२०८१ बैशाख १५ शनिबार

मुगेन गौतमको नेतृत्वमा प्रवासी नेपाली मंच तास्मानिय राज्य कमिटी गठन ।

नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मंच अष्ट्रेलियाले तासमानिया राज्यमा आफ्नो कमिटी पुनर्गठन गरेको छ ।

प्रवासी नेपाली मंचका अध्यक्ष केशब जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेला बाट मुगेन गौतमको अध्यक्षतामा, उपाध्यक्ष केराज खनाल, सचिव सुनिल खंडाल, सह-सचिवमा दीपक नेपाल, कोषाध्यक्षमा रबिन अर्याल र सदस्यहरूमा क्रमशः निस्चल डल्लाकोटि, रीजन लामिछाने, केदार नेपाल, आकाश पौडेल, गोबिन्द क्षेत्री, उज्ज्वल खड़का, शास्वत श्रेस्ठ, बिप्लव दाहाल, पुष्कर न्यौपाने, शिव जी पोख्रेल र पुष्पराज आचार्य गरी कुल १७ सदस्यीय कमिटी चयन गरेको छ ।

उक्त नवगठित कमिटीलाई प्रवासी नेपाली मंच अष्ट्रेलियाका अध्यक्ष केशब जोशीले सर्वसम्मत घोषणा गरेका थिए । निर्वाचित सबैलाई केशब जोशीद्वारा बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए ।

निर्वाचित पस्चात अध्यक्ष मुगेन गौतमले तास्मानियामा रहेका सबै नेपालिहरूको माग र चाहनालाइ सुनवाई हुने गरी काम गर्ने र सबै साथीभाई समक्ष प्रवासी नेपाली मंचको गरिमा र इज्जतलाई अझ अगाड़ी बढ़ाएर लीएर जाने प्रतिवद्दता समेत व्यक्त गरेका थिए ।

साथै प्रवासी नेपाली मंच अन्तराष्ट्रिय कमिटीका सचिव रमेश पाण्डेले फोन मार्फत सबैमा बधाई सहित शुभकामना व्यक्त गरेका थिए ।

उक्त भेला बाट निर्वाचित कमिटीले अब आऊदो दिनमा बिभिन्न सामाजिक कार्यक्रमहरू गरी नेतृत्व र व्यक्तित्व बिकास संगै समाज परिवर्तनको निम्ति प्रवासी नेपालीहरूको योगदान र समय प्रति तत्पर रही काम गर्ने कुराको समेत छलफल र योजना बनाएको कुरा सचिव सुनिल खंडालले बताए । अध्यक्ष गौतम प्रवासी नेपाली युवा मंच तास्मानिया राज्यको संयोजक समेत रहेका छन ।

२०७८ चैत्र ५, शनिबार प्रकाशित 1 Minute 299 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार