२०८१ बैशाख १४ शुक्रबार

नारायहिटी दरबार अवलोकन गर्ने बहानामा सिसा फुटाएर श्रीपेच चोर्न खोज्ने युवक पक्राउ

काठमाडाैं । नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेचको सिसा फुटाउने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार संग्रहालय घुम्न छिरेका रुकुम पश्चिमका एक २५ वर्षे युवाले सिसा फुटाएर श्रीपेच लगाउन खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतकाअनुसार रुकुम मुसिकोटका २५ बर्षका खेमबहादुर भण्डारी पक्राउ परेका हुन् । ‘म अब श्रीपेच लगाएर राजा बन्छु भन्दै श्रीपेच फुटाएको भेटियो, लगत्तै प्रहरीले दरबारमार्ग प्रहरी वृत्तमा राखेर सोधपुछ भइरहेको छ’, प्रहरीले जनाएको छ ।

२०७८ आश्विन ८, शुक्रबार प्रकाशित 0 Minutes 273 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार