२०८३ असार १४ आईतवार

रवि लामिछानेलाई पोखरामा खोइरो प्रहार !!

रवि लामिछानेलाई पोखरामा खोइरो प्रहार
पोखरा -राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेमाथि पोखरामा खोया (खोइरो)प्रहार भएको छ ।

पोखरास्थित अमरसिंहचौरमा सम्बोधन गरिरहेका लामिछानेमाथि सभामा सहभागी एक युवकले मकैको खोया प्रहार गरेका हुन् । खोया प्रहार गरेका लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले भने मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको प्रतिक्रिया दिएको छ । उनी कार चालक रहेको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक विनोद श्रेष्ठले जानकारी दिए ।

खोया प्रहार गर्ने व्यक्ति कुनै राजनीतिक दलमा आवद्ध रहेको नपाइएको र सामान्य भाडामा कार चलाउने व्यक्ति रहेको पाइएको उनले बताए । कार्यकर्ताले भने ढुंगा हानेको भनेर आक्रमण गरे ।

लामिछानेले सहकारीको कुरा गरेपछि आक्रोशित बनेका सन्तोष रानाभाटले लामिछानेमाथि खोया प्रहार गरेका हुन्।​​​​​​

रानाभाट सूर्यदर्शन सहकारीका बचतकर्ता हुन्। सूर्यदर्शन सहकारीका सञ्चालक जितेन्द्र (जिबी) राई हुन्। सो सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि राई फरार छन्।

हाल रानाभाट जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रहरी नियन्त्रणमा रहेका छन् ।

२०८० पुष ७, शनिबार प्रकाशित 1 Minute 528 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।