२०८१ बैशाख १५ शनिबार

एमालेको २२ औं जनवर्गीय संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ पोखरा-२१ मा ध्रुबराज ।

३० फाल्गुण २०७८,पोखरा -२१

पोखरा -२१ मा नेपाल कम्युनिष्ट पार्टी एमालेको २२ औं जनवर्गीय संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ कमरेड ध्रुबराज पाेख्रेलकाे अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन गरी सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रीय सदस्य एवं कास्की जिल्ला ईन्चार्ज क. भिम कार्कीले ब्यानरमा हस्ताक्षर गरी उद्घाटन गर्नुभयो। उद्घाटन मन्तव्य व्यक्त गर्दै इन्चार्ज कार्कीले नेकपा एमाले का प्रत्येक सदस्य ,शुभचिन्तक र कार्यकर्ता बैचारिक रुपले स्पातिलो हुँदै उत्पादन सङ्ग जोडिएर राष्ट्रिय पूजी निर्माणमा लाग्दा देशमा ब्याप्त बेरोजगारी कम भई आत्मनिर्भर हुने कुरामा जोड दिनुभयो।

कार्यक्रमका बिशेष अतिथि एमाले प्रदेश कमिटीका उप सचिब क. रश्मि आचार्यले जमिनको अवस्था ,हावापानी र माटोको स्थितिका आधारमा कृषिमा व्यापक आधुनिकीकरण गर्नु पर्ने,प्रत्येक देशभक्त -स्वाभिमानी नागरिकले उपरिसमर्चनाको रूपमा रहेको पूजी निर्माण गर्न प्रयत्नशील ,कर्मशील,मेहनती भई अगाडि बढ्दै हरेक दिन परिश्रम गर्दै गएमा सुखी नेपाली र समृद्द नेपालको महा अभियान छिट्टै सफल हुने कुरा प्रष्ट पार्नुभयो।

त्यस्तै कास्की ज़िल्ला कमिटीका प्रभावशाली नेता एवं अखिल कास्कीका पूर्व सफल अध्यक्ष झपट रानाभाटले “मुलुक को बृहत्तर हित र बिकासको निम्ति सधै नेकपा एमाले नै अग्र मोर्चामा रहेको र हरेक खालका मानिसहरू व्यवसाय, युवा-बिद्यार्थी, मजदुर सबैको मनोभावना समेटन सक्ने अनी जनजनमा बस्न सफल मन मनमा बस्न सफल पार्टी नेकपा एमाले रहेको र निर्वाचित सम्पूर्ण प्रति बधाई सहित कार्यकालको शुभकामना सहित जिल्ला कमिटी कास्की साथमा रहेको बताए संगै आगामी निर्वाचनमा एमाले लाई पहिलो पार्टी बनाउन तपाई हामी सबै लाग्नुपर्ने बताए ।”

प्रदेश सदस्य क. संजिब ब काेईराला, प्रदेश सदस्य क. केशव आचार्य ,नेकपा एमाले का प्रभावशाली युवा नेता झपट रानाभाट , जिल्ला कमिटी सदस्य एवं महासंघका केन्द्रीय सदस्य दामु अधिकारी, जिल्ला कमिटी सदस्य एवं पोखरा २१ का ईन्चार्ज अर्जुन गिरी , जिल्ला कमिटी सदस्य एवं पोखरा २१ का वडाअध्यक्ष खगराज आचार्य , जिल्ला कमिटी सदस्य कमरेड सीता बिक , महानगर कमिटी सदस्य एवं महासंघ केन्द्रीय सदस्य चिरन्जिवी पोखरेल , महानगर कमिटी सचिवालय सदस्य अम्बिका थापा, महानगर कमिटि सदस्य एवं पोखरा २१ का ईन्चार्ज कमरेड कृष्ण थापा, सदस्य सरस्वती हमाल लगायतले सम्पूर्ण उद्दमी ब्यवसायीहरुलाई पार्टीले लिएको कार्यदिशा अनुसार अगाडि बढ्दै आगामी स्थानीय तहको निर्वाचनमा कास्की र पोखरा मा नेकपा एमाले को सुनिश्चित बिजय यात्राको सबैभन्दा पहिलो शुरुवात बिगत झैं पोखरा -२१ बाट भारी मत अन्तरले हुने कुरामा ठोकुवा गर्दै त्यो अभियानमा लाग्न दिशानिर्देश गर्नुभयो।

सो कार्यक्रममा बन्द सत्रको अध्यक्ष मन्डलको अध्यक्षता वडा कमिटी अध्यक्ष कमरेड राजेन्द्र थापाले गर्नुभएको थियो। उक्त कार्क्रमकाे अध्यक्षता महासंध महानगर कमिटी अध्यक्ष हरि भुजेलले गर्नु भएकाे थियो भने कार्यक्रममा स्वागत वडा कमिटी उपाध्यक्ष खगराज न्यौपानेले गरेको कार्यक्रमको संचालन महासंघका महानगर कमिटी सचिव हेमराज भण्डारीले गर्नुभएको थियो।

२०७८ फाल्गुन ३०, सोमबार प्रकाशित 1 Minute 267 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार