२०८१ बैशाख १४ शुक्रबार

सभामुख निष्पक्ष नबन्दा संसद् अवरुद्ध गर्नुपर्‍यो : ओली

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद् अवरुद्ध गरिएको बताएका छन् ।

एमाले झापाले मंगलबार विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले एमालेविरुद्ध षड्यन्त्र गरिएकाले प्रतिनिधिसभा अवरुद्ध गर्नु आफूहरुको बाध्यता भएको बताए । आफ्नो नेतृत्वमा गठन भएको सरकारका पालामा मुलुकले प्रगति गरेको, व्यापार घाटा घटाएको र निर्यात बढाएको उनको भनाइ थियो ।

आगामी निर्वाचनबाट एमाले पुनः सत्तामा फर्किने अध्यक्ष ओलीले बताए । ‘हाम्रो विजय यात्रालाई कसैले रोक्न सक्दैन’, उनले भने ।

एमालेलाई विभाजनको खासै असर नपरेको स्पष्ट पार्दै उनले भने, ‘पिलो निचोरेर एमालेको वजन घट्दैन, पतकरले कोसीको भेल थुनिँदैन ।’

२०७८ भाद्र २९, मंगलवार प्रकाशित 1 Minute 159 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार