२०८१ बैशाख १५ शनिबार

हिन्दू सनातन धर्मका धेरै रूप !✍️ पडिंत दिननाथ दवाढी (दिनेश)

हिन्दू सनातन धर्मका धेरै रूप

“एक ब्रह्मा त्रयो देवा ब्रह्मा, विष्णु महेश्वराः”

स्वरूप विशेषले तीन रूप भए पनि तीन एउटै आत्मा परमात्मा हुन् । हिन्दू धर्म अनुसार सृष्टिका निमित्त परमात्मा आफैले ब्रह्मा रूपबाट प्राणी सिर्जना गर्नुभएका हो । आफ्नो सृष्टिलाई व्यवस्थित रूपमा निरन्तरता दिनका लागि सृष्टि संहिता ‘वेद’ को ज्ञान परम् ब्रह्माजीलाई नै दिनुभयो । वेद परमात्माको वाणी हो । यसको रचनाकार व्यक्ति नभएर इश्वर नै हुनुहुन्छ । भगवानले सृष्टिको थलो कैलाश मानसरोवरदेखि भारत तथा नेपालको हिमालय खण्ड आदि ठाँउमा मानिस जातिको सृष्टि र विकास हुँदै गयो । विकासको क्रममा गुफामा बस्ने तपस्या योग, जप ध्यान गर्ने ऋषिहरूको उपनामले मानिसको विकास हुँदा उनिहरूले बोल्ने भाषाको रूपमा संस्कृत भाषाको प्रयोग गरेको पाइन्छ । पृथ्वी र मानवको सृष्टि सँगसँगै संस्कृत भाषाको पनि विकास र प्रयोग भएकोले प्राचिन ग्रन्थ वेद, गिता पनि संस्कृत भाषामा नै लेखिएको पाईन्छ । हिन्दू धर्मको मूल शान शिक्षा नियम कानून संस्कार सवै वेद गिताको अनुशरणबाट हो । त्यसैले हिन्दू सनातन धर्म पृथ्वीमा मानव सृष्टि सँगसँगै प्रचलनमा भएको मानिन्छ । धेरै पछि जनसङ्ख्या बृद्धिसँगै विभिन्न ठाउँमा वसाईसराई ठाउँ अनुसारका विभिन्न भाषाका कारणले अहिले विभिन्न धर्महरू प्रचलनमा रहेका छन् । ति धर्महरूलाई पनि हिन्दू धर्मको रूपमा हेर्न सकिन्छ ।

(१) जैन धर्मः विक्रम संवत् ८०० वर्ष पूर्व भारतमा ऋषभदेव नाम गरेका हिन्दू धर्मका विद्वानले वेदान्त ब्याख्या गरे । पछि उनका अनुयायीहरूले उनको विचारलाई जैन धर्मको नाम दिए ।

(२) फारसी धर्म : विक्रम संवत्‌को २००० वर्ष देखि हिमालय प्रदेशबाट वसाईसराई गर्दै इरानमा वसोवास गर्न थालेपछि आर्यहरूले उक्त ठाउँको
नाम “आर्यक” इराक राखे । एसियामा जरथुस्त्र भन्ने हिन्दू धर्मका विद्वानले त्यहाँको भाषामा आर्य हिन्दू संस्कृतिलाई त्यहिको परिवेश अनुसारको नाम फारसी धर्म बनाए ।

(३) बौद्ध धर्म : विक्रम सम्वत्को ५६६ वर्ष पूर्व नेपालको लुम्बिनीमा जन्मेका राजकुमार सिद्धपूर्व गौतमले हिन्दू सनातन भित्रका विकृतिहरूलाई हटाएर धर्मका आमुल व्यवाहिरिक सुधार गरे उनले वेदको सेवाहि परमो धर्म” को भावनालाई केन्द्र बनाएर मरेपछि स्वर्ग जानुको सट्टा ज्युँदै रहँदा नै सेवा गरेर निर्वाण प्राप्त गर्नुपर्दछ भन्ने शिक्षा दिए पछि बौद्ध धर्मको रूपमा प्रचारप्रसार गरियो ।

(४) ताओ धर्म : विक्रम संवत्‌को ५४७ बर्ष पहिले चीनमा जन्मेका ली-पेय याङले आफ्नो भाषामा सुत्रबद्ध गरेको धर्म हो ताओ धर्म । चीनीया भाषामा ताओ भनेको ‘परब्रह्म’ हुन्छ । परब्रह्म भनेको हिन्दू धर्मको केन्द्र हो । उक्त धर्ममा हिन्दू सनातन धर्मको प्रचार वाहेक केहि छैन भन्न सकिन्छ ।

(५) सिन्तो धर्म : सिन्तो जापानको प्राचिन धर्म हो । ‘सिन’ को अर्थ ‘देवगण’ र ‘तो’ को अर्थ ‘मार्ग हुन्छ । जापानी भाषामा सिन्तो भनेको भगवानको मार्गमा हिडाउने धर्म भन्ने बुझिन्छ । यो धर्म चीनीया भाषामा लेखेर जापानमा प्रसिद्ध भएको हिन्दू सनातन धर्म कै संशोधित रूप हो ।

(६) इसाइ धर्म : विक्रम संवत्‌को ५६ वर्ष पछि जुडियाको वेथेलहेम भन्ने स्थानमा कुमारी आमाको कोखबाट जन्मेका ईशुले आफ्नो यहुदी धर्मका व्यवाहारिक पक्षहरू केही परिमार्जन गरेको धर्म इसाइ धर्म हो । यहूदी धर्म संहिता ‘बाइबल’ लाई
पुरानो करार र येशुले विकास गरेको नयाँ करार भनियो । जिसस क्राइष्टले बालक अवस्थामा नै •जेकोव जस्ता यहुदी धर्म शास्त्रीहरूका शब्द र श्लोकहरूबाट व्यवाहरिक भौतिक अि ज्ञान पाएका थिए र पनि उनी आफ्नो धर्मको अब्राहम ज्ञानबाट सन्तुष्ट थिएनन् । त्यसैले ज्ञान लिनका लागि लागि २० वर्षसम्म भारत र नेपालमा वसी वेद गिता को अध्ययन दर्शनबाट बढी प्रभावित भई उनले पुरानो पुरानो करारलाई हिन्दू आर्य दर्शनमा ढालेर नयाँ करार बनाए । वेदद्वारा प्रतिपादित एकल ईश्वरीय सिद्धान्त नै उनको परमेश्वर सम्बन्धी दृष्टीकोण थियो । गितामा भगवान श्री कृष्णले म ‘जब जब धर्ममा ग्लानि हुन्छ, तब तब धर्म रक्षार्थ धरतीमा अवतरित हुन्छ । भन्ने भनाइलाई उनले “यो नसम्झ की म नियम वा पैगम्बरहरूको विनास गर्न आएको हूँ । म नास गर्न आएको होइन बरू पूर्णता प्रदान गर्न आएको हुँ।’ भन्ने व्याख्या गरे । श्रीकृष्णले ‘तिमीहरू ममा शरणागत होउ, म तिम्रो रक्षा गर्छु भनेर दिएको ज्ञानलाई उनले ‘तिमीहरू मेरो शरणमा आउ म तिमीहरूलाई उद्धार गर्छु भने । जिसस क्राइस्टका सन्देशहरू गितामा लेखिएका विषयवस्तुहरूको केन्द्रमा भेटिन्छन् । त्यसैले इसाइ धर्म पनि हिन्दू धर्मको गिताको रूप हो ।

संसारका सबै धर्महरू हिन्दू सनातन वैदिक धर्मकै
जगमा र संस्कृतमा लेखिएका वेद गिताको ज्ञान शब्द र श्लोकहरुबाट व्यवहारिक भौतिक अनि
धर्मको विकास गरेको पाइन्छ ।

सारमा हेर्दा धर्म एउटै हुन्छ, परमात्मा ईश्वर एउटै हुनुहुन्छ र संसार एउटै छ । विश्वका सवै मानिस ईश्वरका पुत्र हुन । विश्वमा त्यही हिन्दू सनातन धर्म नै छ र त्यही धर्म नै सुखद र शान्तिका भविष्यको एकमात्र बाटो हो । यो वाहेक अर्को बाटो छैन । अस्तु !

(७) इस्लाम धर्म : इशाको छैटौँ शताब्दीमा अरब वा सेमेटिक परिवारमा हिन्दूले तेत्तीस कोटी देवता माने झैँ बहु देवता मान्ने चलन थियो । भाषाको विकाससँगै उनीहरूको हिन्दूको प्रेतात्मालाई जिन्ना’ र परमातमालाई ‘अल्लाह’ भन्थे । संस्कृत भाषाको देवी देवताहरूलाई ‘अल्लाह’ का सन्तान मान्दथे भगवान र इसाइले ‘गड’ लाई पुरानो उनीहरूले काम गर्न थाल्दा अल्लाह अल्लाह भन्थे अर्थात परमात्माको नाम जप र हिन्दू सनातन धर्मको गिता वेदमा भएका ज्ञानलाई व्यवाहारमा र आफ्नो धर्ममारूपान्तर गरी ‘इस्लाम’ शब्दको अर्थ हुन्छ ‘इश्वरको इच्छामा शरणागति । यहि पूर्णबाट मोक्ष हुन्छ । उक्त शब्दबाट प्रमाणित हुन्छ इस्लाम धर्म हिन्दू धर्मको रूप हो ।

२०७८ फाल्गुन ८, आईतवार प्रकाशित 1 Minute 450 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार