२०८२ असार ३१ मंगलवार

NRNA Victoria का लागि विकास सिलवालद्वारा उप–संयोजक पदमा उम्मेदवारी घोषणा

एनआरएनए भिक्टोरिया (२०२५–२०२७) कार्यकालका लागि विकास सिलवालद्वारा उप–संयोजक पदमा उम्मेदवारी घोषणा
मेलबर्न, अष्ट्रेलिया — सक्रिय सामाजिक अभियन्ता तथा विभिन्न संघ–संस्थामा नेतृत्वदायी भूमिका निभाउँदै आएका विकास सिलवालले गैरआवासीय नेपाली संघ (एनआरएनए) भिक्टोरिया राज्य अन्तर्गत २०२५–२०२७ कार्यकालको लागि उप–संयोजक (Deputy Coordinator) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

हाल एनआरएनए भिक्टोरिया स्टीयरिङ कमिटी (SCC) का सदस्य रहेका सिलवाल विगत केही वर्षदेखि मेलबर्नको नेपाली समुदायमा सक्रिय सेवा, नेतृत्व र समर्पणको प्रतिनिधि अनुहारका रूपमा चिनिँदै आएका छन्।

सामाजिक र संस्थागत नेतृत्वको अनुभव

विकास सिलवाल हाल Royal Western Club मा Club Manager को रूपमा कार्यरत छन्, जहाँ उनी समुदायका लागि सामाजिक, साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समन्वय गर्न सक्रिय छन्। क्लब व्यवस्थापन र कार्यक्रम आयोजनामा उनको अनुभवले मेलबर्नस्थित नेपाली समुदायलाई थप संगठित र एकताबद्ध बनाउने दिशामा टेवा पुर्‍याएको छ।

त्यसैगरी, उनी Chitwan Samaj Victoria को Executive Member का रूपमा पनि कार्यरत छन्। चितवन क्षेत्रका नेपालीहरूलाई एक सूत्रमा बाँध्दै सांस्कृतिक सम्पदा, भाषा र सामाजिक पहिचान जगेर्नामा उनी निरन्तर सक्रिय छन्।

युवा नेतृत्वको प्रवर्द्धनमा अग्रसर

विकास सिलवालको अर्को महत्वपूर्ण भूमिका ONYF (Overseas Nepali Youth Forum) VIC मा Coordinator को रूपमा रहेको छ। यहाँ उनी युवाहरूलाई सामाजिक उत्तरदायित्व, नेतृत्व विकास, र सामुदायिक सक्रियतामा संलग्न गराउने उद्देश्यले विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्।

उनको विश्वास छ कि युवाको ऊर्जा र अनुभवको सन्तुलन नै समृद्ध, उत्तरदायी र दीर्घकालीन नेतृत्वको आधार हो।

उम्मेदवारीको उद्देश्य र अपिल

उम्मेदवारी घोषणा गर्दै सिलवालले भनेका छन्:
“एनआरएनए SCC सदस्यको रूपमा काम गर्दा मैले संगठनको आन्तरिक संरचना, कार्यशैली र सामुदायिक आवश्यकताहरूलाई नजिकबाट बुझेको छु। अब उप–संयोजकको रूपमा, म अझ रणनीतिक, समावेशी र पारदर्शी नेतृत्व प्रस्तुत गर्न चाहन्छु।”

उनले सम्पूर्ण भिक्टोरियावासी नेपाली समुदायसँग आग्रह गर्दै भने,
“तपाईंहरूको विश्वास र साथले मलाई तपाईंहरूको आवाज बन्ने अवसर दिनेछ। म सधैं संवाद, सहकार्य र सेवामा विश्वास गर्छु – र तपाईंहरूसँग हातेमालो गर्दै अघि बढ्न चाहन्छु।”

प्राथमिकता र योजना

विकास सिलवालले आगामी कार्यकालमा केही प्रमुख क्षेत्रहरूलाई प्राथमिकतामा राख्ने बताएका छन्:

नेपाली समुदायमा युवाको नेतृत्व क्षमता विस्तार गर्नु
महिला तथा सबै वर्गको प्रतिनिधित्व सुनिश्चित गर्नु
नेपाली सांस्कृतिक कार्यक्रम र पहिचानको संरक्षण तथा प्रवर्द्धन
संस्थागत पारदर्शिता र सहकार्यमा आधारित कार्यशैली विकास
सामाजिक एकता र आपसी सहयोगमा आधारित कार्यक्रमहरू विस्तार

निष्कर्षमा, विकास सिलवालको उम्मेदवारी केवल पदको लागि होइन — यो समुदायप्रतिको जिम्मेवारी, सेवाभाव र दिगो नेतृत्वको निम्ति हो। विभिन्न संघसंस्थामा उनीद्वारा देखाइएको प्रतिबद्धता र नेतृत्वले उनलाई एनआरएनए भिक्टोरियाको उप–संयोजकका रूपमा सशक्त उम्मेदवार बनाएको छ।

सन्तोष थापा NRNA अष्ट्रेलिया (WA) को युवा संयोजक पदमा उम्मेदवार

सन्तोष थापा NRNA अष्ट्रेलिया (WA) युवा संयोजक पदमा उम्मेदवार
पश्चिम अष्ट्रेलिया, १० जुलाई २०२५ — आउँदो २६ जुलाई २०२५ मा हुन गइरहेको NRNA अष्ट्रेलिया (२०२५–२०२७) कार्यकालको निर्वाचनमा सन्तोष थापाले NRNA – पश्चिम अष्ट्रेलिया (WA) को युवा संयोजक (Youth Coordinator) पदमा उम्मेदवारी घोषणा गरेका छन्।

सन्तोष थापा विगत पाँच वर्ष ब्रिस्बेन र पछिल्ला तीन वर्षदेखि पश्चिम अष्ट्रेलिया (WA) मा सक्रिय रूपमा नेपाली समुदायसँग आबद्ध रहँदै आएका छन्। विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूमा निरन्तर सहभागिता जनाउँदै आएका थापाले नेपाली समुदायप्रति आफ्नो समर्पणलाई संस्थागत ढंगले अगाडि बढाउने उद्देश्यका साथ उम्मेदवारी दिएका हुन्।

उनी भन्छन्, “NRNA संसारभर छरिएर रहेका नेपालीहरूको साझा संस्था हो। यो संस्थामार्फत नेपाली भाषा, संस्कृति र आपसी सहयोगको भावना प्रवर्द्धन हुँदै आएको छ। तपाईंहरूको माया र विश्वासले म अझ जिम्मेवार र प्रेरित भएको छु।”

व्यवसायिक पृष्ठभूमि भएका थापाले नेपाली समुदायमा उद्यमशीलता प्रवर्द्धन गर्न विशेष ध्यान दिने बताएका छन्। उनी युवाहरूलाई लक्षित गर्दै व्यवसायिक तालिम, मेटरिङ प्रोग्राम र सहयोगमूलक नेटवर्किङ कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्छन्।

साथै, अष्ट्रेलियामा अध्ययनको शिलशिलामा आएका विद्यार्थीहरूको सुखदु:खमा सधैं अग्रस्थानमा रही साथ दिने उनले प्रतिबद्धता जनाएका छन्।

थापा थप्छन्, “हामी सबै मिलेर सशक्त र एकजुट नेपाली समुदाय निर्माण गर्न सक्छौँ। यस यात्रामा तपाईंहरूको अमूल्य मत, साथ र सुझावको अपेक्षा गर्दछु।”

उनले NRNA नयाँ सदस्यहरूलाई यस अभियानमा सक्रिय सहभागिता जनाउन पनि आह्वान गरेका छन्।

द्रोण पन्त (समीर) NRNA VIC COORDINATOR पदका लागि उम्मेदवार – समुदायको एकताको प्रतिक

नेपाली समुदायको एकताको प्रतिक द्रोण पन्त (समीर) STATE COORDINATOR पदमा उम्मेदवार

मेलबर्न, अस्ट्रेलिया — भिक्टोरिया प्रदेशको गैर-आवासीय नेपाली संघ (NRNA) अस्ट्रेलियाको महत्वपूर्ण नेतृत्व पद STATE COORDINATOR का लागि समुदायका सक्रिय नेता द्रोण पन्त (समीर) ले आफ्नो उम्मेदवारी घोसणा गरिसकेका छन्। यस पदका लागि २६ जुलाई २०२५ मा हुने निर्वाचनलाई मध्यनजर राख्दै उनले समुदायमा एकता, प्रगति र सशक्तिकरणको अभियान बढाउँदै आएका छन्।

द्रोण पन्तले आफ्नो उम्मेदवारी घोषणा गर्दै समुदायका विभिन्न क्षेत्रका नेपालीहरूसँग आत्मीय अपील गर्दै भने, “१४ वर्षपछि फेरि यस जिम्मेवारीमा आउनु भनेको समुदायप्रतिको मेरो गहिरो प्रतिबद्धताको प्रमाण हो। हामी सबैको साझा प्रयासले मात्र भिक्टोरियाको NRNA लाई वास्तवमै सबैको प्रतिनिधित्व गर्ने मञ्च बनाउन सकिन्छ।”

उनको चुनावी एजेन्डामा समुदायको एकीकरण, युवा सशक्तिकरण, सांस्कृतिक संरक्षण, र आप्रवासी नेपालीहरूको कानुनी अधिकार र सुविधाको लागि प्रभावकारी अभियानहरू समावेश छन्। उनले आफ्नो नारा “LOVE, RESPECT, UNITY, SUCCESS” अन्तर्गत सबैको सहभागितामा आधारित सहकार्यात्मक नेतृत्व प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्।

२०२५-२०२७ का लागि परिवर्तनको आशा लिएर उनी अगाडि बढ्दै छन् भने उनको टोलीले सामाजिक सञ्जालमार्फत (@TEAMEXATA.FORCHANGE) मा आफ्नो गतिविधिहरू साझा गर्दै आएको छ। समुदायका विभिन्न व्यक्तिहरूले उनको उम्मेदवारीलाई ठूलो आशावादका साथ हेरिरहेका छन्।

भिक्टोरियाका नेपाली समुदायले यस पटकको निर्वाचनलाई ऐतिहासिक अवसरको रूपमा लिँदै छन्। द्रोण पन्तको नेतृत्वमा NRNA ले नयाँ ऊर्जा र दिशा प्राप्त गर्ने विश्वास समुदायमा व्याप्त छ। उनीहरूको मान्यता छ कि एकजुट भएर मात्र समुदायले आफ्नो हक अधिकार र मानसम्मानको स्थापना गर्न सकिन्छ।

यसरी नै, द्रोण पन्तले समुदायका सबै वर्ग, युवा, महिला, र व्यवसायीहरूसँग निरन्तर संवाद गर्दै आएका छन्। उनको खुला संचार नीति र सहभागी निर्णय प्रक्रियाले समुदायमा नयाँ आशा जगाएको छ।

आगामी निर्वाचनमा समुदायले गर्ने निर्णय भविष्यको दिशा निर्धारण गर्नेछ। द्रोण पन्तको उम्मेदवारीले नेपालीहरूको एकतालाई मजबूत पार्ने र अन्तर्राष्ट्रिय स्तरमा समुदायको आवाज बुलन्द बनाउने आशा जगेको छ।

मनिष सिग्देलद्वारा एनआरएनए अष्ट्रेलियाको उप–युवा संयोजक पदमा उम्मेदवारी घोषणा

मनिष सिग्देलको उम्मेदवारी घोषणा: “सेवा मेरो परिचय हो, नेतृत्व मेरो प्रतिबद्धता”

पर्थ, अष्ट्रेलिया | १० जुलाई २०२५ — गैर-आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि राष्ट्रिय युवा उप–संयोजक पदमा मनिष सिग्देलले आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेका छन्। पश्चिमी अष्ट्रेलियाका वर्तमान युवा संयोजक रहेका सिग्देल विगत पाँच वर्षदेखि नेपाली डायस्पोराको सेवा र युवाको सशक्तिकरणमा निरन्तर क्रियाशील छन्।

“म तपाईंहरूमध्ये एक हुँ” — नेतृत्व यात्राको मूल भाव
मनिष सिग्देल २०१८ मा अष्ट्रेलिया आइपुगेका थिए। नेपाली युवा विद्यार्थीको रूपमा पर्थ विमानस्थलमा झरेको त्यो पहिलो दिन सम्झिँदै उनले आफ्नो घोषणापत्रमा लेखेका छन्, “मसँग झोला मात्र थिएन, थियो नयाँ हुनुको बोझ — अपरिचय, अकेलोपन, र सपना साकार पार्ने एउटा थरथराएको आशा।”

यही व्यक्तिगत अनुभवलाई आधार बनाएर उनले समुदायप्रति समर्पणको मार्ग रोजे। एनआरएनएको हरेक गतिविधिमा स्वयंसेवकका रूपमा उपस्थित हुने, सांस्कृतिक कार्यक्रमहरूमा योगदान पुर्‍याउने, र नयाँ आगन्तुकहरूको स्वागतमा सक्रिय रहने कार्यमार्फत उनी समुदायमा परिचित नाम बने।

“सेवा मेरो काम होइन — सेवा नै म स्वयं हुँ,” भन्ने भावनासाथ सिग्देलले नेतृत्वमा आफूलाई प्रस्तुत गरेका छन्।
चार बुँदे संकल्प: युवामैत्री, समावेशी र दूरदृष्टियुक्त योजना
सिग्देलले आफ्नो उम्मेदवारीसँगै चारवटा प्रमुख संकल्प सार्वजनिक गरेका छन्, जसमा अष्ट्रेलियामा बसोबास गरिरहेका नेपाली युवाहरूको समग्र हित सुनिश्चित गर्ने स्पष्ट योजना देखिन्छ:

१. पिडालाई शक्तिमा रूपान्तरण

मानसिक स्वास्थ्य समर्थन सर्कलहरूको निर्माण
मार्गदर्शन तथा सहारा कार्यक्रमहरू
आत्मबल अभिवृद्धिका लागि सुरक्षित स्थानहरूको स्थापना
२. युवाका अदृश्य आवाजहरूलाई बुलन्द बनाउने

राष्ट्रिय स्तरको युवा नेतृत्व सम्मेलन आयोजना
सीपमूलक तालिम तथा उद्यमशिलता प्रवर्धन
निर्णय प्रक्रियामा युवाको प्रतिनिधित्व सुनिश्चित
३. संस्कृति र अवसरको समन्वय

नेपाली भाषा, पहिचान र संस्कृति झल्काउने उत्सवहरूको प्रवर्धन
अष्ट्रेलियाली पेसागत बजारसँग समायोजन हुने करियर परामर्श तथा भाषा सहयोग
अन्तर–सांस्कृतिक संवाद सुदृढ गर्न संयोजन केन्द्रको स्थापना
४. प्रतिनिधि मात्र होइन, रक्षक बन्ने संकल्प

युवाको हक–हितका मुद्दामा एनआरएनएको प्रत्येक निर्णय तहमा प्रत्यक्ष आवाज उठाउने
कठिन परिस्थितिमा व्यक्तिगत र संस्थागत सहयोग पुर्‍याउने प्रतिबद्धता
समुदायमा दीर्घकालीन प्रभाव पार्ने नीतिगत पहलहरूको वकालत
“यो निर्वाचन पदका लागि होइन, तपाईंहरूको विश्वासका लागि हो”
सिग्देलको उम्मेदवारी केवल एक पदको आकांक्षा होइन, त्यो आफ्नो पुस्ता र समुदायप्रतिको गहिरो उत्तरदायित्वको अभिव्यक्ति हो। उनले उल्लेख गरेका छन् कि नेपाली युवा अष्ट्रेलियामा अब आफूलाई ‘अदृश्य’ महसुस गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ। उनी भन्छन्, “म तपाईंहरूसँग एउटै सपना देख्छु, एउटै पीडा महसुस गर्छु, र त्यसैले एउटै समाधानको पक्षमा उभिन चाहन्छु।”

अनुभव, सम्पर्क र अहिलेसम्मको यात्रा
मनिष सिग्देलले पश्चिमी अष्ट्रेलियाको युवा संयोजकको रूपमा रहँदा विविध सामाजिक, सांस्कृतिक तथा शैक्षिक कार्यक्रमहरू आयोजना गरेका छन्। उनले युवालाई एनआरएनएको मूल धारमा ल्याउने उद्देश्यले “Youth Connect WA”, “Nepali Newcomer Welcome Night” जस्ता कार्यक्रमहरू सञ्चालन गरेका थिए, जसबाट सयौं नेपाली युवाहरू लाभान्वित भएका थिए।

अन्तिम सन्देश:
“म तपाईंको मत मेरो पदको आकांक्षाका लागि होइन, मेरो निरन्तर सेवाभाव, सच्चा उद्देश्य, र तपाईंहरूको भविष्यप्रतिको समर्पणका लागि माग्छु। मलाई मत दिनुहोस् — ताकि हामीले सँगै एउटै उद्देश्यमा पाइला चाल्न सकौं।”
उम्मेदवार:
मनिष सिग्देल
(वर्तमान युवा संयोजक – पश्चिमी अष्ट्रेलिया)
उप–युवा संयोजक पदका उम्मेदवार
एनआरएनए अष्ट्रेलिया (२०२५–२०२७)

बिष्णु तिवारीद्वारा NRNA ICC सदस्य पदमा उम्मेदवारी घोषणा, प्रवासी नेपालीको हकहितमा प्रतिबद्धता

बिष्णु तिवारीद्वारा NRNA ICC सदस्य पदमा उम्मेदवारी घोषणा, प्रवासी नेपालीको हकहितमा प्रतिबद्धता

अष्ट्रेलिया – आगामी कार्यकाल (२०२५–२७) का लागि अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली संघ (NRNA) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदमा बिष्णु तिवारीले अष्ट्रेलियाबाट आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

विगतमा NRNA अष्ट्रेलियाको राष्ट्रिय समन्वय परिषद् (NCC) सदस्यको रूपमा जिम्मेवारी वहन गरिसकेका तिवारीले आफूलाई समुदायसँग नजिक र जिम्मेवार नेतृत्वका रुपमा प्रस्तुत गर्दै यो पदका लागि तयार रहेको जनाएका छन्।

उनले उम्मेदवारी घोषणासँगै आगामी कार्यकालमा आफूले प्राथमिकता दिने मुख्य बुँदाहरू सार्वजनिक गरेका छन्:

प्रवासी नेपालीहरूको हकहित र सुरक्षाका लागि नीति निर्माण तहमा बलियो पैरवी गर्ने

युवा पुस्तालाई NRNA मा सक्रिय सहभागी बनाउँदै नेतृत्वको अवसर सुनिश्चित गर्ने

अष्ट्रेलियामा रहेका नेपाली व्यवसाय, शिक्षा र सामाजिक क्षेत्रको सहजताका लागि काम गर्ने

पारदर्शिता, जवाफदेहिता र समावेशी प्रतिनिधित्वलाई संस्थाको मूल आधार बनाउने

दशौं विश्व सम्मेलनका निर्णयहरूको प्रभावकारी कार्यान्वयनमा योगदान दिने

NRNA ID को उपयोगिता विस्तार गर्दै डिजिटल माध्यममार्फत सदस्यता अभियानलाई सशक्त बनाउने

तिवारीले NRNA लाई सम्पूर्ण नेपालीको साझा मञ्च बनाउने दिशामा दृढतापूर्वक लाग्ने प्रतिबद्धता जनाएका छन्। साथै, उनले आउँदो जुलाई २६ मा हुने NRNA ICC निर्वाचनमा आफूलाई मतदान गरी विजयी बनाउन सम्पूर्ण मतदाताहरूसँग हार्दिक अपिल गरेका छन्।

उनको उम्मेदवारीले अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायमा उत्साह र नयाँ आशा जगाएको देखिएको छ।

NSW सचिव पदका उम्मेदवार प्रताप पन्थीको प्रतिवद्धता – सुनुवाइ होइन, समाधानमा नेतृत्व।

एनआरएनए अष्ट्रेलिया निर्वाचन २०२५: एनएसडब्ल्यु सचिव पदका उम्मेदवार प्रताप पन्थीको प्रतिवद्धता – “सुनुवाइ मात्र होइन, समाधानका लागि नेतृत्व”

सिड्नी, अष्ट्रेलिया – जुलाई ७, २०२५
अन्तर्राष्ट्रिय शिक्षा विज्ञ, व्यवसायी, र समर्पित समुदायसेवी प्रताप पन्थीले आगामी गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया (NSW) २०२५–२०२७ कार्यकालको लागि एनएसडब्ल्यु राज्य समन्वय परिषद् (SCC) सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
उहाँले टिम एकता (Team EKATA) बाट उम्मेदवारी दिँदै सामाजिक एकता, संस्थागत रूपान्तरण, र व्यवहारिक नेतृत्वको पक्षमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभएको छ।

विद्यार्थी देखि समुदाय नेतृत्व सम्मको यात्रा

सन् २०१३ मा अध्ययनका लागि अष्ट्रेलिया आएका पन्थीले विगत १० वर्षमा शिक्षा, आप्रवासन, उद्यमशीलता र सामाजिक सेवाको माध्यमबाट नेपाली समुदायमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन्।
उहाँले हजारौं अन्तर्राष्ट्रिय विद्यार्थी र पहिलो पुस्ताका आप्रवासीहरूको भिसा समस्या, आर्थिक संकट, मानसिक स्वास्थ्य समस्या, र सामाजिक अलगाव जस्ता समस्याहरू समाधान गर्न अग्रसर भूमिका खेल्दै आउनुभएको छ।

“म विद्यार्थी थिएँ। म आप्रवासी थिएँ। म ती सबै चुनौतीहरू भित्रबाट आएको मान्छे हुँ,” पन्थी भन्छन्।
“अब म त्यो अनुभव र ज्ञानलाई समुदायको हितमा प्रयोग गर्न चाहन्छु – समाधानमुखी, समावेशी र उत्तरदायी नेतृत्वका लागि।”

व्यावसायिक पृष्ठभूमि र सामुदायिक प्रतिबद्धता

पन्थीको करियरमा अन्तर्राष्ट्रिय शिक्षा परामर्श, आप्रवासन सल्लाह, र डिजिटल उद्यमशीलता मुख्य क्षेत्रहरू रहेका छन्। उहाँले नेपाल–अष्ट्रेलिया बीच ICT लगानीको प्रवर्द्धन, सीप स्थानान्तरण, र रिमोट रोजगारी सिर्जनाको अभियानमा पनि सक्रिय भूमिका खेल्दै आउनुभएको छ।

सामुदायिक सेवा क्षेत्रमा उहाँले विशेष गरी युवा सशक्तिकरण, घरेलु हिंसा विरुद्धको चेतना, मानसिक स्वास्थ्य, कानुनी शिक्षा, तथा नेपाली पर्यटन र संस्कृति प्रवर्द्धन जस्ता विषयमा कार्य गर्दै आउनुभएको छ।

किन टिम एकता?

प्रताप पन्थीले टिम एकतालाई आफ्नो राजनीतिक यात्रा र मूल्यसँग मिल्दो टिमको रूपमा चित्रण गर्नुहुन्छ।
“टिम एकता भनेको विविधता, समावेशी सोच, र व्यावसायिक कार्यशैलीको मिलन हो,” उहाँ भन्नुहुन्छ।
“यो टिमले शहरदेखि गाउँसम्म, विद्यार्थीदेखि व्यवसायी, युवादेखि महिलासम्म – सबैको आवाज समेट्ने प्रतिबद्धता बोकेको छ।”

उम्मेदवारको सन्देश: समावेशी नेतृत्व र व्यावहारिक कार्यशैली

प्रताप पन्थीले आफ्नो मुख्य सन्देशमा समावेशी नेतृत्व, समाधानमुखी सोच, र सम्पूर्ण नेपाली समुदायको सहभागितालाई प्राथमिकतामा राखेका छन्।
उहाँ भन्छन्:

“यदि तपाईं स्मार्ट समाधान, समावेशी नेतृत्व र व्यवहारिक सेवाभावमा विश्वास गर्नुहुन्छ भने म तपाईंको सेवामा छु।
आउनुहोस्, सँगै सकारात्मक, परिणाममुखी र दिगो परिवर्तन ल्याऔं।”
निर्वाचन मिति र आह्वान

गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी निर्वाचन यही २६ जुलाई २०२५ मा हुन गइरहेको छ। टिम एकताले सम्पूर्ण नेपाली समुदायलाई सक्रिय सहभागिता जनाउँदै लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्न आग्रह गरेको छ।

“हामी तपाईंको विश्वासका लागि उभिएका छौं, सेवाका लागि, परिवर्तनका लागि। टिम एकतालाई मतदान गर्नुहोस्,” प्रताप पन्थीले आग्रह गर्नुभयो।

प्रमुख चुनावी विवरण:

पद: एनएसडब्ल्यु एससीसी सचिव (NRNA Australia – NSW)
उम्मेदवार: प्रताप पन्थी
टिम: TEAM EKATA – For Change 2025–2027
निर्वाचन मिति: २६ जुलाई २०२५ (शनिबार)
स्थान: NRNA Australia Online Voting Platform

युवा नेतृत्वको आवाज: सरोज सापकोटा NRNA VIC युवा सदस्यमा उम्मेदवार

सशक्त नेतृत्व र युवा सशक्तीकरणको अभियानमा सरोज सापकोटा — NRNA VIC युवा सदस्य पदमा उम्मेदवार

मेलबर्न, अष्ट्रेलिया | जुलाई ६, २०२५ –
लामो समयदेखि सामाजिक सेवा, स्वास्थ्य प्रवर्द्धन, र समुदाय निर्माणमा समर्पित रहँदै आएका सरोज सापकोटाले आसन्न गैर-आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया २०२५–२०२७ कार्यकालका लागि भिक्टोरिया राज्य (VIC) बाट युवा सदस्य (Youth Member) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

“TEAM EKATA – For Change” अभियानबाट प्रस्तुत भएका सापकोटाको दृष्टिकोण स्पष्ट छ — युवा पुस्ताको प्रतिनिधित्व, संस्थागत रूपान्तरण, र समावेशी नेतृत्व।
उनको नारा हो:
“संस्थागत रूपान्तरण: सामाजिक एकता, सबैको एनआरएनए — हाम्रो प्रतिबद्धता।”

नेपालदेखि अष्ट्रेलियासम्मको समाजसेवाको सशक्त यात्रा
नेपालको सुदूरपश्चिममा अवस्थित कैलाली जिल्लाबाट सार्वजनिक सेवा यात्रा सुरु गरेका सापकोटाले लियो क्लब कैलाली, लम्कीका संस्थापक सचिवका रूपमा युवाहरूलाई सामाजिक जिम्मेवारीमा प्रेरित गर्दै थुप्रै स्वास्थ्य शिविर, रक्तदान, सचेतना कार्यक्रम, र युवा नेतृत्व विकास अभियान सञ्चालन गरेका थिए।
यिनै अनुभवहरूले उनलाई “जीवनभर समाज र मानव सेवामा समर्पित रहने संकल्प” दिलायो।

अष्ट्रेलिया आएपछि पनि उनले समुदाय सेवामा ब्रेक नलिएर, झन् सशक्त रूपमा नयाँ स्वरूपमा समाजलाई समर्पित गरे।

Australia Yoga & Meditation Community Inc. — स्वास्थ्य, आत्मशान्ति र समर्पणको अभियान
Australia Yoga & Meditation Community Inc. का संस्थापक अध्यक्ष तथा प्रमुख योग प्रशिक्षकका रूपमा, सापकोटाले मेलबर्नको उत्तरी क्षेत्रलाई आधार बनाएर निःशुल्क योग तथा ध्यान कक्षा सञ्चालन गर्दै आएका छन्।

आज यो संस्था विविध पृष्ठभूमिका सहभागीहरूको साप्ताहिक सामूहिक साधना र आत्मिक शान्तिको थलो बनेको छ। स्वास्थ्य, भावनात्मक सन्तुलन र सामाजिक सम्बन्धलाई जोड्ने यस अभियानले समुदायमा एकताको सन्देश फैलाएको छ।

उनको विश्वास छ —
“स्वास्थ्य सेवा सबैको मौलिक अधिकार हो — चाहे जात, भाषा, उमेर वा आर्थिक अवस्था जे भए पनि।”

JV Foundation Australia — संकटमा परेकाको साथमा
सरोज सापकोटा JV Foundation Australia का अध्यक्षको भूमिकामा सक्रिय छन्। यो संस्था अष्ट्रेलियामा रहेका नेपाली समुदायका संकटमा परेका परिवारहरूलाई आपतकालीन राहत, सामाजिक समर्थन, मानसिक स्वास्थ्य सेवा, र समावेशी पुनःस्थापनाको कार्य गर्दै आएको छ।

साथै, यस संस्थाले नेपालमा पनि सांस्कृतिक सम्पदा संरक्षण, विपद् व्यवस्थापन र शिक्षा प्रवर्द्धनको अभियान सञ्चालन गर्दै आइरहेको छ।

अछाम जिल्लासँगको भावनात्मक सम्बन्ध
सरोज सापकोटा नेपालको अछाम जिल्ला समन्वय समितिमा सल्लाहकार सदस्यका रूपमा संलग्न छन्। प्रवासी नेपालीहरूमार्फत गाउँ विकास, लगानी अभिवृद्धि, र रणनीतिक योजना निर्माणमा संलग्न रहँदै उनी प्रवास र मातृभूमिबीच पुलको काम गरिरहेका छन्।

उनी भन्छन्:
“टाढाबाट भए पनि हामी हाम्रो मातृभूमिका लागि परिवर्तनका सार्थक सन्देश दिन सक्छौं।”

TEAM EKATA – युवाको ऊर्जा, समुदायको आवाज र संस्थाको पुनर्निर्माणका लागि प्रतिबद्ध
सरोज सापकोटा TEAM EKATA का उम्दा युवा उम्मेदवार हुन् — एक यस्तो समूह जुन पारदर्शिता, जवाफदेहिता, समावेशी नेतृत्व र संस्थागत पुनर्निर्माणका लागि समर्पित छ।

उनको चुनावी नारा छ:
“Together, we walk with purpose because united team builds a stronger NRNA.”

सापकोटाले सम्पूर्ण भिक्टोरियाली नेपाली मतदाताहरूलाई आग्रह गर्दै भनेका छन्:
“हामीले कहिल्यै नपाएका संस्थागत ढाँचा, जवाफदेहिता र युवाको आत्मविश्वास अब निर्माण गर्ने समय आएको छ।
तपाईंको मतले नयाँ नेतृत्व, समर्पित सोच, र विश्वासिलाई अगाडि ल्याउनेछ।”

नेतृत्वको नयाँ दृष्टिकोण सहित सुजन वाग्ले तास्मानिया स्टेट कोअर्डिनेटरमा उम्मेदवार

सुजन वाग्ले एनआरएनए तास्मानियाको स्टेट कोअर्डिनेटर पदमा उम्मेदवार

तास्मानिया | जुलाई ६, २०२५ –

आगामी जुलाई २६ तारिखमा हुन गइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचनलाई लक्षित गर्दै सुजन वाग्लेले तास्मानिया राज्यको State Coordinator पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।

नेपाली समुदायभित्र लामो समयदेखि सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका वाग्लेले सन् २०२३–२०२५ को कार्यकालमा एनआरएनए तास्मानियामा सदस्यको रूपमा काम गर्ने अवसर पाएका थिए। सो अवधिमा प्राप्त अनुभव, सिकाइ र सहकार्यको आधारमा अब नेतृत्वदायी भूमिकाबाट अझ प्रभावकारी योगदान गर्न सकिने विश्वासका साथ आफू उम्मेदवार बनेको वाग्लेले बताएका छन्।

“एनआरएनएको मूल उद्देश्य, दर्शन र संस्थागत मूल्यहरूलाई केन्द्रमा राख्दै तास्मानियामा नेपाली समुदायको समुन्नत भविष्यका लागि दृढताका साथ काम गर्ने प्रण लिएको छु,” वाग्लेले एक वक्तव्य जारी गर्दै भने, “तपाईंहरू सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको साथ, सहयोग र विश्वासको अपेक्षा लिएको छु।”

राष्ट्रिय स्तरमा वाग्लेको प्रतिबद्धता :
सुजन वाग्लेले एनआरएनए अष्ट्रेलियाको सन्दर्भमा समग्र रूपमा संस्थाको दीर्घकालीन रणनीतिलाई सुदृढ बनाउने योजनासहित विभिन्न प्रतिबद्धताहरू प्रस्तुत गरेका छन्, जसमा निम्न मुख्य बुँदाहरू छन्:

१. प्रवासी नेपालीहरूको लगानी तथा आर्थिक सहभागिता प्रोत्साहन गर्ने।
२. संघीय तथा राज्य सरकारहरूसँग सहकार्य गर्दै एनआरएनएमार्फत विभिन्न अनुदान सुनिश्चित गर्ने।
३. समर्पित अनुदान तथा साझेदारी कार्यदल (Grants & Partnerships Taskforce) गठन गर्ने।
४. अष्ट्रेलियाका विभिन्न राज्य र सहरहरूमा चलिरहेका बहुसांस्कृतिक कार्यक्रमहरूलाई समर्थन र सहकार्य गर्ने।
५. सबै परोपकारी तथा मानवतावादी कार्यक्रमहरू एनआरएनए फाउण्डेसनमार्फत पारदर्शी रूपमा सञ्चालन गर्ने।
६. एनआरएनएको विधानमा उल्लेखित दोस्रो पुस्ता शाखा (Youth & Second Gen Chapter) को सक्रिय सञ्चालनमा जोड दिने।
७. एनआरएनए व्यापार सञ्जाल (NRNA Business Network) विस्तार गरी उद्यमशीलता र स्टार्टअपमा सहकार्य गर्ने।
८. प्रवासी नेपालीहरूलाई लक्षित गर्दै व्यवसाय इन्क्युबेटर, स्टार्टअप मार्गदर्शन तथा लगानी सम्मेलन आयोजना गर्ने।
९. अष्ट्रेलियाली सरकार र सरोकारवाला निकायहरूसँग नीति संवाद तथा समुदायको हकहितका लागि वकालत गर्ने।

तास्मानियाको सन्दर्भमा प्राथमिकता र योजना :
तास्मानियामा रहेका नेपालीहरूको बहुआयामिक आवश्यकतालाई सम्बोधन गर्न वाग्लेले राज्यस्तरीय योजनाका रूपमा निम्न सात मुख्य प्राथमिकताहरूको घोषणा गरेका छन्:

१. नेपाली समुदायभित्र एकता, सहकार्य र समावेशितालाई संस्थागत रूपमा प्रवर्द्धन गर्ने।
२. नयाँ आउने आप्रवासी नेपालीहरूलाई आवास, शिक्षा, रोजगार, कानुनी सहायता लगायतका आवश्यक जानकारी तथा सहयोग उपलब्ध गराउने।
३. युवा र महिलालाई नेतृत्व विकास, सीपमूलक तालिम र अवसरहरू प्रदान गरी सशक्त बनाउने।
४. विद्यार्थी तथा पेशागत व्यक्तिहरूका लागि करियर गाइडान्स, तालिम तथा नेटवर्किङ अवसरहरू सिर्जना गर्ने।
५. नेपाली भाषा, कला, संस्कृति र पहिचानको संरक्षण र प्रवर्द्धनमा जोड दिने।
६. संस्थाको सम्पूर्ण कार्यशैलीमा पारदर्शिता, जवाफदेहिता र सामूहिक निर्णय प्रक्रियालाई प्राथमिकता दिने।
७. स्थानीय सरकार, एनआरएनए अष्ट्रेलियाको अन्य राज्य इकाइ तथा सामुदायिक सञ्जालहरूसँग सहकार्य गर्दै दीगो विकासका परियोजनाहरूमा संलग्न रहने।

समुदायलाई सन्देश: विश्वास र सहकार्यका लागि अपील
सुजन वाग्लेले आफूलाई एनआरएनएको एक उत्तरदायी, पारदर्शी र समर्पित प्रतिनिधिका रूपमा स्थापित गर्दै, सम्पूर्ण तास्मानियाली नेपाली समुदायका सदस्यहरूलाई आगामी निर्वाचनमा आफूलाई साथ, सुझाव र समर्थन गर्न हार्दिक अनुरोध गरेका छन्।

“हाम्रो सामूहिक यात्राले तास्मानियामा बसोबास गरिरहेका सबै नेपालीहरूलाई अझ सुरक्षित, सशक्त र सम्मानजनक अनुभूति दिलाउनेछ,” वाग्लेले विश्वास व्यक्त गर्दै भने, “समुदायप्रतिको माया, जिम्मेवारी र सेवाभाव नै मेरो प्रेरणाको मूल आधार हो।”

सुमन खत्रीद्वारा एनआरएनए – NSW, Deputy-Coordinator पदमा उम्मेदवारी

सुमन खत्रीद्वारा एनआरएनए अष्ट्रेलिया – एनएसडब्ल्यु उप–राज्य समन्वयक पदका लागि उम्मेदवारी घोषणा

सिड्नी, अष्ट्रेलिया | ५ जुलाई २०२५

गैर–आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया अन्तर्गत न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद् (SCC) को २०२५–२०२७ कार्यकालका लागि सुमन खत्रीले उप–राज्य समन्वयक (Deputy State Co-ordinator) पदमा उम्मेदवारी घोषणा गरेका छन्।

लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएका खत्रीले आफ्नो उम्मेदवारीमार्फत देशको सुदूरपश्चिम, मध्यपश्चिम र कर्णाली प्रदेशमा गरिएको समाजसेवी योगदानको अनुभव, र अष्ट्रेलियामा रहेका नेपाली समुदायका हितमा काम गर्न सक्ने दृढ इच्छाशक्तिको प्रदर्शन गरेका छन्।

उम्मेदवारी घोषणासँग उम्मेदवारको सन्देश:
“मेरो लामो समयको कर्णाली परिवेशमा रही, सुदूर र मध्य पश्चिम हुँदै पुरै नेपालभर समाज सेवामा गरेको अनुभवलाई आत्मसात् गर्दै समुदायका अग्रजहरूप्रति सम्मान प्रकट गर्दछु। अनुभव र युवाको समन्वयमा आधारित एक सक्षम र सकृय टिमका साथ हामी अगाडि बढेका छौं। हाम्रो टिम सच्चा, समर्पित र पारदर्शी सेवामा विश्वास राख्दछ।”

निर्वाचन विवरण:
निर्वाचन मिति: २६ जुलाई २०२५ (शनिबार)
निर्वाचन पद: उप–राज्य समन्वयक (Deputy State Co-ordinator)

सुमन खत्रीका प्राथमिकताहरू:
समावेशी नेतृत्व र साझा सोचलाई प्रोत्साहन
सुदूरपश्चिम, कर्णाली, र अन्य कम पहुँच भएका क्षेत्रका आवाजहरूलाई मुख्यधारमा ल्याउने प्रयास
युवा र अनुभवी पुस्ताबीच सहकार्यमा आधारित रणनीति कार्यान्वयन
NRNA संस्थालाई पारदर्शी, सहभागीमूलक र उत्तरदायी बनाउने योजना
आपतकालीन सहयोग, नेपाली संस्कृति प्रवर्द्धन, र समुदाय सशक्तिकरणमा विशेष जोड

समुदायमा सकारात्मक प्रतिक्रिया
सुमन खत्री नेपाली डायस्पोरामा सक्रिय, जिम्मेवार र नेतृत्वदायी व्यक्तित्वको रूपमा चिनिन्छन्। विभिन्न सामाजिक अभियन्ता कार्यक्रमहरूमा सहभागिता, सामूहिक सहकार्य र जिम्मेवार कार्यशैलीका कारण उनीप्रति समुदायमा विशेष विश्वास देखिएको छ।

उम्मेदवारको अपिल:
“हिजोका अनुभव र आजका सक्रियतासँगै हामी सबैको सहभागितामा मजबुत डायस्पोरा निर्माण गरौं। तपाईंहरूको साथ, सुझाव र समर्थनले संस्थागत सुशासन र सामुदायिक विकासको यात्रालाई थप बल मिल्नेछ।”

सन्दिप अधिकारीद्वारा एनआरएनए – NSW सचिव पदमा उम्मेदवारी घोषणा

सन्दिप अधिकारीद्वारा एनआरएनए अष्ट्रेलिया – एनएसडब्ल्यु सचिव पदका लागि उम्मेदवारी घोषणा

सिड्नी, अष्ट्रेलिया | ५ जुलाई २०२५

गैर–आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया अन्तर्गत न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद् (SCC) को २०२५–२०२७ कार्यकालका लागि नेपाली समुदायमा सक्रिय युवा नेतृत्वकर्ता सन्दिप अधिकारीले एनएसडब्ल्यु सचिव (NSW Secretary) पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।

यसअघि उनले सामाजिक सञ्जालमार्फत उम्मेदवारीको जानकारी गराइसकेका थिए भने, अब एक औपचारिक सन्देश मार्फत आफ्नो प्रतिबद्धता, दृष्टिकोण र टिमको भावी योजना सार्वजनिक रूपमा प्रस्तुत गरेका छन्।

उम्मेदवारी घोषणासँग अधिकारीको सन्देश:
“समुदायका अग्रजहरूप्रति सम्मान प्रकट गर्दै, अनुभव, युवाको जोश र काम गर्ने सक्षम टोली लिएर हामी अगाडि बढेका छौं। हाम्रो टिम सच्चा, समर्पित र पारदर्शी समाज–सेवामा दृढ छ। हिजोका अनुभव र आजका सक्रियतासँगै हामी सबैको सहभागितामा एक मजबुत डायस्पोरा निर्माण गर्न चाहन्छौं।”
उनले समावेशी नेतृत्व, पारदर्शी कार्यशैली, र जिम्मेवार संस्था निर्माण गर्ने अठोट व्यक्त गर्दै “सक्रिय सहभागिता र सामूहिक नेतृत्व” मा आधारित अभियान अघि बढाउने बताए।

निर्वाचन जानकारी:
निर्वाचन मिति: २६ जुलाई २०२५ (शनिबार)
पद: सचिव – NRNA NSW राज्य समन्वय परिषद्

सन्दिप अधिकारीका प्राथमिकताहरू:
संगठनको कार्यशैलीमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नु
युवा सहभागिता र नेतृत्व विकासमा विशेष जोड
समाजसेवामूलक कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने
आपतकालीन अवस्थाहरूमा सक्रिय सहायताको संयन्त्र निर्माण गर्नु
नेपाली समुदायबीच सांस्कृतिक, सामाजिक र भावनात्मक एकता मजबुत बनाउनु

समुदायमा सकारात्मक प्रतिक्रिया
सन्दिप अधिकारी लामो समयदेखि अष्ट्रेलियाको नेपाली समुदायमा युवा नेतृत्वकर्ता, समन्वयक र क्रियाशील कार्यकर्ताको रूपमा परिचित छन्। विगतमा उनले विभिन्न सामाजिक तथा संस्थागत अभियानहरूमा देखाएको सक्रियता र इमानदार छविले उनलाई सचिव पदका लागि एक योग्य र आशालाग्दो उम्मेदवारको रूपमा स्थापित गराएको छ।

उम्मेदवारद्वारा समर्थनका लागि अपिल:
“म सम्पूर्ण एनएसडब्ल्यु निवासी नेपाली समुदायसँग हार्दिक अनुरोध गर्दछु— आउनुहोस्, हाम्रो सामूहिक भविष्यको निर्माणमा तपाईंको सुझाव, समर्थन र सहभागिता प्रदान गर्नुहोस्। हामी सँगसँगै एक बलियो, सशक्त र एकीकृत डायस्पोरा बनाउनेतर्फ अघि बढ्न सक्छौं।”

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय