्यो। यस मित्रतामा आरम्भदेखि अन्तिमसम्म करीब एङ्गेल्सले नै ज्यादा त्याग ,सहयोग र सहायता गरेको देखिन्छ । त्यसैले त्यो एकपक्षीय मित्रतालाई आलोचकहरुले माक्र्सद्वारा एङ्गेल्सको लगातार भावनात्मक ,बैचारिक र आर्थिक शोषण पनि भन्थे। तर, जवानीमा भएको मित्रता बाल्यपनको मित्रता समान बूढेसकालसम्म निरन्तर निर्वाध र सदाबहार रुपले जारी रह्यो,जसको निश्छ आवेग सधैं बनिरह्यो।
माक्र्सको एङ्गेल्ससितको पहिलो भेट सन् १८४२ मा पेरिसमा भएको थियो।त्यो भेट निकै सानो र शिष्टाचार भेट थियो,जसमा मार्क्स एङ्गेल्ससित खासै प्रभावित हुनुभएको थिएन। पछि एङ्गेल्सका केही लेखहरु माक्र्सले अध्ययन गरे। ती लेखहरुमा माक्र्सलाई एक बिशेष प्रकारको बैचारिक ताप अनुभव भयो। त्यसपछि मार्क्सले एङ्गेल्ससित पत्रमित्रता शुरु गर्नु भो। ती पत्रहरुले दुबै जना बीचको परिचयलाई त गहिरो बनायो नै,बैचारिक सहमतिहरुको सिलसिला पनि उत्तिकै रूपमा शुरु भो। सन् १८४४ मा एङ्गेल्स पेरिसमा माक्र्सकोमा आएर ९-१० दिनसम्म बस्नुभो। तिनै ९-१० दिन वहाँहरुको सम्बन्धमा निकै महत्त्वपूर्ण सावित भए। ती दिनहरुमा हरेक मुद्दाहरू माथि खुलेर कुराकानी भो। दुबैजनाले एक अर्काको बैचारिक क्षितिज र गहिराइलाई बुझ्नु भो। सबैखाले सैद्धान्तिक र ब्यवहारिक मुद्दाहरु माथि जमेर कुरा भयो,जसले दुबै जनालाई एक -अर्काको नजिक तुल्यायो। दुबै जनाको बीच एक यस्तो बैचारिक तालमेल बन्यो,जुन अगिल्ला कामहरुको आधार पनि बन्यो र अन्तिमसम्म उस्तै चलिरह्यो।
    मार्क्स झैं एङ्गेल्स पनि जर्मन हुनुहुन्थ्यो । वहाँको जन्म जर्मनीको राईन प्रान्तको वार्गेन शहरमा भएको थियो। ईङ्ग्ल्याण्डका मिलहरुमा एङ्गेल्सका बुवाको साझेदारी थियो।आर्थिक रूपमा एङ्गेल्स अत्यन्तै बैभवशाली हुनुहुन्थ्यो । एङ्गेल्सका बुवा पढाइलेखाइ सकाएर छोरालाई आफ्नो ब्यापार ,ब्यवसायमा लगाउन चाहनुहुन्थ्यो। बुवालाई छोराको मष्तिष्कमा आएको बिचारको उथलपुथलको अनुमान नै थिएन। माद्यामिक शिक्षा पूरा गरेपछि कारोबारको राम्रो तालिम लिन एङ्गेल्सलाई बाहिर पठाइयो। एङ्गेल्स ती सबै कुरा गर्न चाहनु हुन्थेन,त्यही पनि सिक्ने त्यो एक मौका थियो,त्यसैले एङ्गेल्सले त्यो अवसरलाई खेर जान दिनुभएन।
  एङ्गेल्समा निरीक्षण-परीक्षण र विश्लेषण गर्ने प्रवृत्ति शुरुदेखि नै थियो। त्यो बानी पछिका बर्षहरुमा झन् बढ्यो। फलस्वरूप वहाँ आफ्नो किशोरवस्थामा नै लेख लेख्न थाल्नु भो। एङ्गेल्सको अध्ययन जारी मात्र रहेन,झन् झाङ्गियो। कार्लमाक्स झैं वहाँ लगातार पुस्तक र पत्रपत्रिका पढिरहनु हुन्थ्यो,लेखिरहनु हुन्थ्यो । अध्ययन र लेखनका ती सामग्रीहरुमा ,त्यस्ता किताबहरु पनि सामेल हुन्थे,जसमाथि जर्मनीमा प्रतिबन्ध लागेको थियो। एङ्गेल्सले सैनिक शिक्षा समेत हासिल गर्नुभएको थियो। झन् अगाडि बढ्दा त्यो शिक्षाले कार्लमाक्स र एङ्गेल्सका सैनिक मामिला सम्बन्धि लेखनमा ठूलो मद्दत गरेको थियो।
 कार्लमाक्स झैं एङ्गेल्सले पनि” राईन समाचार” पत्रका लागि लेख्न शुरु गर्नुभो र महत्त्वपूर्ण मुद्दामाथि समर्थन वा बिरोधमा लेख लेख्न थाल्नुभो। एङ्गेल्सको सोच पनि परिवर्तनकामी ,अन्याय, अत्याचार  र शोषण बिरोधी थियो।
     माक्स र एङ्गेल्स एकअर्कामा परिचित र हेलमेल भैसकेपछि  दुबै जनाको सहबिचार यात्रा आरम्भ भयो। दुबैजना तीव्रतापूर्वक बैचारिक रुपले एक अर्काको नजिक हुनुभो। दुबै जना मिलेर मजदुर संघर्षलाई तीव्र गर्ने र सही पहिचान बनाउने पुस्तकहरु लेख्न शुरु गर्नुभयो।
    वास्तवमा एङ्गेल्स गम्भीर प्रकृतिका ब्यक्तित्व र एक गम्भीर अध्येता पनि हुनुहुन्थ्यो । सानो उमेरमै एङ्गेल्सले धेरै किताबहरु पढिसक्नुभएको थियो। एङ्गेल्स २० वटा भाषाका ज्ञाता हुनुहुन्थ्यो । त्यति धेरै भाषाहरुको जानकारीले स्वाभाविक रूपमा पार्टी निर्माण र त्यसका तमाम कामहरुको लागि उपयोगी हुन्थे नै । कार्लमाक्सको लेखनमा पनि एङ्गेल्सको बहु भाषा ज्ञानले ठूलै मद्दत पुर्‍यायो।
    मित्रताको आरम्भका बर्षहरुमा माक्र्स र एङ्गेल्स दुबै जनाले एक्लाएक्लै बस्नु परेको थियो। पछि एङ्गेल्स लण्डनमा स्थायी रुपमा बस्न थालेपछि माक्र्सले त्यसलाई वरदान ठान्नुभो। एङ्गेल्स माक्र्सको एक अत्यावश्यक भाग जस्तै हुनुहुन्थ्यो । यथार्थमा कार्लमाक्सले आफ्ना रचनात्मक र आत्मीय क्षणहरुमा एङ्गेल्सको भरपूर उपयोग गर्नु भो। एङ्गेल्स माक्र्सको  प्रतिभाबाट शुरुदेखिनै प्रभावित हुनुहुन्थ्यो । एङ्गेल्स  कार्लमाक्सको अध्ययन ,तर्क,विश्लेषण र बिचारदृष्टिका प्रशम्सक हुनुहुन्थ्यो । एङ्गेल्सले यसलाई खुलेआम स्वीकार्नुभएको थियो। माक्र्सको त्यो प्रतिभा फक्रीन र आफ्नो क्षमता सिद्द गर्नमा एङ्गेल्सले वास्तव मै उल्लेखनीय सहयोग गर्नुभो।
   गम्भीर अध्येता र श्रेष्ठ लेखकको अतिरिक्त एङ्गेल्स एक उत्कृष्ट सङ्गठनकर्ता समेत हुनुहुन्थ्यो । जर्मनी ,फ्रान्स ,ईङ्ग्ल्याण्ड,बेल्जियम र अन्य कैयौं देशहरूमा मजदुर चेतना बिकसित गर्ने र तिनीहरूलाई सङ्गठित गर्ने काम एङ्गेल्सले गर्नुभो। कार्लमाक्स सङ्गै वहाँ पनि मजदुरको मुक्ति अभियानमा पूरै निष्ठाका साथ लाग्नुभएको थियो। मजदुरको मुक्तिको सपना माक्र्स झैं एङ्गेल्सको आँखाको पनि एकमात्र सपना थियो,यसलाई वास्तविकतामा बदल्ने कोसिसमा एङ्गेल्स निरन्तर लागेको पाइन्छ। सङ्गठनको प्रत्येक मामिलामा माक्र्स र एङ्गेल्स एक अर्कामा सहमत हुनुहुन्थ्यो। यद्यपि एङ्गेल्स माक्र्सका सबै दिशानिर्देशहरुलाई मान्नुहुन्थ्यो। एङ्गेल्सले सङ्गठन भित्र माक्र्सको विरुद्ध छेडिएका तमाम लडाइँहरु आफैं  पनि लड्नुभो।
   लण्डनमा स्थायी रुपले बस्न थालेपछि कार्ल र एङ्गेल्सको नियमित भेटघाट हुन थाल्यो। एङ्गेल्स पहिले पनि सामान्यतया : माक्र्स परिवारको पाहुना हुने गर्नुहुन्थ्यो। ती दिन पूरै माक्र्सको परिवारको लागि धेरै खुशीका दिन हुने गर्थे। फर्केर गएपछि दुबैजना पत्राचारको माध्यमबाट एकार्कासित जोडिएर रहनुहुन्थ्यो। ती पत्रहरु खासमा बिचार बिनिमयको साधन हुन्थे। कार्लमाक्सका प्रत्येक सैद्धान्तिक मान्यताहरु पहिलोपटक तिनै पत्रहरुमा व्यक्त भएका हुन्थे।
   एङ्गेल्सको आर्थिक अवस्था आफ्ना बुवाको ब्यापार -ब्यवसायको कारणले शुरुदेखिनै निकै राम्रो थियो। एङ्गेल्सले आफ्नो राम्रो स्थितिको प्रयोग माक्र्सलाई सहयोग दिनमा गर्नुभो। एङ्गेल्सका कुनै सन्तान थिएनन् । वहाँकी जीवन सङ्गिनीको मृत्यु धेरै पहिल्यै भएको थियो। एङ्गेल्स नीजि पीडाका हरेक दर्दनाक क्षणहरुमा आफ्नो मित्रको उपस्थितिको  जरुरत महसुस गर्नुभएको हुन्थ्यो तर माक्र्स एङ्गेल्सका प्रत्येक दर्दमा जान सक्नुहुन्थेन।
     एङ्गेल्सको जीवनको सबैभन्दा ठूलो योगदान माक्र्सलाई गरिएको वहाँको मद्दत थियो। कार्लमाक्स जीवनभर आर्थिक आधीमा फसिरहनुभो। कार्लको पूरै जिन्दगी समस्याग्रस्त रह्यो। आपतकालीन दिनमा नै एङ्गेल्स कार्लमाक्सको सबैभन्दा ठूलो सहयोगी सावित हुनुभयो,जिन्दगीभर आफ्ना मित्रलाई मद्दत पुर्‍याइरहनु भयो। कार्लमाक्सको सिङ्गै परिवार समस्यामा फसेपछि एङ्गेल्स कुनै भगवान वा देवदूत झैं आफ्नो सहायता लिएर उपस्थित हुनुहुन्थ्यो । पछि त एङ्गेल्सले कार्लको परिवारलाई नियमित रुपले सहायता पुर्‍याउने सिलसिला शुरु गर्नु भयो। यो सहायताको,यो मद्दतको कहिल्यै पनि कुनै हिसाबकिताब राखिएन। न त,कहिल्यै हिसाब तिरियो?
    आखिर एङ्गेल्सले यसरी कार्लमाक्सको किन हिफाजत गर्नुभयो,आखिर मद्दत गर्ने पनि एक हद वा सीमा हुनुपर्थ्यो  भन्ने कुरा बुझ्न साह्रो पर्न सक्छ। अर्कोतर्फ कार्लमाक्सको तर्फबाट सोच्ने हो भने के सवाल उत्पन्न हुन सक्छ भने जतिसुकै समस्यामा परेपनि कुनै ब्यक्तिले त्यस किसिमको लगातारको मद्दत कसरी स्वीकार गर्न सक्छ? आखिर स्वाभिमान जस्तो पनि त कुनै चीज हुन सक्छ।
   यदि माक्र्स र एङ्गेल्स बीचको सोच, आत्मीयता र अनन्यताका अन्त : सूत्रहरुलाई राम्रोसँग बुझ्ने हो भने सम्पूर्ण कुराहरु आफैं स्पष्ट हुन्छन् । वहाँहरु बीचको मित्रताको पूरै भवन खडा भएको थियो। वास्तवमा वहाँहरु दुबै जनाको मित्रताले एक यस्तो उचाइ हासिल गरेको थियो,जहाँ पुगेर हर किसिमका ब्यक्तिगत सम्पत्ति  वा निजत्व आफैं समाप्त हुन्छन् । आफ्नो वा अरुको भन्ने केही बाकी रहदैन । यी सबै कुराहरु ब्यक्तिगत नातामा मात्र होइन बरु सोच र लेखनको धरातलमाथि वहाँहरुको बीच सबै कुरा साझा थियो।
   एङ्गेल्सको सामयिक मद्धतबाट नै माक्र्सको “पूजी” जस्तो महान लेखन सम्भव हुनसक्यो। यदि एङ्गेल्सको त्यस किसिमको सहयोग नमिलेको भए माक्र्स निश्चितरूपमा मर्नुहुन्थ्यो  भन्ने लेनिनको भनाइ पनि सहीनै हो। माक्र्स बिरामी भएपछि एङ्गेल्सले वहाँको उपचार गर्ने ब्यवस्था गर्नुभो। उपचार गर्ने मामिलामा माक्र्स केही उदासीन हुनुभो। त्यस्तो अवस्थामा जरुरी हुँदा एङ्गेल्स कार्लमाक्ससित रिसाउनु भयो। उपचार प्रति कार्लको लापरबाही देखेर एङ्गेल्सलाई धेरै रिस उठथ्यो।
      आफ्नो साथीलाई निरन्तर सहयोग गर्न सकियोस् भनेर एङ्गेल्सले पहिले आफ्नो आयको सही ब्यवस्था गर्नु भो। पछि माक्र्सलाई नियमित सहायता दिन थाल्नुभो। कार्लमाक्सलाईआफ्नो मित्रको त्यो सहयोगको महत्त्व राम्रोसँग थाहा थियो। कार्लले आफ्ना चिट्ठीहरुमा त्यो अमूल्य सहयोगको  महत्त्वलाई स्वीकार गर्दै भन्नुहुन्थ्यो -“यदि यो सहयोग नमिलेको भए म यता न उताको हुन्थे र मेरो परिवारको त झनै कस्तो दूर्गति हुन्थ्यो होला।”
    एङ्गेल्सले आफ्ना मित्र माक्र्सको परिवारको लागि आफू बाचुन्जेल सहयोग गर्नुभो,त्यतिमात्र हैन,कार्लको मृत्यु पछि पनि निरन्तर कार्लको परिवारलाई सहायता गर्नुभएको थियो। माक्र्सको मृत्यु पश्चात एङ्गेल्स माक्र्स परिवारको अभिभावक बन्नु भो। त्यसको अतिरिक्त कार्लको अप्रकाशित साहित्यलाई सामुन्ने ल्याउने महत्त्वपूर्ण काम समेत गर्नुभो।
    माक्र्सको ज्यान लिने हरेक बेदनाका क्षणहरुमा एङ्गेल्स बराबर उपस्थित हुनुहुन्थ्यो । चाहे माक्र्सको जेठो छोरा एडगरको मृत्युको क्षणमा होस् वा सहधर्मिनी जेनीको मृत्युको क्षणमा । प्रत्येक मौकामा एङ्गेल्सले पूरै जिम्मेवारी र कर्तव्यबोधका साथ मित्रता र असल साथीको भूमिका अदाहा गर्नुभयो।
   यसरी एङ्गेल्स मार्क्स परिवारको अनिवार्य अङ्ग बन्नुभएको थियो। कार्ल मार्क्सको पूरै परिवारले एङ्गेल्सको अपरिहार्य आवश्यकता महसुस गर्थ्यो नै। कार्लमार्क्सकी जीवनसङ्गीनी जेनीले समेत एङ्गेल्सको विशेष सम्मान गर्नुहुन्थ्यो । एङ्गेल्सले पनि जेनीको गाम्भीर्यता,बुद्दिमता र मजदुर आन्दोलनप्रतिको समर्पण ,त्याग,वलिदान र निष्ठाबाट विशेष प्रभावित हुनुहुन्थ्यो । कार्लमार्क्सका छोरीहरुलाई पनि एङ्गेल्स बराबर दिशानिर्देश गर्नुहुन्थ्यो ।
   फ्रेडिक एङ्गेल्स लण्डन आएपछि दुबैजना सामान्यतया सङ्गै बस्नुहुन्थ्यो। दुबै जनाको घर केही दूरीमा मात्र थियो,प्रायः बेलुकी दुबै जनाको भेट र कुराको निरन्तर सिलसिला चल्थ्यो ।ती कुराहरूमा बिषयको कुनै सीमा हुदैनथ्यो ।राजनीति ,इतिहास ,अर्थशास्त्र ,बिज्ञान ,साहित्य ,सैनिक मामिला ,प्रशासन ,मजदुर आन्दोलन आदि तमाम बिषयहरुमाथि वहाँहरु दुबै घोत्लिएर छलफल गरी निष्कर्ष निकाक्नुहुन्थ्यो। दुबै जनाले एक अर्काका बिचार र सल्लाहलाई आत्मसात गर्ने बानी थियोे । दुबैजना एक-अर्काको सोचका बराबर भागेदारी हुनुहुन्थ्यो । कार्लमार्क्सले आफ्ना सबै रचनाहरुका महत्त्वपूर्ण मुद्दाहरुमा एङ्गेल्सको राय सल्लाह लिनुहुन्थ्यो। दुबैजना मिलेर कैयौं पुस्तकहरु तयार गर्नुभएको थियो। एङ्गेल्सको त्यो नै बैचारिक समानताको प्रमाण थियो।
     एङ्गेल्सले मार्क्ससित मिलेर त लेख्नुभएकै थियो ,त्यो बाहेक वहाँले धेरै लेखहरु मार्क्सको तर्फबाट मार्क्सको नाममा पनि लेख्नुभो। कार्लमार्क्सलाई जुन समयमा “न्यूयोर्क डेली ट्रीब्यून”को लागि लेख्ने काम मिल्यो,त्यस समयमा मार्क्स आफ्नो ग्रन्थ `पूजी´को लेखनमा ब्यस्त हुनुहुन्थ्यो । मार्क्ससित अखबारको लागि लेख्ने समय थिएन। त्यसैले मार्क्सले आफ्नो तर्फबाट त्यस अखबारमा लेख्न एङ्गेल्सलाई भन्नुभो,केही दिशाबोध समेत गर्नुभो। एङ्गेल्सले आफ्नो लेखनलाई रोकेर  ” न्यूयोर्क डेली ट्रीब्यून ” मा एक लेखमाला लेख्ने काम गर्नुभो।
      मार्क्स र एङ्गेल्स दुबैले आफू बीच कामको बितरण गर्नुभएको थियो। सैनिक मामिला ,रसायन ,जीव र भौतिक शास्त्र जस्ता बिषयहरुमा एङ्गेल्स पारङ्गत हुनुहुन्थ्यो । तसर्थ यी बिषयहरुका बारेमा एङ्गेल्सले मात्र लेख्न सक्नु हुन्थ्यो जब कि, इतिहास, दर्शन ,अर्थशास्त्र जस्ता बिषयहरुमा लेख्ने काममा मार्क्सको विशेष दखलता थियो। एङ्गेल्सले मार्क्सको लागि वा मार्क्सको नाममा लेख्नु ब्यवहारिक र बैचारिक दुबै दृष्टिबाट त्यति राम्रो कुरा हैन,बेइमानी हो भन्ने कार्लमार्क्सका आलोचकहरु पनि छन् ,तिनीहरूले त्यो बुझेनन् कि कार्ल र एङ्गेल्स दुबै जना मित्रहरू आखिर एउटै लक्ष्य र उद्देश्यको लागि काम गरिरहनुभएको थियो- मजदुरहरुमा चेतना पैदा गर्ने,उनीहरूलाई सङ्गठित गर्ने,एकजुट पार्ने,पूजीपतिलाई उल्टाइ-पल्टाइ गरेर नयाँ संसार बनाउने लक्ष्य माथि बिजयी हासिल गर्ने हो भने त्यस किसिमका आरोपहरु आधारहीन र अर्थहीन हुन् । विश्व सर्वहारावर्गीय आन्दोलनका दुई महान दार्शनिक मार्क्स  र एङ्गेल्स दुबै जनाको लेखन नीजि प्रसिद्धि ,नीजि महत्वाकांक्षा वा नीजि सन्तुष्टिको लागि थिएन । वहाँहरु लेखनलाई मेहनतको लडाइँको एक अत्यावश्यक हतियार झैं लिइरहनु हुन्थ्यो । यसकारण वहाँहरु को- कसको नामले वा कसको लागि लेखिरहेको छ भन्ने कुराले किन्चित फरक पर्थेन। त्यसकारण एङ्गेल्सले मार्क्सको लागि लेखे पनि मार्क्सले एङ्गेल्सका बिचारहरुलाई आफ्नो काममा बराबर महत्व  र स्थान दिनुहुन्थ्यो। मार्क्सले एङ्गेल्सको बहुज्ञता र बौद्धिक तीव्रतालाई भित्रैबाट मन पराउनु हुन्थ्यो भने मार्क्सका बहुआयामिक प्रतिभाबाट निकै प्रभावित हुनुहुन्थ्यो एङ्गेल्स। दुबै मिलेर सारा मानवमुक्तिको सूत्र पत्ता लगाउन आफ्ना क्षमताहरुको उपयोग गर्नुभएको थियो।
   मार्क्सले आफू जीवीत छदा “पूजी” को एकखण्ड मात्र छाप्न सक्नुभएको थियो। बाकी खण्डहरुको काम त धेरै गरिसकिएको थियो तर अन्तिम ड्राफ्टहरु तयार हुन बाकी थियो। जेनी मार्क्सको मृत्यु ,कार्ल आफैं रोगी र शारीरिक असक्षमताहरुका कारणले कार्लले शेष काम गर्न सक्नुहुन्न भन्ने एङ्गेल्सलाई राम्रै हेक्का थियो। मार्क्सलाई पनि आफूले त्यसपछि नसक्ने राम्रोसँग थाहा थियो। तसर्थ मार्क्सले सम्पूर्ण सामग्रीहरु एङ्गेल्सलाई सुम्पनु भयो,किताबको अगाडिको खण्ड तयार गर्नका लागि । मार्क्सका अधूरा काम एङ्गेल्स बाहेक अरुले पूरा गर्ने ल्याकत राख्ने कुरा सम्भव थिएन। एङ्गेल्सले आफ्नो सम्पूर्ण उर्जाको प्रयोग गरेर ती पाण्डुलिपिहरुलाई ठीक मार्क्सको दृष्टि र सोचनुरुप तयार गर्नुभो। यतिमात्र हैन,मार्क्सपछि मार्क्सका अरु धेरै अप्रकाशित साहित्य एङ्गेल्सका प्रयासबाटनै प्रकाशित हुन सके। एङ्गेल्स जहिलेसम्म बाच्नुभो,मजदुरहरुको मुक्तिको अभियानमा त निरन्तर लाग्नुभयो नै ,त्यसको अतिरिक्त आफ्ना अभिन्न मित्र कार्लमार्क्सका अधूरा कामहरुलाई पूरा गर्न उत्तिकै खट्नु भो। मार्क्सको देहावसान पछि एङ्गेल्स एक्लो हुनुभो तर मानवमुक्तिको सपनालाई यथार्थमा बदल्ने अभियानमा लागेर एक्लोपन बिर्सिनु भो। यसकारण मित्र हुनु त कार्लमार्क्स र एङ्गेल्स जस्तो।
✍️ झपट रानाभाट, एमाले कास्की का प्रभावशाली र लोकप्रिय नेता हुनुहुन्छ ।

आज लेनिन जयन्ती र नेकपा स्थापना दिवस: झपट रानाभाट ।

सिडनी, अष्ट्रेलिया । आज लेनिन जयन्ती र नेकपा स्थापना दिवस: झपट रानाभाट ।
लेनिनको नेतृत्वमा रुसी बोल्शेविक पार्टीले सन् १९१७ मा रुसमा समाजवादी क्रान्ति सम्पन्न गर्यो । त्यो क्रान्तिले माक्र्सवादले परिकल्पना गरेको वैज्ञानिक समाजवादको स्थापना गर्ने प्रयत्न गर्यो । लेनिनले वैज्ञानिक समाजवादी राज्यसत्ताका लागि सर्वहारावर्गको अधिनायकत्वको नयाँ सिद्धान्त प्रतिपादन गरे ।
    लेनिनले क्रान्तिपश्चात रुसमा भव्य पुस्तकालय स्थापना गर्ने सपना साँचेका थिए । नभन्दै क्रान्ति सम्पन्न भएपश्चात रुसले पुस्तक र पुस्तकालयसम्बन्धी धेरै काम पनि गर्यो । तर, क्रान्तिकालमा लेनिनले कति पुस्तक पढे, कसरी पढे ? यो कुरा पनि कम्ती रोचक र ज्ञानवर्धक छैन । लेनिन कति पढ्थे भन्ने कुरा ‘रुसमा पुँजीवादको विकास’ भन्ने किताब लेख्नको लागि उनले ५ सय ८३ थान किताब पढेकोबाट थाहा पाउन सकिन्छ । तर, कसरी निकाल्थे उनले त्यत्रो पुस्तक पढ्ने समय ? जबकि उनी त कहिले जेल परे, कहिले निर्वासित भए । हो, उनले त्यहीबेला सबैभन्दा धेरै पुस्तक पढे । जेलमा हुँदा उनका लागि आवश्यक पुस्तक उनकी बहिनी आन्नाले बाहिरबाट किनेर, पुस्तकालयबाट खोजेर लगिदिन्थिन् । @
     लेनिनको जन्म २२ अप्रिल १८७० मा रुसको भोल्गा नदीको किनारमा रहेको सिम्बिस्र्क शहरमा भएको थियो । उनका पिताको नाम इल्या निकोलाएभिच उल्यानोभ हो । लेनिनको परिवार मध्यमवर्गीय थियो । आफ्नो जेठा दाजुको सहयोग, कठिन, परिश्रम र असाधारण प्रतिभाका कारण उनी उच्च शिक्षा हासिल गर्न सफल भए । केटाकेटीमा उनको नाम भ्लादिमिर इल्यिच उल्यानोभ थियो । लेनिन भन्ने नाम पछि मात्र राखिएको थियो ।
    लेनिनकी आमा मारिया अलेक्सान्द्रभ्ना डाक्टरकी छोरी थिइन् । घरमै शिक्षा पाएकी उनी थुप्रै बिदेशी भाषाका ज्ञाता थिइन् । त्यस्तै साहित्य र सङ्गितप्रति सौखिन, दृढ स्वभाव, शान्त, मिलनसार, बुद्धिमान र दृढ निश्चयी पनि थिइन् । लेनिनका पिता त्यस समयका प्रगतिशील बिचार राख्ने व्यक्ति थिए । उनले रुसी जनसाधारणका बीचमा शिक्षा प्रचार गर्ने, गाउँहरुमा स्कुल स्थापना गर्ने र भोल्गा तटवर्ती क्षेत्रहरुमा बस्ने गैररुसी जनजातिहरुको शिक्षादीक्षाका लागि महत्वपूर्ण योगदान गरेका थिए । उनीहरुका आन्ना, अलेक्सान्दर, भ्लादिमिर, ओल्गा, दिमत्री र मारिया गरी ६ सन्तान थिए । उल्यानोभ दम्पतीले आफ्ना सन्तानहरुलाई बहुपक्षीय शिक्षा दिए । यसका साथसाथै उनीहरुले आफ्ना सन्तानलाई परिश्रमी, इमान्दार, सुशील, अनुशासित र कर्तव्यपरायण बनाउन महत्वपूर्ण योगदान गरे ।
    संयोग नै मान्नुपर्छ कि, उल्यानोभ दम्पतीका सबै छोराछोरी पछि गएर क्रान्तिकारी बने केटाकेटी छँदैदेखि नै लेनिन साहसी, प्रफुल्ल, ठट्यौली वर मिजासका थिए । उनी पौडी खेल्न र स्केटिङ गर्नमा असाध्यै रुचि राख्थे । पाँच वर्षको उमेरमा नै उनले लेखपढ गर्न सिकिसकेका थिए । नौ वर्षको उमेरमा सिम्बिस्र्क जिम्नेसियमको पहिलो दर्जामा भर्ना भए । असाधारण प्रतिभाका धनी लेनिन कक्षामा सधैँ प्रथम हुन्थे । आफ्ना सहपाठीहरुलाई सधैँ मद्दत गर्थे र कठिन विषयहरुमा उनीहरुलाई सहयोग गर्न अग्रसर हुन्थे ।
    सानै उमेरमा लेनिनले पुश्किन, लेर्मन्तेभ, गोगल, तुर्गेनेभ, निक्रासभ, साल्तिकोभ सेद्रिन र टल्स्टोयका कृतिहरु अध्ययन गरिसकेका थिए । उनले त्यसबेला प्रतिबन्धित बेलिन्स्की, गेर्चेन, चेर्निसेभ्स्की, द्रोब्रोल्युबोभ र पिसारेभजस्ता क्रान्तिकारी डेमोक्रेटहरुका कृतिहरु पढ्न भ्याइसकेका थिए । त्यसबेलाका महान् वैज्ञानिक र जारशाही तथा भूदास प्रथाका कडा बिरोधी नेर्निसेभ्स्कीको ‘के गर्ने ?’ उपन्यासले उनलाई प्रभावित पारेको थियो ।
कसरी हेलिए क्रान्तिको मार्गमा?
     लेनिन आफ्नो दाजु अलेक्जेन्डरको व्यक्तित्वबाट निकै प्रभावित थिए । लेनिनका दाजु अलेक्जेन्डर पिटस्वर्ग विश्वविद्यालयको बिद्यार्थी छँदा जारशाहीबिरुद्ध क्रान्तिकारी संघर्षमा सक्रिय रुपमा सहभागी हुन्थे । आफ्ना जेठा दाजुबाट नै लेनिनले मार्क्सवादी साहित्यको प्रारम्भिक ज्ञान हासिल गरेका थिए ।
   युवा अवस्थाका लेनिनको चिन्तनशैलीमा परिवार, वरिपरिको वातावरण, प्रगतिशील रुसी साहित्यले निकै ठूलो प्रभाव पारेको थियो । रुसमा पुँजीवादी शोषणका साथसाथै सामन्ती उत्पीडन कायम थियो, जसले सहरिया मजदुर र गाउँले किसानहरुको जीवन दयनीय तुल्याएको थियो । जारशाही अत्याचार, जमिनदार र पुँजीपतिहरुको दमन, मजदुर र किसानहरुको पददलित अवस्थाले किशोर लेनिनको हृदयमा शोषकहरुप्रति घृणा र शोषितहरुप्रति सहानुभूति पैदा गरेको थियो । जिम्नेसियम बसाइको क्रममै लेनिनको हृदयमा क्रान्तिकारी भावनाहरु पैदा भैसकेका थिए । लेनिनको परिवारिक बनोट नै क्रान्तिकारी किसिमको थियो । लेनिन आफ्नो दाजु अलेक्जेन्डरको व्यक्तित्वबाट निकै प्रभावित थिए । लेनिनका दाजु अलेक्जेन्डर पिटस्वर्ग विश्वविद्यालयको बिद्यार्थी छँदा जारशाहीबिरुद्ध क्रान्तिकारी संघर्षमा सक्रिय रुपमा सहभागी हुन्थे । आफ्ना जेठा दाजुबाट नै लेनिनले मार्क्सवादी साहित्यको प्रारम्भिक ज्ञान हासिल गरेका थिए ।
    सन् १८८६ मा लेनिनका पिताको अकस्मात निधन भयो । परिवारले यो पीडा बिर्सन नपाउँदै मार्च १८८७ मा उनका दाजु अलेक्जेन्डर पिटर्स्वर्गमा गिरफ्तार भए । उनलाई तत्कालीन रुसी जारशाही शासक अलेक्जेन्डर तृतीयको हत्याको षडयन्त्रमा संलग्न भएको आरोपमा त्यसै वर्षको मे महिनामा स्लिसेल्बर्ग किल्लमा फाँसी दिइयो । त्यसले लेनिनलाई ठूलो चोट पुर्यायो । उनले आफ्नो सम्पूर्ण जीवन क्रान्तिकारी संघर्षमा लगाउने संकल्प गरे । क्रान्तिकारी कामको लागि आफूलाई तयार गर्दै किशोर लेनिनले सामाजिक विज्ञानहरुको गम्भिरतापूर्वक अध्ययन गरे । स्वर्ण पदकसहित जिम्नेसियमको आफ्नो अध्ययन सकेपश्चात् अगस्ट १८८७ मा उनी काजान विश्वविद्यालयको कानुन विभागमा भर्ना भए ।
मार्क्सवादको गहन अध्ययन
    डिसेम्बर १८८७ मा अठार वर्षीय लेनिन जारशाहीबिरुद्ध क्रान्तिकारी संघर्षमा होमिएका कारण विश्वविद्यालयबाट निष्कासित हुनुका साथै गिरफ्तार पनि भए । उनी काजान गुबेर्नियाको कोकुसकिनो गाउँमा निर्वासनमा पठाइए । बिस्तारै–बिस्तारै लेनिनको गतिविधिमाथि प्रशासनले कडा निगरानी राख्न सुरु गर्यो । निर्वासनकालमा उनी विहान उठेदेखि बेलुका सुत्ने बेलासम्म पढ्थे । उनको निर्वासनकाल एक वषर्को थियो । काजान बसाइको क्रममा उनी रुसी क्रान्तिकारी नि.ए. फेदोसेएफले गठन गरेको समूहको सदस्य बने । त्यो बेला सामाजिक क्रान्तिका लागि जर्मन दार्शनिक तथा क्रान्तिकारी नेता कार्ल मार्क्सले जर्मनीकै अर्का दार्शनिक फ्रेडरिक एङ्गेल्ससँगको सहकार्यमा प्रतिपादन गरेको दर्शन तथा सिद्धान्तहरुबारे चर्चा सुरु भएको समय थियो ।
  सामरा बसाइको क्रममा उनले मार्क्स र एङ्गेल्सका कृतिहरुको कठोर अध्ययन जारी राखे । उनले ल्याटिन ग्रिक, जर्मन, फ्रेन्च र अंग्रेजी भाषाको गम्भीर अध्ययन गरे । यसै समयमा उनले मार्क्स र एंङ्गेल्सले संयुक्त रुपमा लेखेका महत्वपूर्ण कृति ‘कम्युनिस्ट घोषणापत्र’लाई जर्मन भाषाबाट रुसी भाषामा अनुवाद गरे ।
    मार्क्स र एङ्गेल्सद्वारा प्रतिपादित दर्शन तथा सिद्धान्तलाई मार्क्सवाद भनिन्छ । नि.ए. फेदोसेएफ रुसका प्रथम मार्क्सवादी थिए । उनीबाटै प्रभावित भई लेनिनले पनि काजानमा मार्क्सवादको अध्ययन सुरु गरे । मार्क्सवादको अध्ययनबाट लेनिनले सर्वहारा श्रमिक वर्गलाई पुँजीपति वर्गको शोषणबाट मुक्ति दिलाउन पुँजीवादी राज्यसत्तालाई ध्वंश गरी समाजवादी राज्यसत्ता स्थापना गर्नुपर्ने कुरा सिके । (कार्ल मार्क्सका अनुसार निजी सम्पत्तिको नाममा केही नभएका, काम गर्ने औजारसमेत पनि आफ्नो नभएका औद्योगिक मजदुरहरु नै सर्वहारा श्रमिक हुन् ।) जुनबेला लेनिन क्रान्तिकारी आन्दोलनमा उत्रिँदै थिए, पश्चिम युरोपको मजदुर आन्दोलनमा मार्क्सवादी बिचारधाराले ठाउँ लिइसकेको थियो । र, त्यो क्रमशः रुसतिर फैलिँदै थियो । गेओर्गो प्लेखानोभ रुसमा मार्क्सवादका पहिलो प्रमुख प्रचारक थिए । लेनिनले मार्क्सको प्रमुख कृति ‘पुँजी’को गहन अध्ययन गरे । युवा उमेरमा नै आफ्नो वाक्पटुताले अरुलाई आकर्षित गर्ने र विश्वास दिलाउने क्षमता लेनिनमा थियो ।
तर्कबाज वकिलको रुपमा
     मे १८८९ तिर लेनिन आफ्नो परिवारसहित काजानबाट सामरा गुवेर्निया आए र सामरा बसाइको क्रममा उनले मार्क्स र एङ्गेल्सका कृतिहरुको कठोर अध्ययन जारी राखे । उनले ल्याटिन ग्रिक, जर्मन, फ्रेन्च र अंग्रेजी भाषाको गम्भीर अध्ययन गरे । यसै समयमा उनले मार्क्स र एंङ्गेल्सले संयुक्त रुपमा लेखेका महत्वपूर्ण कृति ‘कम्युनिस्ट घोषणापत्र’लाई जर्मन भाषाबाट रुसी भाषामा अनुवाद गरे ।
      तर, लेनिनले घरमै बसेर विश्वविद्यालयको चार वर्षे अध्ययन पूरा गरे । सन् १८९१ मा उनले पिटर्सवर्ग विश्वविद्यालयको कानुन विभागमा प्राइभेट जाँच दिए । उनी परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण भए । र, वकिल बने । त्यही क्रममा सन् १८९२ बाट लेनिनले सामराको जिल्ला अदालतमा वकालत गर्न सुरु गरे । उनी गरिब किसानहरुको पक्षमा वकालत गर्थे । सन् १८९२ मा लेनिनले सामरामा पहिलो मार्क्सवादी अध्ययन मण्डल खोले । तेइसवर्षे युवक लेनिनमा सरलता, सहृदयता र उत्साहका साथै गम्भीरता, गहन ज्ञान, कठोर तर्कशीलता, स्पष्ट र उत्कृष्ट विवेकशक्तिको गजवको समिश्रण पाइन्थ्यो ।
दूधले लेखेको किताव
       लेनिन आफ्ना क्रान्तिकारी लेखहरु, किताब र पत्रिकाहरुका हरफहरुको बीचमा दूधले लेख्थे । यसरी लेखिएका अक्षरहरु देखिँदैनथे, तर कागज तताएपछि यी अक्षरहरु पढ्न सकिन्थ्यो । जेलमा रहँदै लेनिनले आफ्नो प्रख्यात कृति ‘रुसमा पूँजीवादको विकास’ लेख्न सुरु गरे ।
पिटर्सवर्ग बसाइका क्रममा ठूलो स्फूर्ति र अभिलाषासहित लेनिन क्रान्तिकारी कार्यमा संलग्न भए । उनी क्रान्तिकारी मजदुरहरुका राजनीतिक पार्टी खोल्नतिर लागे । त्यही क्रममा सन् १८९५ मा लेनिनले पिटर्सवर्गका मार्क्सवादी अध्ययन मण्डलहरुलाई एउटै राजनीतिक संस्थाको रुपमा संगठित गरे । पछि गएर यस संस्थालाई मजदुरवर्गको मुक्तिसंघर्ष संघ नाम दिइयो । सन् १८९६ मा त्यस संघले पिटर्सवर्गका कपडा कारखानाहरुका मजदुरहरुको विख्यात हड्तालको नेतृत्व गर्यो । उक्त हड्तालमा ३० हजारभन्दा बढी मिल मजदुरहरुले भाग लिएका थिए । यस संघले सम्पूर्ण रुसमा क्रान्तिकारी आन्दोलनको विकासका लागि प्रेरणा र मजदुरवर्गको मार्क्सवादी पार्टीको गठन गर्ने वातावरण तयार गर्यो । आन्दोलनका कारण भयभित भएको जारशाही सरकारले डिसेम्बर १८९५ मा लेनिनसहित संघका बहुसंख्यक कार्यककर्ताहरुलाइ गिरफ्तार गर्यो ।
     लेनिनले पिटर्सवर्गको जेलको एकान्त कोठामा चौध महिनाको कठोर जीवन बिताए । जेलमा रहँदै उनले मार्क्सवादी पार्टीको पहिलो कार्यक्रमको मस्यौदा तयार पारे र यस कार्यक्रमको व्याख्या गरे । रोचक तथ्य यो छ कि लेनिन आफ्ना क्रान्तिकारी लेखहरु, किताब र पत्रिकाहरुका हरफहरुको बीचमा दूधले लेख्थे । यसरी लेखिएका अक्षरहरु देखिँदैनथे, तर कागज तताएपछि यी अक्षरहरु पढ्न सकिन्थ्यो । जेलमा रहँदै लेनिनले आफ्नो प्रख्यात कृति ‘रुसमा पूँजीवादको विकास’ लेख्न सुरु गरे । लेनिन जेलमा अनुशासनको कडा पालना, कडा परिश्रम र सुत्नुअगाडि नियमित रुपमा व्यायाम गर्थे । पिटर्सवर्गमा लेनिन मजदुरवर्गका नेता र संगठनकर्ताको रुपमा देखापरे । उनले क्रान्तिकारी आन्दोलनको सैद्धान्तिक व्याख्या गरे र रुसमा सर्वहारा पार्टी गठन गर्न जग तयार गरे ।
साइवेरियामा लेखे चर्चित पुस्तक
    लेनिनको क्रान्तिकारी क्रियाकलापद्वारा त्रसित जारशाही सरकारले लेनिनलाई १३ फ्रेबुअरी १८९७ मा तीन वर्षको लागि पूर्वी साइबेरियामा गई बसोबास गर्नुपर्ने निर्वासनको सजायँ दियो । साइबेरियाको निर्वासनका बेला उनले गोप्य रुपमा गाउँका गरिब किसानहरुका पक्षमा वकालत गर्न थाले । एकपल्ट उनले सुनखानीको एक मजदुरलाई खानीको मालिकविरुद्धको मुद्दा जित्न मद्दत गरे ।
     लेनिनको साइबेरिया निर्वासनको एक वर्षपछि रुसको क्रान्तिकारी आन्दोलनकी नेतृ क्रुप्स्काया साइबेरियाको सुसेन्सकोये गाउँ आइपुगिन् । उनीसँग आन्दोलनकै क्रममा लेनिनको यसअघि नै पिटर्सवर्र्गमा भेटघाट र चिनापर्ची भइसकेको थियो । आन्दोलनमा सँगसँगै हिँड्ने क्रममै लेनिन र क्रुप्स्कायाबीच प्रेमसम्बन्ध भइसकको थियो । उनीहरुले साइबेरियामै विवाह पनि गरे ।
     निर्वासनमै लेनिनले सन् १८९९ मा आफ्नो पुस्तक ‘रुसमा पूँजीवादको विकास’ पूरा गरे । यस कृतिमा रुसको आर्थिक विकासबारे गहन वैज्ञानिक अनुसन्धान गरिएको थियो । यो पुस्तक छिटै प्रगतिशील बुद्धिजीवी, विद्यार्थी र मजदुर अध्ययन मण्डलहरुमा फैलियो । लेनिन निर्वासनमै रहेका बेला मार्च १८९८ मा मिन्स्क सहरमा भएको रसियाली सामाजिक जनवादी मजदुर पार्टीको पहिलो महाधिवेशनमा पार्टी स्थापना भएको घोषणा गरियो ।
             लेनिन उपनाम कसरी रह्यो?
       निर्वासनबाट फर्केपछि लेनिन सन् १९०० भरि क्रान्तिकारी मजदुर पत्रिका अखिल रसियाली राजनीतिक पत्रिका प्रकाशनको तयारीमा लागे । मे १९०० मा पार्टी निर्माणको लागि पिटर्सवर्गको गोप्य भ्रमण गर्दा लेनिन गिरफ्तार भए, तर खानतलासीको क्रममा केही नभेटेपछि उनले छुटकारा पाए । जारशाही सरकार लेनिनलाई आफ्नो ठूलो शत्रु ठान्थ्यो । त्यसैले देशभित्र बस्ने अवस्था नभएपछि लेनिन १६ जुलाई १९०० मा जर्मनीतर्फ लागे । यही अवधिमा लेनिनले अखिल रसियाली क्रान्तिकारी पत्रिकाको रुपमा ‘इस्क्रा’ (फिलिङ्गो) को प्रकाशन प्रारम्भ गरे । लेनिन अखबारको मुटु थिए । यस पत्रिकामार्फत् उनले कसरी पार्टी गठन गर्नुपर्छ कसरी आम जनसमूहहरुलाई पार्टी कामतर्फ आकर्षित गर्ने हो भन्ने बारे लेखहरु प्रकाशित गरे । सन् १९०१ देखि भ्लादिमिर इल्यिचले आफ्ना केही लेखहरु लेनिन नामबाट छपाउन थाले । ‘इस्क्रा’ पत्रिकामा काम गर्दागर्दै लेनिनले साइबेरियाली नदी लेनाबाट आफ्नो उपनाम राखेका थिए ।
      ।सन् १९०२ मा लेनिनको कृति ‘के गर्ने’ प्रकाशित भयो । उक्त पुस्तकमा लेनिनले सर्वहारा माक्र्सवादी पार्टीको निर्माणसम्बन्धी विस्तृत योजना प्रस्तुत गरेका थिए ।
    त्यस्ता किसानहरुलाई पार्टी कार्यक्रम बुझाउने उद्देश्यले लेनिनले सन् १९०३ मा ‘गाउँका गरिबहरुलाई’ शीर्षकको लेख लेखे । उक्त लेखमा सरल र स्पष्ट भाषामा मजदुर पार्टीको उद्देश्य के हो र किन गरिब किसानहरु र मजदुरहरुबीच एकता कायम हुन आवश्यक छ भन्ने कुरा देखाइएको थियो ।
      फेब्रुअरी क्रान्तिको तयारी: एक कदम अगाडि दुई कदम पछाडि
     अप्रिल १९०२ मा लेनिन बेलायत सरे । यस बसाइको क्रममा लेनिन त्यहाँको मजदुर आन्दोलनसँग परिचित भए । उनले बेलायती सर्वहारावर्गको जीवनपद्धतिको गहन अध्ययन गरे र मजदुर सभाहरुमा सहभागी भए । सन् १९०३ मा लेनिन लन्डनबाट जेनेभा प्रस्थान गरे । जुलाइ १९०३ मा रसियाली सामाजिक जनवादी मजदुर पार्टीको दोस्रो महाधिवेशन भयो । प्रारम्भमा महाधिवेशन ब्रसेल्समा सुरु भएको थियो । पछि बेल्जियमको पुलिसले शंका गर्न थालेपछि महाधिवेशन लन्डनमा सारियो । महाधिवेशनमा सर्वहारा ‘इस्क्रा’वादी क्रान्तिकारीहरु बाहेक त्यससँग फरक मत राख्नेहरु पनि थिए । लेनिनका अनुसार उनीहरु अवसरवादी तथा मध्यमार्गीहरु थिए ।
     उनले सर्वहारावर्गको नेतृत्वको पार्टीबिना न समाजवादी क्रान्तिले विजय प्राप्त गर्न सक्छ न त साम्यवादी समाजको निर्माण गर्न सकिन्छ भन्ने मार्क्सवादी शिक्षालाई विकसित तुल्याए । रुसका बहुसंख्यक पार्टी समितिहरुले बोल्सेभिकहरुलाई साथ दिए । बहुसंख्यक पेशागत क्रान्तिकारीहरु र पार्टीका मजदुर सदस्यहरुले लेनिनको विचारलाई समर्थन गरे ।
महाधिवेशनमा बहुमतले ‘इस्क्रा’ को सम्पादकमण्डलले तयार गरेको क्रान्तिकारी कार्यक्रम पारित गर्यो । त्यसबेला विश्वमा यही मात्र एक पार्टी थियो, जसले राज्यसत्तामा सर्वहारा अधिनायकवाद स्थापना गर्ने लक्ष्य लियो । लेनिन लडाकु पार्टी गठन गर्न चाहन्थे, जसका हरेक सदस्यले क्रान्तिकारी संघर्षमा सक्रिय भाग लेओस् र पार्टी अनुशासनको पालना गरोस् । पार्टी सदस्य बन्न पार्टी लेवी (नियमित निश्चित आर्थिक सहयोग) तिर्ने र पार्टी संगठनमा रहेर काम गर्नुपर्ने लेनिनको विचार थियो । तर, महाधिवेशनमा उनको विचार पारित हुन सकेन । पारित प्रस्तावमा पार्टी सदस्य बन्न पार्टी कार्यक्रमलाई मान्यता र पार्टीलाई आर्थिक सहायत गर्नु नै पर्याप्त भएको कुरा राखियो । पार्टी संगठनमा बाँधिनु र पार्टी अनुशासन पालना गर्नु अनिवार्य भएन । लेनिनको पार्टी संगठनसम्बन्धी विचारमा अर्का नेता माल्टोभले फरक मत राखेका थिए भने त्यसलाई अर्का नेता ट्राटस्कीले साथ दिएका थिए । केन्द्रीय समिति र पार्टी मुखपत्रको सम्पादकमण्डलमा लेनिनको विचारका समर्थकहरुले बहुमत पाए । ‘इस्क्रा’ले पार्टीको मुखपत्रको रुपमा मान्यता पायो । त्यसै बेलादेखि लेनिनको बिचारका समर्थकहरु बोल्सेभिक (बहुमतवादी) र अरुहरु मेन्सेभिक (अल्पमतवादी ) भनिन थालिए । र, त्यसपछिका दिनहरुमा क्रान्ति र पार्टी संगठनका सिद्धान्तहरुको मुद्दामा बोल्सेभिक र मेन्सेभिकहरुबीच लगातार विवाद तथा द्वन्द्वहरु चले । त्यसै सन्दर्भमा बोल्सेभिक विचारलाई सही भएको र मेन्सेभिकहरुको विचारबाट पार्टी र क्रान्तिलाई ठीक दिशामा नलाने तर्क प्रस्तुत गर्दै लेनिनले ‘एक कदम अगाडि, दुई कदम पछाडि’ शीर्षकको पुस्तक लेखे । त्यो पुस्तक सन् १९०४ मा प्रकाशित भयो । त्यसमा उनले सर्वहारावर्गको नेतृत्वको पार्टीबिना न समाजवादी क्रान्तिले विजय प्राप्त गर्न सक्छ न त साम्यवादी समाजको निर्माण गर्न सकिन्छ भन्ने मार्क्सवादी शिक्षालाई विकसित तुल्याए । रुसका बहुसंख्यक पार्टी समितिहरुले बोल्सेभिकहरुलाई साथ दिए । बहुसंख्यक पेशागत क्रान्तिकारीहरु र पार्टीका मजदुर सदस्यहरुले लेनिनको विचारलाई समर्थन गरे ।
लेनिनको आग्रहमा लेखे गोर्कीले पुस्तक
   ९ जनवरी, १९०५ को दिन पिटर्सवर्गमा पत्नी र बालबच्चासहित आफूले खेप्नु परेको समस्या सुनाउन शान्तिपूर्वक गइरहेका मजदुरहरुमाथि जारको आदेशअनुसार गोली चलाइयो । र, महिला तथा केटाकेटीलगायत थुप्रै प्रदर्शनकारीहरुको निर्मम हत्या भयो । जारशाही शासनको यस क्रूर दमनले सिङ्गो रुसलाई ब्युँझायो र जारशाहीविरुद्ध मजदुर आन्दोलन थुप्रै सहरहरुमा फैलियो । वार्सा, लोदज, बाकु, ओडेसाजस्ता औद्योगिक केन्द्रहरुमा ठूल्ठूला हडतालहरु भए । यस आन्दोलनले रुसी ग्रामीण क्षेत्रलाई पनि प्रभाव पार्यो र किसानआन्दोलन उठ्यो । जारशाही शासनको सामरिक जग बनेको सेना पनि ढलमल गर्न थाल्यो । जुन सन् १९०५ मा कृष्णसागर फ्लिटको सामरिक जहाज पाच्योम्किनमा विद्रोह भयो ।
    लेनिनले सशस्त्र विद्रोहको आवश्यकतामाथि जोड दिन थाले । कलकारखानाहरु, पोस्ट अफिस र टेलिग्राफ अफिस र टेलिग्राफ अड्डाहरु बन्द भए । आन्दोलनको रापले तर्सिएको जारशाही सरकारले १७ अक्टोबरको दिन घोषणापत्र जारी गर्दै जनतालाई व्यक्तिगत स्वतन्त्रता, वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, भेला हुने स्वतन्त्रता तथा अन्य नागरिक अधिकारहरु प्रदान गरिने आश्वासन दियो । तर, लेनिनले जारको आश्वासनमाथि विश्वास नगर्न चेतावनी दिँदै क्रान्ति अगाडि बढाउन जनततासँग अपिल गरे । र, तत्कालीन अवस्थामा सशस्त्र विद्रोहको लागि तयारी गर्नु नै सर्वहारावर्गको एक मात्र कर्तव्य भएको विचार राखे ।
     अप्रिल १९०५ मा लन्डनमा रसियाली सामाजिक जनवादी मजदुर पार्टीको तेस्रो महाधिवेशन भयो । लेनिन महाधिवेशनको अध्यक्षमा निर्वाचित भए । सशस्त्र विद्रोहको तयारी नै पार्टीको आधारभूत र अत्यावश्यक कार्यभार हो भन्ने कुरा ठम्याउँदै महाधिवेशनले समस्त पार्टी संगठनहरुलाई सर्वहारावर्गलाई हतियारबन्द गराउन ठोस कदमहरु चाल्ने, सशस्त्र विद्रोहको योजना तयार गर्ने र यसको नेतृत्व गर्ने अभिभारा सुम्प्यो ।
    अप्रिल १९०६ मा लेनिन रसियाली सामाजिक जनवादी मजदुर पार्टीको चौथो (एकता) महाधिवेशनमा भाग लिन स्टकहोम प्रस्थान गरे । लेनिनले कृषि समस्या, वर्तमान अवस्था र सर्वहारावर्गको वर्गीय कर्तव्य राजकीय दुमा (जारशाही शासनको संसद्) प्रतिको दृष्टिकोण, सशस्त्र विद्रोह र संगठनात्मक प्रश्नहरुबारे गहकिला विचारहरु राखे । महाधिवेशनमा बोल्सेभिक र मेन्सेभिकहरुबीच चर्को बहस भयो । कृषिको प्रश्नमा गम्भीर विवाद भयो । बोल्सेभिकहरुले बिर्ताजग्गाहरु बिनामुआब्जा जफत गर्ने र सम्पूर्ण जमिन राष्ट्रियकरण गर्ने अर्थात् जमिनमाथि व्यक्तिगत स्वामित्व बदर गरेर सरकारी स्वामित्व कायम गर्ने माग राखे । तर, मेन्सेभिकहरु जमिन राष्ट्रियकरण गर्ने प्रस्तावको विरोधमा उत्रे ।
    अप्रिल १९०७ मा लन्डनमा भएको रसियाली सामाजिक जनवादी मजदुर पार्टीको पाँचौं महाधिवेशनमा लेनिन सहभागी भए । यस महाधिवेशनले बोल्सेभिकहरुले अपनाएको नीतिको औचित्य स्वीकार गर्यो । सन् १९०५ मा सुरु भएर करिब साढे दुई वर्षसम्म लम्बिएको पहिलो रुसी क्रान्ति विफल भयो । तर, यस क्रान्तिको रुसको जारशाही निरंकुश शासनमा ठूलो प्वाल पार्यो ।
    जनवरी १९०८ मा लेनिन स्विट्जरल्यान्डको जेनेभा सहरमा आए । त्यहाँ उनी नयाँ जोश र शक्ति सँगालेर पार्टीको काममा लागे । जेनेभा आएको वर्ष लेनिन त्यहाँबाट लन्डन गए र त्यहाँको ब्रिटिस म्यूजियमको पुस्तकालयमा बसेर एक महिनासम्म निरन्तर अध्ययन गरे ।
     लेनिन (दायाँ) र म्याक्सिम गोर्की (बायाँ) ।
   लेनिनले बडो ध्यानपूर्वक गोर्कीको बाल्यावस्था र जवानीबारे, उनको घुमन्ते जीवनबारेका वर्णनहरु सुने र यी सब कुरामा लेख्न अनुरोध गरे । गोर्कीले आफ्ना कृतिहरु मेरो बाल्यावस्था, मानिसहरुको बीचमा र मेरो विशवविद्यालयमा यी कुराहरु उल्लेख गरेका छन् ।
    अप्रिल १९०८ मा सर्वहारावर्गका महान् लेखक एवं प्रसिद्ध साहित्यकार म्याक्सिम गोर्कीको अनुरोधमा उनीसँग भेट्न लेनिन इटालीको काप्री द्वीप आइपुगे । लेनिन र गोर्कीबीच रुसको तत्कालीन अवस्थाबारे धेरै छलफल भयो । लेनिनले बडो ध्यानपूर्वक गोर्कीको बाल्यावस्था र जवानीबारे, उनको घुमन्ते जीवनबारेका वर्णनहरु सुने र यी सब कुरामा लेख्न अनुरोध गरे । गोर्कीले आफ्ना कृतिहरु मेरो बाल्यावस्था, मानिसहरुको बीचमा र मेरो विशवविद्यालयमा यी कुराहरु उल्लेख गरेका छन् । लेनिनसँग भएको वार्तलापले गोर्कीमाथि ठूलो प्रभाव पर्यो ।
             उनी भाषण पनि लेखिदिन्थे
      सन् १९१० मा रुसमा फेरि मजदुरआन्दोलन चर्किन थाल्यो । पिटर्सवर्ग, मास्को र अन्य सहरहरुमा हडताल, प्रदर्शन, सभा र अन्य राजनीतिक सक्रियताहरु बढ्न थाले । किसान, स्थलसेना र जलसेना पनि संघर्षप्रति आकर्षित हुन थाले । लेनिनको नेतृत्वको बोल्सेभिक पार्टी यस व्यापक क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्दै थियो । सन् १९११ मा लेनिनले पार्टी संगठनहरुका भूमिगत मजदुर कार्यकर्ताहरुलाई पढाउनको लागि पेरिस नजिकको लोन्झुयुमो बस्तीमा पार्टी स्कुल खोले । सन् १९१२ मा प्रागमा अखिल रसियाली पार्टी सम्मेलन भयो । सम्मेलनमा लेनिनले पेश गरेको ‘वर्तमान अवस्था एवं पार्टी कार्य’ शीर्षकको राजनीतिक प्रतिवेदन पारित भयो ।
      सन् १९१२ मा पिटर्सवर्ग सहरका मजदुरहरुको तत्परतामा र लेनिनको सहयोगमा वैधानिक दैनिक पत्रिका बोल्सेभिक ‘प्राभ्दा’ निस्कन थाल्यो । लेनिनले पोल्यान्डको मजदुरआन्दोलन र त्यहाँ रहेका सामाजिक जनवादीहरुसँग अझ आत्मीय सम्बन्ध स्थापित गर्दै उनीहरुलाई सहयोग गरे । ‘प्राभ्दा’ मा लेनिन आर्थिक पछौटेपनबारे लेख्थे । जनतालाई गरिबी, गुलामी र अन्धकारमा जाक्ने शोषक वर्गहरुको भण्डाफोर गर्थे । सन् १९१२ मै चौथो राजकीय दूमाको लागि चुनाव भयो । ‘चुनावमा भाग लिनाले जनसमूहसँग पार्टीको सम्बन्ध दरिलो बन्नेछ, पार्टी संगठनहरुको कार्यमा सक्रियता ल्याउनेछ’ भन्ने कुरामा लेनिन विश्वस्त थिए । बोल्सेभिकहरुले चुनावमा तीन मुख्य माग अघि सारेका थिए : लोकतान्त्रिक गणतन्त्रको स्थापना, आठघण्टे कार्यदिनको निर्धारण र समस्त बिर्ताहरु जफत गर्ने । चुनावी परिणामले लेनिनलाई उत्साहित पार्यो । देशका ६ वटा मुख्यमुख्य औद्योगिक प्रान्तहरु जहाँ रुसी सर्वहारावर्गको ४—५ हिस्सा केन्द्रित थिए, त्यहाँबाट मजदुरहरुको तर्फबाट राजकीय दूमामा बोल्सेभिकहरु चुनिए । लेनिन बोल्सेभिक डेपुटीहरु(प्रतिनिधिहरु) लाई निर्देशन दिन्थे । महत्वपूर्ण राजनीतिक विषयहरुमा उनीहरुको भाषण मस्यौदा तयार गर्थे । डेपुटीहरुलाई क्रान्तिकारी प्रचारको लागि कसरी दूमाको मञ्च प्रयोग गर्नुपर्छ भन्ने कुरा सिकाउँथे ।
विश्वचर्चित क्रान्तिको अगुवाइ
       सन् १९१४ मा साम्राज्यवादी प्रथम विश्वयुद्ध सुरु भयो । यस युद्धमा एकातर्फ जर्मनीको नेतृत्वमा अस्ट्रिया, हंगेरी, टर्की र बुल्गेरिया थिए भने अर्कोतिर बेलायतको नेतृत्वमा फ्रान्स र रुस थिए । पछि यस युद्धमा अमेरिका, जापान र इटालीलगायत अन्य देशहरु सहभागी भए । यसले पछि प्रथम विश्वयुद्धको रुप लियो । यो युद्ध श्रमिकवर्गको हितमा नभएको तर्क राखी लेनिनले त्यसको चर्को विरोध गरे । बोल्सेभिक पार्टीले युद्धविरुद्ध निणार्यक संघर्ष सुरु गर्यो । राजकीय दूमाका बोल्सेभिक प्रतिनिधिहरुले मजदुरहरुको बीचमा क्रान्तिकारी प्रचार गरे । जारशाही सरकारले बोल्सेभिकहरुमाथि भयंकर दमन नीति अपनायो । आफ्नो क्रान्तिकारी क्रियकलापका लागि राजकीय दूमाका बोल्सेभिक प्रतिनिधिहरु साइबेरिया निर्वासित भए । दमनको पर्वाह नगरी लेनिनले युद्धविरुद्ध संघर्ष जारी राखे । उनले सर्वहारा र श्रमिक जनतालाई नयाँ क्रान्तिको लागि तयार गर्दै थिए । लेनिनले बामपन्थीहरुलाई एकजुट पार्र्न र अवसरवादीहरुविरुद्ध संघर्ष गर्नको लागि जिमरवाल्ड (सेप्टेम्बर, १९१५) र किनटल (अप्रिल, १९१६) मा भएका समाजवादी अन्तर्राष्ट्रिय सम्मेलनहरुमा भाग लिए ।
     यसैबीच सन् १९१६ मा लेनिनकी ममतामयी आमा मारिया अलेक्सान्द्रभ्ना उल्यानोभको निधन भयो ।
       सन् १९१७ को फेबु्रअरी महिनामा बोल्सेभिक पार्टीको आह्वानमा पेट्रोगाड सहरमा दुई लाखभन्दा बढी पुरुष तथा नारी मजदुरहरुले आमहड्ताल गरे । यस हड्तालले ठूलो आन्दोलनको रुप लियो । बोल्सेभिक पार्टी केन्द्रीय समितिले घोषणापत्र निकाल्यो । यस घोषणापत्रमा जारशाहीको निरंकुश शासन उल्ट्याउने, अस्थायी क्रान्तिकारी सरकार गठन गर्ने, जनवादी गणतन्त्र खडा गर्ने, आठघण्टे कार्यदिन तोक्ने, बिर्ता जमिन्दारीहरु जफत गर्ने र युद्ध समाप्त गर्नेजस्ता मागहरु समावेश गरिएका थिए । जारशाही सरकारले सेनाको मद्दतबाट बढ्दो क्रान्तिकारी आँधी रोक्ने असफल प्रयास गर्यो । तर, यो कुरा उसको सामर्थ्यभन्दा बाहिरको भैसकेको थियो । सिपाहीहरुले समेत विद्रोही मजदुरहरुसँग मिलेर जारशाही शासनविरुद्ध आन्दोलनमा भाग लिन थाले । लेनिनको भविष्यवाणी साकार भयो । वास्तविक क्रान्तिकारी मार्क्सवादी पार्टीद्वारा निर्देशित मजदुर तथा किसानवर्गले विजय हासिल गरे । युगौंदेखि रुसी जनताको शोषण गर्दैआएको निरंकुश जारशाही शासनको अन्त्य भयो । मास्को तथा अन्य सहरहरुमा मजदुर तथा सिपाहीहरुले यस आन्दोलनको समर्थन गरे । आन्दोलनबाट जारका हाकिमहरु लखेटिए र जारशाही राजतन्त्रीय शासनव्यवस्था ढल्यो । र, आन्दोलनकारीहरुको अस्थायी सरकार गठन भयो । त्यस सरकारको नेतृत्व आन्दोलनकै एक नेता केरेन्स्कीले गरे । उनी बुर्जुवा (पूँजीवादी) विचारधाराका थिए । पछि यो क्रान्ति फेब्रुअरी क्रान्तिको रुपमा प्रख्यात भयो । तर, यस क्रान्तिले मजदुर तथा किसानवर्गको हित गर्ने राज्यसत्ता भने स्थापना गरेन । क्रान्तिपछि छोटो समयमै राज्यसत्तामा बुर्जवावर्गको वर्चस्व स्थापना @
      फेब्रुअरी क्रन्ति सुरु हुनासाथ बोल्सेभिक पार्टी भूमिगत अवस्थाबाट बाहिर निस्कियो र आफ्नो शक्ति सञ्चय गर्न थाल्यो । लेनिनले अस्थायी सरकारलाई विश्वास नगर्न र उनीहरुको सत्ता मजवुत पार्न कदापि दिनुहुन्न भन्ने विचार व्यक्त गरे । र, उनले नयाँ राज्यसत्ता सोभियत (मजदुर तथा किसानप्रतिनिधि)हरुको हातमा सार्नको लागि समस्त शक्ति लगाउनुपर्छ भन्ने कुरामा जोड दिए । लेनिनले आमजनतालाई प्रतिक्रियावादी सत्ताको विकल्पमा समाजवादी क्रान्तिको लागि तयारी गर्ने सल्लाह दिए । अस्थायी सरकारविरोधी क्रान्तिको समर्थनमा एकपछि अर्को गर्दै सभाहरु हुन थाले । जूलुसहरु निस्कन थाले । त्यसबेला लेनिन स्विट्जरल्यान्डमा थिए । आन्दोलनको नेतृत्व गर्न उनले स्वदेश फकर्ने तयारी गरे ।
     १९१७, अप्रिल ३ को राती दशक लामो आफ्नो निर्वासित जीवन त्याग्दै लेनिन रुसको पेट्रोगाड सहर फर्के । उनको स्वागत गर्न लालझण्डा बोकेका हजारौं श्रमिकहरु फिनल्याण्ड स्टेसनमा भेला भए । क्रान्तिकारी फौज र नौसेनाले ‘गार्ड अफ अनर’को व्यवस्था गरेको थियो । आफ्नो स्वागत गर्न भेला भएका जनसमूहबीच लेनिनले बोल्दै श्रमिक, सैनिक तथा नौसैनिकहरुलाई नयाँ सर्वहारा क्रान्ति र सोभियत सत्ता स्थापनाको लागि संघर्ष गर्न जोडदार आह्वान गरे ।
      १९१७, अप्रिल ३ को राती दशक लामो आफ्नो निर्वासित जीवन त्याग्दै लेनिन रुसको पेट्रोगाड सहर फर्के । उनको स्वागत गर्न लालझण्डा बोकेका हजारौं श्रमिकहरु फिनल्याण्ड स्टेसनमा भेला भए । क्रान्तिकारी फौज र नौसेनाले ‘गार्ड अफ अनर’को व्यवस्था गरेको थियो ।
       @अक्टोबर क्रान्ति
      १९१७ अप्रिल ३ को राती दशक लामो आफ्नो निर्वासित जीवन त्याग्दै लेनिन रुसको पेट्रोगाड सहर फर्के । उनको स्वागत गर्न लालफन्डा बोकेका हजारौं श्रमिकहरु फिनल्यान्ड स्टेसनमा भेला भए । क्रान्तिकारी फौज र नौसेनाले गार्ड अफ अनर को व्यवस्था गरेको थियो । आफ्नो स्वागत गर्न भेला भएका जनसमूहबीच लेनिनले बोल्दै श्रमिक तथा नौसैनिकहरुलाई नयाँ सर्वहारा क्रान्ति र सोभियत सत्ता स्थापनाको लागि संघर्ष गर्न जोडदार आह्वान गरे ।
      लेनिनले रुसको अस्थायी सरकारले पूँजीपति तथा बिर्तावालहरुको स्वार्थरक्षार्थ काम गरिरहेको कुरा प्रस्ट पार्दै उसलाई असहयोग गर्न आमजनतालाई आह्वान गरे । साथै उनले ‘सम्पूर्ण सत्ता सोभियतहरुलाई’ भन्नेजस्ता नाराहरु अघि सारे । उनले स्पष्ट पार्दै सोभियत सत्ताले मात्र आमजनतालाई शान्ति, किसानहरुलाई जमिन, भोकाहरुलाई रोटी दिन सक्छ भने । उनले बिर्ताहरु बिनामुआब्जा जफत गरिनुपर्छ, देशको समस्त जमिनको राष्ट्रियकरण हुनुपर्छ र सम्पूर्ण कलकारखाना सामाजिक उत्पादन तथा वाणिज्य व्यवस्थामाथि मजदुर नियन्त्रण कायम गर्ने प्रस्ताव राखे ।
    यसैबीच लेनिनले महाधिवेशन डाकेर पार्टीको नाम बदलेर बोल्सेभिकबाट कम्युनिस्ट पार्टी बनाए । केरेन्स्कीको अस्थायी सरकारले लेनिन र बोल्सेभिकहरुविरुद्ध घृणा तथा दुष्टतापूर्ण आरोपहरु लगाउन थाल्यो । उनीहरुले लेनिनलाई गिरफ्तार गर्न पुर्जी काटे । लेनिनले करिब साढे तीन महिना भूमिगत भए।
      सन् १९१७ मा लेनिनले भूमिगत अवस्थामा लेखेको कृति ‘राज्य र क्रान्ति’ प्रकाशित भयो । त्यस पुस्तकबाट लेनिनले राज्यसत्तामा सर्वहारा अधिनायकत्व किन आवश्यक छ र यसको ऐतिहासिक भूमिका के हो भन्ने कुरा खुलस्त पारे । यस पुस्तकमा उनले समाजवाद र साम्यवादलाई साम्यवादी समाजको दुई खुड्किलाको रुपमा व्याख्या गरे । उनले क्रान्तिमा कम्युनिष्ट पार्टीको भूमिकाबारे पनि महत्वपूर्ण विचार प्रकट गरेका थिए । जनता बिस्तारै बोल्सेभिकहरुतर्फ ढल्कन थाले । सोभियतहरुको पुनःनिर्वाचनमा बोल्सेभिकहरुले बहुमत पाए । उनीहरुले पेट्रोग्राड र मास्कोका सोभियतहरुमाथि आफ्नो वियन्त्रण कायम गरे । सोभियतहरुको प्रतिष्ठा बढ्यो र उनीहरु फेरि प्रमुख शक्तिको रुपमा देखा परे । लेनिनले विद्रोहको लागि विस्तृत योजना तयार गरे । लेनिनको नेतृत्वमा पार्टी केन्द्रीय समितिले विद्रोहको तयारी गर्दै देशभर सुनियोजित क्रियाकलाप सुरु गर्यो ।
    २४ अक्टोवरको दिन बेलुकीपख आफ्नो जीवनलाई खतरामा पार्दै पेट्रोग्राडका ती सुनसान सडक हुँदै लेनिन स्मोलिन आए र विद्रोहको प्रत्यक्ष नेतृत्व गर्न थाले । भोलिपल्ट २५ अक्टोबरमा पेट्रोग्राडका टेलिफोन, टेलिग्राफ तथा रेडियो स्टेसनका कार्यालयहरु, नेभा नदीका पुलहरु, रेल स्टेसन र राजधानीका अन्य मुख्यमुख्य अड्डामाथि विद्रोही मजदुर, सिपाही र नौसैनिकहरुले कब्जा गरे ।
    २४ अक्टोवरको दिन बेलुकीपख आफ्नो जीवनलाई खतरामा पार्दै पेट्रोग्राडका ती सुनसान सडक हुँदै लेनिन स्मोलिन आए र विद्रोहको प्रत्यक्ष नेतृत्व गर्न थाले । भोलिपल्ट २५ अक्टोबरमा पेट्रोग्राडका टेलिफोन, टेलिग्राफ तथा रेडियो स्टेसनका कार्यालयहरु, नेभा नदीका पुलहरु, रेल स्टेसन र राजधानीका अन्य मुख्यमुख्य अड्डामाथि विद्रोही मजदुर, सिपाही र नौसैनिकहरुले कब्जा गरे । त्यस्तै क्रान्तिकारी सेनाले आकस्मिक प्रहारद्वारा अस्थायी सरकारका मन्त्रीहरु बसेको शिशिरप्रासाद कब्जा गरे । त्यसपछि कम्युनिष्ट पार्टीले फेब्रुअरी क्रान्तिपछि गठित अस्थायी सरकारलाई अपदस्थ गरेको घोषणा गर्यो । र, लगतै लेनिनको नेतृत्वमा रुसमा सर्वहारावर्गको पहिलो सरकार गठन भयो, जसले समाजवादी शासन प्रणालीको स्थापना र विकासको लागि सर्वहारावर्गको अधिनायकत्व भएको समाजवादी राज्यसत्ताको सुरुवात गर्यो । यो क्रान्ति नै अक्टोबर क्रान्तिको रुपमा विश्वप्रसिद्ध छ ।
लेनिनको हत्या प्रयास
      सन् १९१९ मा अमेरिकी बेलायती र फ्रान्सेली सेनाहरुले मुर्मन्सर्क कब्जा गरे । यस प्रकारले साम्राज्यवादीहरुले सोभियत राष्ट्रविरुद्ध युद्ध सुरु गरे । अपदस्थ बिर्तावाल तथा पूँजीपतिवर्गले विदेशी आक्रमणकारीहरुको सहायताद्वारा गृहयुद्ध सुरु गरे । कम्युनिष्ट पार्टी र सोभियत जनताले छाती फर्काएर मातृभूमिको रक्षा गरे ।
       सन् १९१८ अगस्ट ३० मा एसेर पार्टीकी सदस्य काप्लानले लेनिनमाथि गोली चलाइन् र लेनिन सख्त घाइते भए । रातदिन डाक्टरको उपचार र उहाँको आफ्नै धैर्यताको कारणले गर्दा लेनिनको स्वास्थ्य बिस्तारै सुध्रिँदै गयो । सम्पूर्ण सोभियत जनताले गरेको शिघ्र स्वास्थ्य लाभको कामनाले पनि लेनिनलाई आफ्नो स्वास्थ्य सुधार गर्न थप बल प्रदान गर्यो ।
साम्राज्यवादीहरुको निर्देशन र उनीहरुकै पैसामा बाँचेका रुसका क्रान्तिविरोधी शक्तिहरुले सोभियत सरकारविरुद्ध षड्यन्त्र रच्न थाले । लेनिन र उनका सहयोगीहरुको हत्या गर्ने योजना बनाउन थाले । सन् १९१८ अगस्ट ३० मा एसेर पार्टीकी सदस्य काप्लानले लेनिनमाथि गोली चलाइन् र लेनिन सख्त घाइते भए । रातदिन डाक्टरको उपचार र उहाँको आफ्नै धैर्यताको कारणले गर्दा लेनिनको स्वास्थ्य बिस्तारै सुध्रिँदै गयो । सम्पूर्ण सोभियत जनताले गरेको शिघ्र स्वास्थ्य लाभको कामनाले पनि लेनिनलाई आफ्नो स्वास्थ्य सुधार गर्न थप बल प्रदान गर्यो । सन् १९१९ को अन्त्यतिर लालसेनाले झन्डै सबैजसो मोर्चाहरुमा विजय हासिल गरिसकेको थियो । र, यसबाट राष्ट्रले सास फेर्ने मौका पायो । लेनिनको नेतृत्वमा बोल्सेभिक कम्युनिष्ट पार्टीले तुरुन्तै देशको अधिकाँश शक्ति आर्थिक निर्माणतर्फ लगायो । यातायात, इन्धन, उद्योग तथा अन्य महत्वपूर्ण आर्थिक क्षेत्रहरुको पुनरुत्थान सुरु भयो । समाजवाद तथा साम्यवाद निर्माणको लागि बृहत् उद्योगको विकास गर्नुपर्छ, देशकलाई बिजुलीकरण गर्नुपर्छ भन्ने कुरामा लेनिनले जोड दिए । मास्को नजिकैको सानो गाउँ कासिनोमा आफ्नो उपस्थितिमा बिजुलीबत्तीको उद्घाटन हुँदा लेनिन असाध्यै रमाए ।
    लेनिनले अर्थव्यवस्थाको पुनरुत्थान कार्य कृषिबाट सुरु गर्नुपर्छ भन्ने कुरामा जोड दिए । कम्युनिष्ट पार्टी र सोभियत सरकारद्वारा प्रस्तुत नयाँ आर्थिक नीति पूँजीवादबाट समाजवादतर्फको संक्रमणकालको लागि एक मात्र सही नीति थियो । लेनिनले राष्ट्रमा विज्ञान र प्रविधिको क्षेत्रमा भैरहेको विकासप्रति गम्भीर रुपमा चासो दिन्थे । नयाँ आविष्कारप्रति उनी जिज्ञासा राख्थे र आविष्कारकहरुलाई प्रोत्साहित गर्थे । उनी जनतालाई सरकारको सेवा सर्वसुलभ रुपमा दिन र आर्थिक अनुशासनको कठोरतापूर्वक पालना गर्न ध्यान दिन्थे ।
अलविदा लेनिन
   कडा परिश्रमको कारणले सन् १९१८ मा गोली लागेर भएको घाउ बल्झिँदा लेनिनको स्वास्थ्य निकै बिग्रिन गयो । सन् १९२१ को जाडोदेखि डाक्टरहरुको अनुरोधमा उनी अक्सर आराम र उपचारको लागि आफ्नो काम रोक्न बाध्य भए । सन् १९२४ मा उनको स्वास्थ्य झन् बिग्रियो । तर, अस्वस्थ भए पनि लेनिनले हरेक दिन सरकारी कामकाजको रेखदेख गर्न छाडेनन् । सोही वर्ष नोभेम्बरमा ग्लुखोभको कारखानाका मजदुरहरुको एक प्रतिनिधिमण्डलले गोर्की सहरमा लेनिनलाई भेट गर्यो । उनीहरुले १८ वटा चेरीका रुखहरु लेनिनलाई उपहारस्वरुप दिनको लागि लिएर आएका थिए । आत्मीय रुपमा भएको यस भेटघाटमा लेनिनलाई मजदुरहरुले महान् सोभियत संघको निर्माणमा उहाँले तयार पारेको विकासको रुपरेखा पूरा गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रतिनिधि मण्डल फर्केपछि लेनिनले आधा रातसम्म ग्लुखोभ कारखानाका मजदुरहरुले पठाएको शुभकामना पत्र बारम्बार पढेर बसे । मजदुरहरुसँग यो उनको अन्तिम भेट थियो । सन् १९२४ जनवरी २१ मा बेलुकी छ बजेर ५० मिनेट जाँदा विश्व सर्वहारा आन्दोलनका महान् नेता र मार्क्सवादका सिर्जनात्मक प्रयोगकर्ता लेनिनको निधन भयो ।
     सन् १९२४ जनवरी २१ को दिन राती सोभियत कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको आकस्मिक प्लेनम बस्यो । केन्द्रीय समतिले जनताको नाममा एक अपिल जारी गर्यो । उक्त अपिलमा भनिएको थियो, ‘त्यस व्यक्तिको निधन भएको छ, जसको वीरतापूर्ण नेतृत्वमा हाम्रो पार्टीले युद्धको राँकोबीच दृढतापूर्वक सम्पूर्ण देशभरि अक्टोवर क्रान्तिको रातो झण्डा फहराएको छ, शत्रुहरुको विरोधको बाढी रोकेको छ र भूतपूर्व जारशाही रुसमा श्रमिकहरुको प्रभुत्व कायम गरेको छ । कम्युनिस्ट इन्टरनेसनलका संस्थापक, विश्व साम्यवादका नेता, अन्तर्राष्ट्रिय सर्वहारावर्गको प्रेम र गौरव, पददलित पूर्वेली जनताका झण्डावाहक, रुसी सर्वहारा अधिनायकवादका अगुवा आज हाम्रो बीचमा छैनन् ।’
   निधनपछि लेनिनको पार्थीव शरीरमा फूल चढाई श्रध्दाञ्जली अर्पण गर्न लाममा बसेका सोभियत जनता लाखौंको सङ्ख्यामा थिए।
    २३ जनवरीको दिन महान् नेताको देह गोर्की सहरबाट मास्को ल्याइयो र संघीय भवनको स्तम्भ हलमा राखियो । अति जाडो भए तापनि चारदिनसम्म लाखौं मजदुर तथा किसानहरु, लालसेनाका जवानहरु र कर्मचारीहरु, बुढाबुढी तथा बच्चाबच्चीहरु र सोभियत भूमिको कुनाकुनाबाट आएका प्रतिनिधिमण्डलले आफ्ना प्यारा नेतालाई अन्तिमपटक भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । २७ जनवरीको दिन दिउँसो ४ बजे लेनिनको अन्त्येष्टी जुलुस निस्क्यो । लेनिनको शव लालमैदानमा विशेष रुपमा बनाइएको समाधिमा राखियो । शोकमा डुबेका सोभियत जनताले आफ्ना नेतासँग विदा लिए । अन्त्येष्टीमा पाँच मिनेटसम्म मौनधारणा गर्ने घोषणा गरियो । मोटर र रेलहरु रोकिए, कलकारखानाहरुमा काम रोकियो । विश्वभरिका श्रमिक जनताले आफ्ना महान् नेता लेनिनको  मृत्यु हिमालय पहाड जस्तै गाह्रो अनुभूत गरे।
                   अन्तर्राष्ट्रिय सर्वहारा वर्गीय आन्दोलनका महान्  शिक्षक,महान नेता लेनिनको १५४ औं  जयन्तीमा वहाँ प्रति उच्च सम्मान पूर्वक  रातो सलाम सहितको भावपूर्णश्रद्धाञ्जली ।
               आजैका दिन बैशाख अप्रिल २२ अर्थात  बैशाख १० मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो। ७५  औं नेकपा स्थापना दिवसमा सबैलाई हार्दिक शुभकामना टक्राउछु। कम्युनिस्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलाल सहित सबै संस्थापक नेताहरुमा  सम्मान प्रकट  गर्दछु। नेपाल र नेपाली जनसमुदायको मुक्तिका लागि इतिहासका विभिन्न कालखण्डमा जीवनको उत्सर्ग गरी शहादत प्राप्त गर्नुहुने महान सहीदहरुप्रति  हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै अविचलित र अविश्रान्त नेपाली जनसमुदायको मुक्ति आन्दोलनमा जीवन पर्यन्त लाग्ने प्रतिबद्धता दोहोर्‍याउछु।
✍️ झपट रानाभाट, नेकपा (एमाले ) कास्की का प्रभावशाली युवा नेता हुनुहुन्छ ।

साउदी अरबमा भेटियो मानव जीवनको सबैभन्दा पुरानो प्रमाण !

सिडनी । अष्ट्रेलियाको ग्रिफिथ युनिभर्सिटीका दुई वैज्ञानिक र माल्टा युनिभर्सिटीका ह्युग ग्रौकटले साउदी अरबमा महत्वपूर्ण खोज गरेका छन् । म्याथ्यू स्टीवर्ट र माइकल पेट्राग्लिया नामका दुई वैज्ञानिकले मानव इतिहासका धेरै रहस्यमय प्रमाणहरू फेला पारेको दाबी गरेका छन् । अरबी प्रायद्वीपमा यस्ता धेरै ढुङ्गाका संरचनाहरू देख्न सकिने वैज्ञानिकहरूले बताएका छन् । उनीहरूका अनुसार मरूभुमी देशमा धेरै चिम्नी र ढुङ्गाका औजारहरू फेला परेका छन्, जसले यहाँ १० हजार वर्षअघि मानव जीवन थियो भन्ने प्रमाण हो ।

वैज्ञानिकहरूले साउदी अरेबियाको विशाल लाभा ट्यूब गुफामा पुरातन मानिसको बसोबासको पहिलो प्रमाण फेला पारेको दाबी गर्दै यहाँ शिकार र गोठालोको दृश्यले भरिएको रक आर्ट पनि हेर्न सकिने बताएका छन्। वैज्ञानिकहरूले यी दृश्यहरू देखेपछि धेरै पुरातत्वविद्हरूले विगत एक दशक देखि अनुसन्धान गरिरहेका थिए। अनुसन्धानका क्रममा यीमध्ये धेरै संरचना १० हजार वर्ष पुरानो भएको खुलासा भएको छ ।

सुख्खा हावापानी, तातो दिन, चिसो रात र कडा हावाको क्षयका कारण केही अवशेष पुरातत्वविद्का लागि खासै उपयोगी छैनन्। अहिलेसम्म जीवाश्म वा गहिरो गाडिएको तह निक्षेपको बारेमा धेरै कम जानकारी प्राप्त भएको छ। वैज्ञानिकहरूले लामो समयदेखि उत्तरी अरबका सयौं गुफा र लाभा ट्यूबहरू मध्ये कुनै पनि पुरातत्वविद्ले सर्वेक्षण नगरेको बताएका छन्। सन् २०१९ मा केही टोलीले यी भूमिगत ठाउँमा अनुसन्धान गर्न थालेपछि अध्ययनमा धेरै रहस्यमयी जानकारी बाहिर आएको छ ।

अरबको यो लाभा ट्यूब मदिना सहरबाट करिब १२५ किलोमिटर उत्तरमा हरात खैबर लाभा क्षेत्रमा रहेको वैज्ञानिकहरूले बताएका छन् । यो ट्यूब हजारौं वर्ष पहिले लाभा चिसो पछि बनेको थियो। ट्यूबको लम्बाइ १.५ किलोमिटर, उचाइ १२ मिटर र चौडाई ४५ मिटर सम्म छ। यस ट्यूबमा प्रवेश गर्दा हड्डीका अवशेषहरू ठूलो संख्यामा भेटिन्छन्। यसमा अझै पनि हजारौं जीवाश्महरू सुरक्षित छन्। यसमा चर्ने जनावरहरू विशेष गरी भेडा र बाख्रा र कुकुरहरूको शिकार दृश्यहरू समावेश छन्।

सत्यम् मेमोरियल कप आज बाट सुरु !

आज मिति २०८०/०१/८ गते बाट सत्यम् मेमोरियल कप सुरु भएको छ।

उक्त प्रतियगितामा १४ टिम को सहभागि रहेको छ। यस प्रतयोगिता महतगौडा खेल मैदान भित्री पाटन मा संचालन भएरहेको छ। उक्त प्रतयोगितामा १ हजार टिम दर्ता शुल्क राखिएको छ।
प्रथम हुने टिम लाई नगद रु:७ हजार ५सय राखिएको छ। यस प्रतयोगिता आयोजना गर्नु को उदेश्य आउने दिन मा नयाँ खेलाडी उत्पादन गर्न र खेलाडी लाई हौसाला दिन को लागि आयोजना गरिएको आयोजक प्रशान्त राना ले बताए।

प्रतियोगिता को प्रमुख अथिति राष्ट्रिय युवा संघ नेपाल पाेखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष मिलन खड्का रहेका समेत आयोजक प्रशान्त राना ले बताए।

अष्ट्रेलियाको क्यानबेरामा नयाँ वर्ष बिशेष कार्यक्रम भव्य रूपमा सम्पन्न ।

अष्ट्रेलियाको क्यानबेरामा नेपाली नयाँ वर्ष २०८१ बिशेष कार्यक्रम भव्य रूपमा सम्पन्न ।

अस्ट्रेलियाको राजधानी क्यनवेरामा नयाँ वर्षको अवसरमा आकाशवाजी सहित बिभिन्न कार्यक्रम सम्पन्न भएको छ ।
सनातन समाज अस्ट्रेलिया को आयोजनामा अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर विभिन्न नेपाली सास्कृतिक कार्यक्रम का साथै आकाशबाजी गरेको छ ।

लगातार ३ वर्ष देखी यस्तै खालको कार्यक्रम गर्दै आइरहेको कार्यक्रममा विभिन्न नेपाली परीकारको स्टलहरू समेत राखीएको थियो ।
राजधानीमा पसुपतीनाथ मन्दिरको का साथै मल्टीपर्पोज कम्युनिटी हल स्थापान गर्ने सनातन समाजको मुख्य उदेश्य रहेको छ । करीव ८ लाख डलर जम्मा गरी सकिएको र जग्गा प्राप्तीको काम समेत तिव्र गतीमा आघि वढी रहेको छ- समाजका अध्यक्ष सन्तोस मल्लले बिश्वपाटीलाई जानकारी दिएका छन् ।

करिव १० हजार नेपाली र केही अन्य राष्ट्रका मानिहरू उपस्थित उक्त कार्यक्रमको प्रमुख अतिथिको रूपमा एसिटि (क्यानबेरा) राज्यका मुख्य मन्त्रिको सहभागीता रहेको थियो । कार्यक्रममा मुख्य मन्त्री यति धेरै नेपालीहरूको सहभागीताको प्रसंसा गर्दै सेल्फी समेत खिचेका थिए। उनले यस्तो खालको सेल्फी समुदाए सग पहिलो भएको र र यो उपस्थितिले दिन खोजेको सन्देश आफुले बुझेको भन्ने खालको मनत्व दिएको जानकारी सस्थाका सचिव वाशु चापागाईले जानकारी दिएका छन । उक्त कार्यक्रममा विपक्ष दलको नेता लगायत अन्य मन्त्रीहरूको समेत उपस्थिति थियो।

कार्यक्रममा आफ्नो मन्तवय राखदै अध्यक्ष मल्ले नेपाली समुदाएमा पशुपतिनाथको आस्था र यसको आवश्यकता वारेमा जोड़ दिदै , राज्य सरकालाई जग्गा उपलब्ध गराउने प्रकृयालाई यथा सक्य छिटो गरिदीन अनुरोध समेत गरेका थिए ।

करीव रातिको ९ः३० वजे करीव १५ मिनेट सम्म आकासवाजी गरीएको थियो । यस्तो भव्य कार्यक्रम गरेकोमा सहभागीले सनातन समाजको खुलेसै प्रसम्सा गरेका थिए। कर्ण दासले ठुला ठुला महल हैन भन्ने गीत गाउदा उपस्थित दर्शक हरु भावुक बनेका थिए भने स्थानीय हाईपर व्यान्डको प्रस्तुतिमा कार्यक्रमको माहोल गरम भएको थियो ।

कार्यक्रमको सन्चालन युवा समाजसेवी किशोर भण्डारी र क्षिरिगं लामाले गरेको थिए ।

नेपाली सोसाइटी अफ तास्मानियाले नेपाली नयाँ वर्ष २०८१ भव्यताका साथ मनाऊदै ।

नेपाली सोसाइटी अफ तास्मानियाले नेपाली नयाँ वर्ष २०८१ भव्यताका साथ मनाऊदै ।

सिडनी । अष्ट्रेलिया । नेपालीहरुको नयाँ वर्ष २०८१ साल आउन अब धेरै समय बाकी छैन, यस अवसरमा आफनो धर्म, संस्कृति, संस्कार, रीतिरिवाज, चाड्पर्व, तिथि-मिति अनेक कुराहरुमा राष्ट्रियता संगै आफनो भावना जोड़ीएको पक्कै छ नै यस अवसरमा बिभिन्न सामाजिक संस्थाहरुले एकापसमा भेला भई रमाइलो गर्ने गरेको हामिले पाउन सक्छौ ।

यस अनुरूप अष्ट्रेलियाको तास्मानिया राज्यमा रहेको नेपालीहरु बिचको सामाजिक अग्रणी संस्था नेपाली सोसाइटी अफ तास्मानियाले बिगतका वर्षहरुमा झै यस वर्ष पनी नेपालि नयाँ वर्ष २०८१ को अवसरमा नयाँ वर्ष बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ । सोसाइटीका अध्यक्ष तथा युवा समाजसेवी संसार राजले बिश्वपाटी संग उक्त कार्यक्रमको बारेमा समष्टिगत रूपमा जानकारी गराएका थिए ।

कार्यक्रमलाई दुई भागमा बिभाजन गरीएको छ पहिलो सेसन औपचारिक कार्यक्रम र दोस्रो सेसन अनौपचारिक रूपमा संचालन गरीने बताईएको छ । यस वर्षको सोसाइटीको कार्यकालमा नेपाली मात्र नभई अष्ट्रेलियन स्थानीय सरकारको बलियो साथ र सहयोग रहेको पाइएको छ, यस कार्यक्रम होबार्ट सिटी काउन्सिलको होबार्ट सिटी हलमा आयोजना हुने भएको छ । कार्यक्रम एप्रिल १२, शुक्रवार, साँझ ५:३० देखी ९:३० सम्म संचालन हुनेछ ।

कार्यक्रममा होबार्ट सिटी काउन्सिलका काउन्सिलर, मल्टी कल्चर काउन्सिल, डिपार्टमेण्ट अफ होम अफ़ियरका प्रतिनिधि, स्थानीय काउन्सिलर, नेपाली सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहने साथै कार्यक्रममा ६००-१००० जनाको उपस्थिति रहने बिश्वास गरीएको छ ।

कार्यक्रममा बिगत लामो समय देखी चर्चित स्थानीय नेपाली बाण्ड, पाठशाला, नेपाली युवा युवती लगायतको नृत्य, गायन, नाटक, लगायतका सांगीतिक तथा बिभिन्न कार्यक्रम हामिले पाउन सक्छौ र नेपाली मात्र नभई बिभिन्न देशहरुको समेत नेपाली नयाँ वर्षको अवसरमा सांगीतिक सहभागिता रहने रहेको छ ।

कार्यक्रममा नेष्ट अवार्ड समेत प्रदान गरीने भएको छ, तास्मानियामा रहेका नेपालीहरु बीच सामाजिक कार्यमा योगदान पुर्याए बापत हौसला स्वरूप अवार्ड प्रदान गरीने समेत बताईएको छ ।

कार्यक्रममा नि-शुल्क प्रवेश र खानाको समेत व्यवस्था रहेको छ ।

कार्यक्रमको उदेश्यको बारेमा प्रश्न गर्दा हामिले सोसाईटिका अध्यक्ष संसार राजले बिभिन्न देशको आफनो पहिचान हुने गरेको र त्यस अनुरूप बिश्व जगतमा नेपाली बारे चिनाऊन र बुझाऊन यो कार्यक्रम आयोजना गर्न लागिएको बताए । प्रवासमा रहने समस्त नेपालीहरुको साझा संस्थाको रूपमा रहेको यस सोसाइटिले नेपालीहरु बीचको माया, सम्बन्ध र बिदेशी भूमिमा रहेका समस्त नेपालीहरुको भावना समेटने साथै व्यस्त समय बाट केही समय निकालेर नेपालीहरु बीच भेटघाट र रमाइलो गर्ने मुख्य उदेश्य रहेको बताए ।

 

 

सनातन समाज अष्ट्रेलियाले नेपाली नयाँ वर्ष मनाऊदै ।

सनातन समाज अष्ट्रेलियाले नेपाली नयाँ वर्ष २०८१ मनाऊदै ।

सिडनी । अष्ट्रेलिया । अष्ट्रेलिया बासी नेपालीहरू ले नया वर्ष को अवसर पारेर अष्ट्रेलिया को राजधानी क्यानबेरामा विगत केही वर्ष देखी सनातन समाज अष्ट्रेलियाले आतिशबाजी सहित बिभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आईरहेको छ । यस पटक पनी नया वर्ष २०८१ को अवसर पारेर यसैको निरन्तरता दिने समाजका अध्यक्ष सन्तोष मल्लले जानकारी दिएका छ । उनको अनुसार यसपाली कार्यक्रममा प्रमुख अतिथिका रूपमा अष्ट्रेलियन क्यापिटल टेरिटोरी (क्यानबेरा) राज्यका मुख्य मन्त्री संगै अरू स्थानीय र संघीय मन्त्रीहरु पनी सहभागी हुनेछन। सस्थाका सचिव एवं समाजसेवी वासु चापागाई का अनुसास करिव १२००० नेपाली को उपस्थिति रहने यस कार्यक्रममा बिभिन्न नेपाली परीकारहरु को समेत अनुभव लिन पाईने छ ।

चीन, इरानलगायत छुट्टै क्यालेन्डर मान्ने देशहरुले नयाँ वर्षमा विशेष कार्यक्रम आयोजना गर्दै आफ्नो पृथकता र विविधता अन्तर्राष्ट्रिय वृत्तमा प्रस्तुत गर्दै आएका छन्। त्यसैले, वैशाख १ गते आतिसबाजी गर्दै नेपालीहरुको आफ्नो छुट्टै सार्वभौम पहिचान छ भन्ने सन्देश दिन को निम्ती आतिसबाजी विसं २०८१ वैशाख १ गते क्यानबेरा स्थित लेनक्स गार्डेन्समा गरिने सनातन समाज अस्ट्रेलियाका सद्स्य एवं सक्रिय युवा समाजसेवी किशोर भन्डारी ले जानकारी दिएका छन ।

कार्यक्रममा उपस्थिति भई नेपाली संस्कार, संस्कृति एवं भाषाको प्रवासमा रहेर पनी जगेर्ना गर्नु हामी सबैको दायित्व रहेको र यस कार्यक्रमलाई भव्य रूपमा सफल पार्नका निम्ति क्यानबेरा बासी नेपाली र समस्त नेपालीहरुमा सहयोग र उपस्थितिको निम्ति आग्रह समेत गरीएको छ ।

सक्सेस एजुकेशनको मुख्य प्रयोजन रहेको उक्त कार्यक्रममा अन्य थूप्रै नेपाली व्यवसायीहरुको सहयोग र साथ रहेको बताईएको छ ।

नेपालीज गल्फर एसोसिएशनको आयोजनामा दोस्रो गल्फ लीग सम्पन्न ।

सिडनी । अष्ट्रेलिया । नेपालीज गल्फर एसोसिएशनको आयोजनामा दोस्रो गल्फ लीग सम्पन्न ।

अष्ट्रेलियाको न्यू साउथबेल्स राज्यमा रहेको नेपाली गल्फरहरुको संस्था गत बर्ष जस्तै यस बर्ष पनि दोस्रो CIHE GOLF LEAGUE 2024 आयोजना गरेको छ। कुल आठ वटा गेम खेलाईने यो लिगको प्रायोजक चाही Crown Institute of Higher Education – CIHE रहेको छ भने यस लिगमा बिभिन्न देशका प्रवासीहरुले पनि भाग लिएका छन् ।

यही February 18, 2024 बाट शुरू भएको पहिलो लिग खेलमा पल्लब बर्जाचार्य 42 point सहित प्रथम भए भने 40 points सहित देब कोइराला दोस्रो भए। इस्टेबल फोडको आधारमा खेलाईएको उक्त खेलमा Nearest to the pin ( NTP) जिवन चालिसेले जिते भने Longest drive (LD) चाही भिम सुब्बाले जिते। Auburn स्थिति रोज्नी गल्फ कल्वमा भएको पहीलो दिनको बिजेतालाई अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यका निवर्तमान अवैतनिक महावाणिज्यदूत दिपक खड्काले पुरस्कार बितरण गर्नु भयो।

त्यसैगरी यही March 24 तारिक आइतवारका दिन Foxhill golf Club मा भएको दोस्रो लिग खेलमा जम्मा 19 जना प्रस्तिपर्धीले भाग लिएकोमा 35 points का साथ दिपक पहारी प्रथम भए भने 32 Points का साथ दिपक खड्का दोस्रो भए।

बिहानको मन्द बर्षाको साथ शुरु भएको खेलमा Nearest to the pin ( NTP) देब कोईरालाले जिते भने Longest drive (LD) चाही सुदीप बास्तोलाले जिते। खेलको पुरस्कार बितरण गर्नु हॅदै अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यका निवर्तमान अवैतनिक महावाणिज्यदूत दिपक खड्काले बिदेशमा रहेर पनि नेपाली बिच यसरी गल्फ खेल्न पाउदा सार्है खुसि लागेको र यस किसिमका खेलले हामी बिच मात्र नभई अरु देशका खेलाडी सग पनि आफ्नो कला सस्कृति को जानकारी साटा साट गर्न पाउदा अझ बढी फलदाई भएको भन्दै आयोजक लाई बिषेश धन्यवाद दिनु भयो।

आयोजकको तर्फबाट प्रणब मैनालीले यो लिगको प्रायोजक Crown Institute of Higher Education – CIHE लाई बिसेष धन्यवाद दिदै अबको तेस्रो खेल April 21st मा Gordon golf club , NSW मा हुने जानकारी दिदै कोही ईच्छुकहरुले सम्पूर्ण जानकारी र सम्पर्क को लागी NSW Nepalese Golfers Sydney फेसबुक पेजमा पाउने बताउनु भयो।

मानव सेवा आश्रमलाई मकवानपुर कम्युनिटी अष्ट्रेलियाले साथ दिने ।

सिडनी । अष्ट्रेलिया । मानव सेवा आश्रमलाई मकवानपुर कम्युनिटी अष्ट्रेलियाले साथ दिने ।

हाम्रो चाहाना सबैको लागि खाना, नाना र छाना भन्ने मुल नारा का साथ वि.सं २०६९ सालमा स्थापना भई हाल नेपालको १९ जिल्ला गरि २४ स्थानमा फैलिएको यस मानवसेवा आश्रमका प्रतिनिधिहरु सॅंस्थापक अध्यक्ष रामजी अधिकारी र कोषाध्यक्ष होमनाथ तिमल्सिना संग मकवानपुर कन्युनिटी अस्टे्लिया(MCA) का अध्यक्ष राज के अधिकारी, सचिब् सुदिप सापकोटा र कार्यकारी सदस्य दिपेश ढकाल बिच भेटघाट सम्पन्न भएको छ।

आफ्ना बिभिन्न कार्यक्रमलाई थाति राखि जिल्लाबासिलाई जोड्दै आएको यस संस्थालाई सम्झिएर भेटघाटको लगि ईक्ष्या देखाउनु भएको मा सम्पुर्ण MCA परिवार हजुरहरु प्रति आभार प्रकट गर्दछौ। साथै यो सन्जोग् जुराईदिन मद्धत् गर्ने यसै MCA का सदस्य कर्मान्त् सुबेदि भाईलाई पनि मुरि मुरि धन्यवाद् दिन चाहन्छौ। भेटघाटको क्रममा आश्रमका प्रतिनिधिहरुले आफ्नो Australia भ्रमणको उद्धेश्य, आश्रमले गर्दै आएको कार्यक्रम् र भाबि योजनाका बारेमा पनि प्रष्ट पार्नु भएको थियो।

मुलत हाम्रो यस MCA पनि सोही उद्धेश्यका साथ स्थापना भएको एक सामाजिक संस्था हो । विदेशी भुमीमा आएर कोहीपनि आफ्नो जिल्ला बासी ले दुःख भोग्नु नपरोस र केही भबितब्य परिहाले त्यस्लाई एक्लै सामना गर्नु नपरोस भनी स्थापना भएको संस्था हो MCA। समान उद्धेश्य भएको संस्था मानवसेवा अश्रम सँग हातेमलो गर्दै उहाहरुले गरिरहनु भएको यस महान कार्यमा हामिले पनि आफ्नो ठाउँ बाट इट्टा थप्ने अवसर पाउनु भनेको हाम्रो लागि गर्वको कुरा हो। आगामी दिनमा मानवसेवा आश्रमलाई MCA को वार्षिक क्यालेन्डरमा समावेस गरि र यस संस्थलाई प्राथमिकतामा राखी अघि बढ्ने कुरा पनि हजुरहरुलाई जानकारी गराउन चाहन्छौ।

हामिले गर्ने सहयोगमा आज हामिले भरपर्दो संस्था भेटेकाछौं।MCA भोलिको दिनमा आश्रमका कैयौं बालबालिको अभिभावक बन्ने छ, कैयौं बृद्धबृद्धा बेसाहारा आमा-वावुका सन्तान बन्ने छ। पढ्ने लेख्ने नानिबाबुका लगि कापि कलम बन्नेछ।MCA ले आफ्नो स्थान् बाट यथासक्य सहयोग र साथ सदैव दिने प्रतिबद्धता समेत व्यक्त गर्न चाहन्छौ।

जय मानबसेवा, जय MCA

कानुन अन्तरकलेज स्तरीय क्रिकेट प्रतियोगिता : पृथ्वीनारायण क्याम्पस र नेशनल ल क्याम्पस फाइनलमा!!!

कानुन अन्तरकलेज स्तरीय क्रिकेट प्रतियोगिता : पृथ्वीनारायण क्याम्पस र नेशनल ल क्याम्पस फाइनलमा


पोखरा । कानुन सङ्काय पृथ्वीनारायण क्याम्पसको आयोजनामा भइरहेको प्रतियोगितामा पृथ्वीनारायण क्याम्पस र नेशनल ल क्याम्पस फाइनल प्रबेश गरेका छन् । शनिबार भएका तीन खेलमा सबैले टोलीले एक एक जित निकाल्न सफल भएका छन्।
अन्नपूर्ण खेल मैदान बगरमा भएको दोस्रो दिनको पहिलो खेलमा नेपाल ल क्याम्पसले टस हारेर १५  ओभर पुरा पारी खेल्दै १४३ रन बनाउन सफल भएको थियो। जवाफमा १ सय  १४४ रनको लक्ष्य पछ्याएको नेशनल ल क्याम्पसका  उपहारले अर्ध सतक पारी खेली आफ्नो टिमलाई ६ विकेटको जित दिलाएका छन् ।

दोस्रो खेलमा टस जितेर व्याटिङमा उत्रेको पृथ्वीनारायण क्याम्पस कानुन सङ्काय १५ ओभर पुरा खेल्दै आदर्श झाको विस्फोटक ३९ बलमा ८३ रनको पारी खेल्दै २०४ रन बनाउन सफल भएको थियो। जवाफमा २०५ रनको लक्ष्य पछ्याएको नेशनल ल क्याम्पसका आशुतोषले अर्ध सतक पारी खेलेता पनि पनि आफ्नो टिमलाई जित निकाल्न सफल भएनन् र केशव रिमालले ५ विकेटको सफलता दिलाएर आयोजक पृथ्वीनारायण क्याम्पसलाई ५९ रनको फराकिलो जित निकालेका थिए ।

दिनको तेस्रो तथा लिग चरणको अन्तिम खेलमा टस हारेर व्याटिङमा उत्रेको पृथ्वीनारायण क्याम्पस कानुन सङ्काय १५ ओभर पुरा खेल्दै आदर्श झाको २२ रन र प्रविनको २७ रनको पारि खेल्दै १३२ रन बनाउन सफल भएको थियो। जवाफमा १३३ रनको लक्ष्य पछ्याएको नेपाल ल क्याम्पसका बिशालले २२ तथा दुर्गाले १७ रनको योगदान दिएर पारीको १ बल रहदा २ विकेटको साँघुरो जित निकालेको थियो ।

प्रतियोगिताको फाइनल खेल भोलि आइतबार अन्नपूर्ण खेल मैदान, पृथ्वीनारायण क्याम्पस बगरमा ११ बजे हुने आयोजक कमिटी सदस्य आदर्श झाले जानकारी दिए ।

Next Page »

ताजा समाचार

लोकप्रिय