२०८२ आश्विन २६ आईतवार

Victoria टिम एकताको चुनावी सभा: समुदायको उत्साह र समर्थनले नयाँ गति लियो

मेलबर्नमा टिम एकताको चुनावी सभा भव्य रूपमा सम्पन्न

NRNA भिक्टोरिया २०२५–२७ को निर्वाचन लक्षित कार्यक्रमले नेपाली समुदायमा उत्साह थप्यो

मेलबर्न, जुलाई २२ — गैर–आवासीय नेपाली संघ (NRNA) भिक्टोरिया राज्य समिति २०२५–२७ को निर्वाचनलाई लक्षित गर्दै टिम एकता द्वारा आयोजना गरिएको चुनावी सभा सोमबार मेलबर्नको लालोरस्थित मस्टाङ प्यालेसमा भव्य रूपमा सम्पन्न भयो।

कार्यक्रममा २५० भन्दा बढी नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति देखिनु टिम एकताप्रतिको जनसमर्थन दिनानुदिन बढ्दै गएको स्पष्ट संकेतको रूपमा लिइएको छ।

कार्यक्रमको संचालन राज खनालले गर्दै टिम एकताको उद्देश्य र आगामी योजनाहरूको संक्षिप्त रूपरेखा प्रस्तुत गरे। त्यसपछि, सचिव पदका उम्मेदवार देवेन्द्र बजगाईंले स्वागत मन्तव्य राख्दै सम्पूर्ण SCC उम्मेदवारहरूको परिचय गराए र उनीहरूको अनुभव तथा जिम्मेवारीबारे जानकारी गराए।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागिता

कार्यक्रममा टिम एकताको राष्ट्रिय टोलीसँगै अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) का सदस्यहरूको विशेष उपस्थिति थियो। भुवन हरि पाण्डे, बिरेन्द्र श्रेष्ठ, गोविन्द राणा, महेन्द्र कार्की, प्रकाश सेढाई र सन्तोष दाहालले टिम एकताको कार्यशैली, पारदर्शिता, र समुदायप्रतिको प्रतिबद्धता व्यक्त गर्दै संक्षिप्त सम्बोधन गरे।

महासचिव पदका उम्मेदवार भरत मणि देवकोटाले ICC तथा NCC अन्तर्गतका उम्मेदवारहरूको परिचय गराउँदै टिम एकताको प्रमुख सन्देश — “रूपान्तरण र मार्ग–सुधार” — माथि जोड दिनुभयो।

कोर्स करेक्सनको प्रतिबद्धता

कार्यक्रममा द्रोण पन्तले एनआरएनए भिक्टोरियाबाट “कोर्स करेक्सन” अभियान सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे। महिला संयोजक सृजना रायमाझीले महिलाको हक र सशक्तिकरणको पक्षमा निरन्तर काम गर्ने अठोट जाहेर गरिन्। युवा संयोजक सनराइज ज्ञवालीले युवाहरूको सहभागिता र सशक्त नेतृत्व विकासमा विशेष ध्यान दिने बताएका छन्।

भैरव ढकालको योजनामूलक सम्बोधन

कार्यक्रमको मुख्य आकर्षण अध्यक्ष पदका उम्मेदवार भैरव ढकालको सम्बोधन थियो। लामो समयदेखि एनआरएनएमा सक्रिय रहँदै आएका ढकालले संस्थालाई “जनमैत्री र सबै नेपालीको साझा थलो” बनाउने स्पष्ट योजना प्रस्तुत गरे।

उहाँले आगामी कार्यकालका लागि केही प्रमुख योजनाहरू प्रस्तुत गर्नुभयो:

* समुदायसँग प्रत्यक्ष संवाद कार्यक्रम
* प्रत्येक राज्यमा हेल्पलाइन टिम
* स्थानीय सल्लाहकार परिषद् गठन
* महिला र युवाको नेतृत्व विकास तालिम
* शिक्षा, रोजगार, भिसा, कानुनी सहायता र बीमा सम्बन्धी परामर्श सेवा

“एनआरएनए कुनै गुट विशेषको संस्था होइन,” उहाँले स्पष्ट पार्दै भन्नुभयो, “यो सम्पूर्ण नेपाली समुदायको साझा सम्पत्ति हो। त्यसैले, हरेक निर्णय सदस्यहरूलाई जानकारी गराएर मात्र अघि बढाइनु पर्छ।”

उम्मेदवारहरूद्वारा स्पष्ट दृष्टिकोण

अन्य उम्मेदवारहरू—गणेश गौतम, रमेश पौडेल र भरत देवकोटाले आ–आफ्नो जिम्मेवारी अनुसार विस्तृत कार्यदृष्टिकोण प्रस्तुत गरे। सबैले टिम एकताको पारदर्शिता, जवाफदेहिता र सुधारवादी सोचलाई आगामी नेतृत्वका लागि अत्यावश्यक भने।

समुदायको समर्थन

कार्यक्रममा वरिष्ठ समाजसेवी केसब जोशी, राजन बस्नेत र देवी ज्ञवालीले टिम एकतालाई खुलेर समर्थन जनाए। उनीहरूले टिम एकताको नीतिगत स्पष्टता र सदस्यहरूको इमान्दारीतामा विश्वास व्यक्त गर्दै समुदायलाई सही नेतृत्व रोज्न आग्रह गरे।

टिम एकताको केवल चुनावी प्रचार मात्र नभई, नेपाली समुदायमा एकता, विश्वास र पारदर्शी नेतृत्वको सुरुआत बनेको सहभागीहरूले महसुस गरेका छन्।

यो कार्यक्रमले एनआरएनए भिक्टोरियामा मात्र नभई सम्पूर्ण अष्ट्रेलियाली नेपाली समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको विश्वास गरिएको छ।

NRNA ACT सचिव पदमा किशोर भण्डारीको उम्मेदवारी

एनआरएनए ACT सचिव पदका लागि किशोर भण्डारीको उम्मेदवारी, ‘सामुदायिक एकता र रूपान्तरण’ को एजेन्डा

क्यानबेरा, अष्ट्रेलिया — १९ जुलाई २०२५
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको एसीटी (Australian Capital Territory) क्षेत्रीय समितिको आगामी कार्यकाल (२०२५–२०२७) का लागि हुन गइरहेको निर्वाचनमा किशोर भण्डारी सचिव पदको उम्मेदवार बनेका छन्। उनी TEAM EKATA को तर्फबाट “परिवर्तनका लागि” अभियान लिएर अघि बढिरहेका छन्।

भण्डारी सन् २०१८ मा अष्ट्रेलिया आएपछि नेपाली समुदायमा सक्रियतापूर्वक आबद्ध हुँदै आएका छन्। विशेष गरी भाषा, शिक्षा, संस्कृतिको प्रवर्द्धन, अन्तर्राष्ट्रिय विद्यार्थीको सहयोग र मानसिक स्वास्थ्य सचेतनाका क्षेत्रमा उनले उल्लेखनीय योगदान दिएका छन्। २०२१ देखि क्यानबेरामा स्थायी रुपमा बसोबास गर्दै आएका भण्डारी एनआरएनए तथा विभिन्न सामाजिक संस्थाहरु मार्फत नेपाली समुदायको सेवा गर्दै आएका छन्।

उनका मुख्य योगदान र अभियानहरू:
अष्ट्रेलियामा जन्मिएका नेपाली मूलका बालबालिकालाई नेपाली भाषा सिकाउने कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
नेपालका दुर्गम तथा आर्थिक रूपले कमजोर बालबालिकाको शिक्षाका लागि निरन्तर सहयोग पुर्‍याउँदै आएका छन्।
नेपाली संस्कृति, मौलिकता र सामाजिक मूल्यमान्यता जोगाउन विभिन्न कार्यक्रमहरूमा नेतृत्वदायी भूमिका खेलेका छन्।
मानसिक स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि गर्दै समुदायमा सकारात्मक सोच र व्यवहार निर्माणका लागि सक्रिय छन्।
अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई बसोबास, काम, अध्ययन, कानुनी जानकारी जस्ता आवश्यक सहयोग उपलब्ध गराउने काममा अग्रसर छन्।

भण्डारीको प्रतिबद्धता:
भण्डारी भन्छन्, “एनआरएनए केवल संस्था होइन, यो हाम्रो पहिचान, हाम्रो समुदाय र हाम्रो भविष्यसँग जोडिएको अभियान हो। म सबै नेपालीको आवाज समेट्न, सुन्न र प्रतिनिधित्व गर्न इच्छुक छु। सामाजिक एकता, पारदर्शिता र जवाफदेही नेतृत्वमार्फत हामीले हाम्रो संस्था अझ बलियो र समावेशी बनाउन सक्छौं।”

उनले आगामी निर्वाचनमा २६ जुलाई २०२५ मा हुने मतदानमा सम्पूर्ण एनआरएनए सदस्यहरूलाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन्।

“सङ्गठनात्मक रूपान्तरण, सामाजिक एकता — सबैको एनआरएनए हाम्रो प्रतिबद्धता”
यो नाराका साथ TEAM EKATA ले यसपटक नयाँ सोच र नयाँ नेतृत्वको आवश्यकता औंल्याउँदै निर्वाचन अभियान अघि बढाएको छ।
उनको नारा: “Let’s Build What We Never Had”
TEAM EKATA ले किशोर भण्डारीलाई सचिवको उम्मेदवार बनाएर समुदायमा समर्पित, अनुभवी र दूरदृष्टि भएका नेतालाई अगाडि ल्याउने प्रयास गरेको बताइएको छ।

समुदायप्रेमी नेतृत्वका लागि रामचन्द्र घिमिरे – ACT उपसंयोजक पदमा उम्मेदवार

एनआरएनए ACT को उपसंयोजकमा रामचन्द्र घिमिरेको उम्मेदवारी
“समुदायमैत्री, जवाफदेही र सक्षम नेतृत्वका लागि Team Ekata”

क्यानबेरा, जुलाई १८, २०२५ — अष्ट्रेलियाको राजधानी क्यानबेरामा सक्रिय सामाजिक अभियन्ता रामचन्द्र घिमिरेले आगामी कार्यकालको लागि गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया — ACT राज्य समन्वय परिषदको उपसंयोजक पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

‘Team Ekata’ को तर्फबाट उम्मेदवार बनेका घिमिरे सन् २०१७ मा स्थायी रूपमा सिड्नी स्थानान्तरण हुनुभएको थियो भने सन् २०१९ को अन्त्यदेखि क्यानबेरामा स्थायी बसोबास गर्दै आउनुभएको छ। उहाँ विगतदेखि नै नेपाली समुदायमा सामाजिक, व्यावसायिक र सहयोगमूलक गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ।

किन रामचन्द्र घिमिरे?
रामचन्द्र घिमिरे विश्वास गर्नुहुन्छ NRNA केवल औपचारिक संस्था होइन, यो संस्थाले विदेशमा बसोबास गर्ने नेपालीहरूको वास्तविक साथ, सहयोग र सम्बल बन्नुपर्ने आवश्यकता छ।

“विद्यार्थीदेखि वरिष्ठ नागरिकसम्म, रोजगारी खोज्नेहरूदेखि उद्यमशील नेपालीहरूसम्म — सबैका लागि NRNA सहारा र सम्भावनाको केन्द्र बन्नुपर्छ। म यस्तै एनआरएनए बनाउने संकल्पका साथ मैदानमा उत्रिएको छु,” उहाँको भनाइ छ।

उहाँको नेतृत्वदायी दृष्टिकोणमा NRNA लाई युवामैत्री, पारदर्शी र प्रभावकारी सेवा प्रदायक संस्थाको रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
एजेण्डा — सबल समुदाय, सशक्त एनआरएनए
रामचन्द्र घिमिरेले प्रस्तुत कार्ययोजना अत्यन्त व्यावहारिक, समयानुकूल र समावेशी छ। यहाँ उहाँका प्रमुख एजेण्डाहरू:

१. सीप विकास कार्यशाला (Skill-Building Workshops)

नेतृत्व, सार्वजनिक वक्तृत्वकला, डिजिटल सीप, रेज्युम लेखन, सामाजिक सञ्जालमा पेशागत प्रस्तुतिकरण आदि विषयमा नियमित तालिम तथा कार्यशालाहरू आयोजना गरी व्यक्तिगत तथा पेशागत विकासमा सहयोग।

२. इन्टर्नशिप र मेन्टरशिप कार्यक्रम

नेपाली युवाहरूलाई अष्ट्रेलियामा स्थापित नेपाली-अष्ट्रेलियन व्यवसायी, पेशेवर तथा प्राज्ञिक व्यक्तित्वहरूसँग जोड्ने “Career Connect” कार्यक्रम — जहाँ प्रेरणा, मार्गदर्शन र अवसर सँग सिधा सम्पर्क हुनेछ।

३. रोजगारी मेला र नेटवर्किङ इभेन्टहरू

स्थानीय तथा राष्ट्रिय रोजगार प्रदायक संस्थाहरूसँग सहकार्य गर्दै रोजगारी मेला, अन्तर्वार्ता तयारी, करियर काउन्सेलिङ, र नेटवर्किङ नाइटहरू आयोजना — नेपाली प्रतिभालाई अवसरमा रूपान्तरण गर्ने।

४. NRNA Employment Connect Platform

डिजिटल प्लेटफर्मको निर्माण जसले सीपयुक्त नेपालीहरूलाई रोजगारदातासँग जोड्ने, आवश्यक परामर्श, कामको जानकारी, र व्यवसायिक सम्बन्ध विकासमा सहयोग गर्नेछ।

५. उद्यमशीलता प्रवर्द्धन र स्टार्टअप समर्थन

→ व्यवसाय सुरुवात कार्यशाला,
→ अनुदान र फन्डिङ आवेदनमा सहयोग,
→ स्थानीय स्रोतको पहुँच,
→ ACT मा रहेका नेपाली साना तथा मझौला व्यवसायहरूलाई प्रवर्द्धन र संरक्षण।
“Nepali Business Hub” को अवधारणा — नेपाली व्यवसायीहरूको सामूहिक उन्नति!

६. Volunteer Rapid Response Team (RRT)

दुर्घटना, कानुनी समस्या, मानसिक स्वास्थ्य संकट, आपतकालीन अवस्थाहरूमा तुरुन्तै प्रतिक्रिया दिन सक्ने प्रशिक्षित स्वयंसेवक टोलीको निर्माण — २४/७ सक्रिय।

७. समुदाय सुरक्षा पुस्तिका (Community Safety Guide)

नेपाली भाषामा तयार पारिएको आपतकालीन सम्पर्क नम्बरहरू, स्वास्थ्य सहायता, कानुनी सल्लाह, मानसिक स्वास्थ्यसम्बन्धी जानकारीसहितको उपयोगी पुस्तिका — प्रत्येक नेपाली परिवारसम्म पुर्याउने।

८. Nepali Emergency Support Group (NESG)

प्राकृतिक विपद् (बाढी, डढेलो, भूकम्प आदि) का बेला सक्रिय रूपमा सहयोग गर्ने नेपाली स्वयंसेवकहरूको संस्था निर्माण र सशक्तिकरण।
यो समूहले NRNA लाई सामुदायिक संकट व्यवस्थापनमा अग्रणी भूमिका खेल्ने संस्था बनाउनेछ। NESG ले अष्ट्रेलियाली सरकार, रेडक्रस, SES, र अन्य आपतकालीन निकायहरूसँग साझेदारीमा नेपाली समुदायलाई एक उत्तरदायी र सक्षम समूहका रूपमा प्रस्तुत गर्नेछ।

नेतृत्व, समर्पण र संकल्पको संयोजन
रामचन्द्र घिमिरेको नेतृत्व सुनुवाइमा विश्वास गर्छ, सेवा प्रदानमा केन्द्रित छ, र सामूहिक हितलाई प्राथमिकता दिन्छ।
उहाँ भन्नुहुन्छ:

“हामी NRNA लाई सबै नेपालीका लागि सुगम, सक्रिय र जवाफदेही संस्था बनाउनेछौं।
हामी आवाज होइन, समाधान बन्न चाहन्छौं।”

संघर्ष बुझेको युवा अब नेतृत्वमा आउँछ — एनआरएनएमा काजीको घोषणा

एनआरएनए अष्ट्रेलिया (२०२५–२०२७) को लागि सुदीप सिंह बिष्ट ‘काजी’ NSW SCC युवा संयोजक पदमा उम्मेदवार

सिड्नी, अष्ट्रेलिया — असार ३२, २०८२ — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालको निर्वाचन नजिकिँदै गर्दा युवा पुस्तामा नेतृत्व विकास र प्रतिनिधित्वको अपेक्षासँगै सुदीप सिंह बिष्ट ‘काजी’ले न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद्को युवा संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।

बिष्टले आफ्नो उम्मेदवारीलाई पदका लागि मात्र नभई नेपाली युवाहरूको आवाज, सम्भावना र भविष्यको प्रतिनिधित्वका रूपमा परिभाषित गर्नुभएको छ।

दृष्टिकोण (Vision):
“एकजुट, सशक्त र आत्मनिर्भर नेपाली युवा समुदायको निर्माण” भन्ने लक्ष्यसहित बिष्ट युवाहरूको क्षमता विकास, नेतृत्व प्रशिक्षण, मानसिक स्वास्थ्य, रोजगारी, शिक्षा र संस्कृतिक संरक्षणमा विशेष जोड दिने योजनाका साथ मैदानमा उत्रनुभएको हो।

मुख्य उद्देश्यहरू
उहाँले आफ्नो एजेन्डा निम्न ७ प्रमुख बुँदामा प्रस्तुत गर्नुभएको छ:

युवा नेतृत्व विकास
करियर र शिक्षा कार्यक्रमको प्रवर्द्धन
उद्यमशीलता र स्टार्टअपमा सहयोग
मानसिक स्वास्थ्य र आत्म-सशक्तिकरण
सांस्कृतिक पहिचान र एकताको प्रवर्द्धन
खेलकुद र प्रतिभा उजागर गर्ने प्लेटफर्म
नीति निर्माणमा युवा आवाजको सशक्त प्रतिनिधित्व

“म उम्मेदवार मात्र हैन, तपाईंहरूको साथी र सेवक हुँ”
सामाजिक अभियन्ता तथा युवाहरूबीच परिचित अनुहारका रूपमा परिचित बिष्टले लामो समयदेखि नेपाली समुदायमा सक्रिय रही विभिन्न सामाजिक, शैक्षिक तथा युवा अभियानी अभियानहरूमा सहभागिता जनाउँदै आउनुभएको छ। उहाँले भन्नुभयो:

“म केवल उम्मेदवार हैन, म तपाईंहरूको साथी, प्रतिनिधि र सेवक बन्न चाहन्छु। तपाईंहरूको आशा र भरोसालाई व्यर्थ जान दिन्न।”
उहाँले आफैं पनि युवा अवस्थामै रहेको व्यक्ति भएको नाताले हजारौं नेपाली युवाहरूका संघर्ष, भावना र सम्भावनालाई अझ गहिरो रूपमा बुझ्ने दाबी गर्दै एनआरएनएमा युवाहरूको निर्णायक उपस्थिति कायम गराउन आफु कटिबद्ध रहेको बताउनुभएको छ।

सुदीप सिंह बिष्ट ‘काजी’को सन्देश:
“हामी युवाहरू भविष्य मात्र होइनौं, आजको परिवर्तनका मूल आधार पनि हौं। त्यसैले, नेतृत्वमा युवाको सहभागिता आवश्यक छ। म अनुभव, जोश र जिम्मेवारीका साथ सेवा गर्न तयार छु।”

“NRNA मा युवा, युवामा नेतृत्व!”
एनआरएनए अष्ट्रेलियाको निर्वाचन २०२५ जुलाई २६ मा हुने तय भएको छ। युवा संयोजक पदमा बिष्टको उम्मेदवारीले प्रवासी नेपाली युवाहरूमा उत्साह र छलफल सिर्जना गरेको छ। अब नेतृत्वमा युवा पुस्ताको प्रतिनिधित्व स्थापित हुने अपेक्षा व्यापक रूपमा गरिएको छ।

बदलावको आवाज होइन, कर्मको उदाहरण: NRNA ICC उम्मेदवार कार्की

एनआरएनए अष्ट्रेलियाको ICC सदस्य पदमा महेन्द्र कार्कीको उम्मेदवारी घोषणा — TEAM EKATA मार्फत सामाजिक रूपान्तरण र एकताको अभियान

मेलबर्न, अष्ट्रेलिया – जुलाई १७, २०२५

गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी कार्यकाल २०२५–२०२७ का लागि हुने निर्वाचनमा TEAM EKATA को तर्फबाट महेन्द्र कार्कीले अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदको लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।

बिगत तीन दशकभन्दा बढी समयदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएका कार्की नेपाली समुदायमा सामाजिक उत्तरदायित्व, समावेशी नेतृत्व, र संस्थागत सुदृढीकरणका लागि निरन्तर क्रियाशील रहँदै आएका एक परिचित अनुहार हुन्। प्रत्यक्ष तथा परोक्ष रूपमा उनले नेपाली समुदायका लागि शिक्षा, समावेशीता, आपसी सहयोग, र नेतृत्व विकासजस्ता क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्।

“संस्थागत रूपान्तरण: सामाजिक एकता, सबैको एनआरएनए हाम्रो प्रतिबद्धता”
TEAM EKATA ले अघि सारेको मूल नारालाई आत्मसात गर्दै महेन्द्र कार्कीले सामाजिक समावेशीता, पारदर्शी संस्था निर्माण, र NRNA को नीति-निर्माण प्रक्रियामा सबैको सहभागिता सुनिश्चित गर्ने अठोट सार्वजनिक गरेका छन्।

उम्मेदवारी घोषणासँगै उनले अष्ट्रेलियामा बसोबास गरिरहेका सबै नेपाली अग्रज, दौंतरी, दाजुभाइ तथा दिदीबहिनीहरूसँग स्नेह, समर्थन र सद्भावका साथ आगामी जुलाई २६ मा हुने निर्वाचनमा आफ्नो पक्षमा मतदान गरिदिन हार्दिक अपिल गरेका छन्।

“हामी परिवर्तनको लागि अघि बढेका छौं” — TEAM EKATA
TEAM EKATA २०२५–२०२७ को नेतृत्वका लागि “For Change” को सन्देश बोकेर अगाडि बढेको समूह हो। उनीहरूले NRNA अष्ट्रेलियालाई अझ प्रभावशाली, जवाफदेही, र सबै समुदायको प्रतिनिधित्व गर्ने संस्थाको रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।

महेन्द्र कार्की:

“हामी यहाँ हाम्रो समुदायको वास्तविक आवाजलाई प्रतिनिधित्व गर्न आएको हौं। TEAM EKATA को अभियान समर्पण, समावेशी नेतृत्व, पारदर्शिता, र संस्थाको विश्वसनीयता निर्माणमा केन्द्रित छ। हामी सबैको सहभागिता बिना बलियो एनआरएनए निर्माण सम्भव छैन।”
३० वर्षको अनुभव र सेवाको थुप्रो इतिहास
तीन दशकदेखिको अष्ट्रेलिया बसाइमा कार्कीले स्थानीय तथा राष्ट्रियस्तरका सामाजिक गतिविधिहरूमा नेतृत्वदायी भूमिका खेलेका छन्। नेपाली सांस्कृतिक कार्यक्रमदेखि लिएर आपतकालीन सहयोग, शिक्षा सम्बन्धी पहल, र युवा नेतृत्व विकाससम्मका विभिन्न कार्यक्रममार्फत उनले नेपाली समुदायलाई एकताबद्ध गर्दै आएको उल्लेख गरिएको छ।

NRNA अष्ट्रेलियामा नयाँ ऊर्जा र दृष्टिकोण ल्याउने प्रतिवद्धता
कार्कीको उम्मेदवारी एक नयाँ सोच, व्यवहारिक दृष्टिकोण, र समर्पित नेतृत्वका लागि आएको बताइएको छ। “हामी एकताबद्ध भएर अघि बढ्दा मात्र बलियो र सबल एनआरएनए सम्भव हुन्छ,” भन्ने TEAM EKATA को नारा नै उनको अभियानको मूल सन्देश हो।

भोट गर्ने मिति: जुलाई २६, २०२५
एनआरएनए अष्ट्रेलियाको निर्वाचन आगामी २६ जुलाई २०२५ मा हुँदैछ। समुदायमा आफ्नो इमान्दार र निःस्वार्थ सेवाका कारण लोकप्रियता कमाएका महेन्द्र कार्कीले TEAM EKATA मार्फत आफ्नो उम्मेदवारीलाई दृढ आत्मविश्वासका साथ अघि सारेका छन्।

यथास्थितिको रक्षा होइन, रुपान्तरणको नेतृत्व, उपाध्यक्ष पदमा रमेश पौडेलको उम्मेदवारी

एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष पदमा रमेश पौडेलको उम्मेदवारी घोषणा, पारदर्शिता र जवाफदेहिताको प्रतिबद्धता

ब्रिजबेन, अष्ट्रेलिया – असार ३२, २०८२ — अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–६, खिल्जी रामकोटका स्थायी निवासी रमेश पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्नुभएको छ। हाल ब्रिजबेनमा स्थायी रूपमा बसोबास गर्दै आउनुभएका पौडेल अष्ट्रेलियामा रहेका नेपाली समुदायको हितका लागि लामो समयदेखि सामाजिक नेतृत्वदायी भूमिकामा सक्रिय रहँदै आउनुभएको छ।

पौडेलले उम्मेदवारी घोषणा गर्दै संस्थाभित्र देखिएको अपारदर्शिता, गुटबन्दी र जवाफदेहीताको अभावलाई अन्त्य गर्दै एनआरएनएमा पारदर्शी, समावेशी र उत्तरदायी नेतृत्व स्थापित गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभयो।

एनआरएनएको रूपान्तरणका लागि स्पष्ट दृष्टिकोण
उहाँले एनआरएनए अष्ट्रेलियाको वर्तमान अवस्था र भविष्यको दिशा सम्हाल्न दृढ निष्ठाका साथ प्रस्तुत गरेका दृष्टिकोणहरू यस्ता छन्:

विश्वास र एकता पुनःस्थापना: अपारदर्शी निर्णय प्रक्रियाको अन्त्य गर्दै जवाफदेहितालाई सुदृढ बनाउने।
समुदायमा सहभागिता र समावेशिता: महिला, युवा तथा कम प्रतिनिधित्व भएका समुदायहरूको सक्रिय सहभागितालाई प्रोत्साहित गर्ने।
वैश्विक सहकार्य र प्रभाव: एनआरएनए अष्ट्रेलियालाई अन्तर्राष्ट्रिय तहमा प्रभावशाली बनाउँदै नेपाल सरकारसँग व्यावहारिक प्रवासीमैत्री नीतिको वकालत गर्ने।
ठोस नतिजामुखी पहलहरू: शिक्षा, सीप, रोजगारी, आप्रवासन सहायता तथा नेपालस्थित सम्पत्ति सुरक्षा र एनआरएन नागरिकताको सवालमा कार्ययोजना अघि बढाउने।

अनुभव, निष्कलंक इतिहास र नेतृत्वको प्रतिबद्धता
सन् २०११ देखि एनआरएन अभियानमा निरन्तर सक्रिय रहँदै आउनुभएका पौडेलले संगठनका विविध तहमा नेतृत्वदायी भूमिका सम्हाल्दै आउनुभएको छ। उहाँका प्रमुख जिम्मेवारीहरू यसप्रकार रहेका छन्:

सदस्य, मानार्थ परिषद् – NRNA ICC (२०२१–२०२३)
उम्मेदवार सदस्य, ICC – NRNA Global (२०१७–२०१९)
सह–संयोजक, NRNA क्विन्सल्यान्ड (२०११–२०१३)
NCC सदस्य, NRNA अष्ट्रेलिया (२०११–२०१५)
उहाँको यो अनुभवले उहाँलाई सक्षम, परीक्षण भइसकेको र समुदायमा विश्वास हासिल गरिसकेको उम्मेदवार बनाएको छ।

रमेश पौडेलद्वारा नेपाली समुदायप्रति खुला सन्देश:
“अष्ट्रेलियावासी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा नमस्कार,
म रमेश पौडेल, यही जुलाई २६ मा हुन गइरहेको एनआरएनए अष्ट्रेलिया (२०२५–२०२७) निर्वाचनमा उपाध्यक्ष पदको उम्मेदवार।
मेरो विचारमा यो केवल यौटा अर्को चुनाव मात्र होइन — यो त खासमा एनआरएनए अष्ट्रेलियाको लागि एक निर्णायक क्षण हो। किनकि हामीले एनआरएनए प्रतिको विश्वास पुनः जागृत गर्नुछ, एकता पुनर्निर्माण गर्नुछ, र हाम्रो मिशनमा पुनः केन्द्रित हुनुछ। त्यसका लागि प्रमाणित ट्र्याक रेकर्डसहितको विश्वसनीय नेतृत्व क्षमता लिएर, स्पष्ट उद्देश्य र इमानदारीका साथ नेतृत्व गर्न म हजुरहरूका माझ आएको छु।
म केवल उम्मेदवार होइन — म समुदायका लागि सकारात्मक कामबाट प्रमाणित एक सामाजिक कार्यकर्ता हुँ। म विगत लामो समयदेखि नेपाली डायस्पोराको आवाज प्रतिनिधित्व गर्न, एकता कायम राख्न र सुधारका लागि क्रियाशील रहँदै आएको छु।

बलियो एनआरएनए अष्ट्रेलियाको लागि हाम्रो दृष्टिकोण:
✊ विश्वास र एकता पुनर्स्थापित गर्ने
✊ समावेशी सहभागिता र सम्मानजनक बहसलाई प्रवर्द्धन गर्ने
✊ विश्वस्तरमा अष्ट्रेलियाको प्रभावशाली उपस्थिति निर्माण गर्ने
✊ शिक्षा, सीप, रोजगारी, सम्पत्ति सुरक्षा र एनआरएन नागरिकताको वकालत गर्ने

मलाई भोट किन?
✔️ विश्वसनीय, जवाफदेही र जनमुखी नेतृत्वको लागि
✔️ विभाजनभन्दा एकता, स्वार्थभन्दा सेवाको लागि
✔️ स्वदेश र विदेश दुवैमा रहेका नेपालीहरूका लागि काम गर्ने एनआरएनएका लागि
अन्तमा, एनआरएनएलाई अझ समावेशी, उत्तरदायी, पारदर्शी र समुदायमुखी बनाउन हजुरहरूको सुझाव, साथ, समर्थन र आशीर्वादको अपेक्षा गर्दछु। हामी सँगै मिलेर उज्यालो, एकताबद्ध र समृद्ध प्रवासी नेपाली समाज निर्माण गर्न सक्नेछौं भन्ने दृढ विश्वास लिएको छु।”

– रमेश पौडेल,
उपाध्यक्ष पदका उम्मेदवार,
एनआरएनए अष्ट्रेलिया (२०२५–२०२७)

भण्डारीद्वारा NRNA South Australia को सह-सचिव पदमा उम्मेदवारी घोषणा

कृष्णप्रसाद भण्डारीद्वारा NRNA South Australia को सह-सचिव पदमा उम्मेदवारी घोषणा

दक्षिण अष्ट्रेलिया, जुलाई १७ — बहुआयामिक प्रतिभाका धनी, सामाजिक अभियन्ता, प्रेरणादायी वक्ता, साहित्यकार तथा गायक कृष्णप्रसाद भण्डारीले गैरआवासीय नेपाली संघ (NRNA) दक्षिण अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि सह-सचिव (Joint Secretary) पदमा आफ्नो औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।

उहाँले दक्षिण अष्ट्रेलियामा बसोबास गरिरहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक अभिवादन व्यक्त गर्दै, आफ्नो उम्मेदवारीमार्फत नेपाली समुदायमा अझ सक्रिय, सकारात्मक र एकतामूलक भूमिका निर्वाह गर्ने अठोट व्यक्त गर्नुभएको छ।

भण्डारी,

“NRNA विदेशमा रहेका नेपालीहरूको साझा संस्था हो, जसले हाम्रा भावनालाई जोड्ने पुलको काम गर्दै आएको छ। जब हामी विदेशमा हुन्छौं, तब हाम्रो दुखसुखमा साथ दिने हात नेपाली नै हुन्छ। त्यही सहयोग र सद्भावको भावनालाई अझ सशक्त बनाउन मैले यो उम्मेदवारी दिएको हुँ।”
समाजसेवा र सिर्जनात्मकताको समर्पित अनुहार
कृष्णप्रसाद भण्डारी लामो समयदेखि साहित्य, संगीत, सार्वजनिक बोलकला र सामाजिक सेवामार्फत नेपाली समुदायमा सकारात्मक ऊर्जा प्रवाह गरिरहनुभएको छ। उहाँको प्रेरणादायी वक्तृत्वशैली, गम्भीर साहित्यिक सोच, सांगीतिक प्रस्तुति, र समुदायप्रतिको समर्पणले उहाँलाई दक्षिण अष्ट्रेलियाको नेपाली समाजमा विशेष सम्मानित स्थान दिलाएको छ।
थप आग्रह,

“सह-सचिवको जिम्मेवारी केवल पद होइन, यो समुदायप्रतिको सेवा हो। तपाईंहरूको अमूल्य समर्थन र विश्वासले मलाई यो यात्रामा अगाडि बढ्ने ऊर्जा दिनेछ। म सधैं तपाईंहरूको अपेक्षाको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”
समुदायमा एकताको सन्देश
भण्डारीले उम्मेदवारीमार्फत नेपाली समुदायभित्र सहयोग, समन्वय र एकताको भावना बलियो बनाउने लक्ष्य लिएका छन्। उहाँले “व्यक्तिगत प्रयासभन्दा सामूहिक सहभागिता सदैव प्रभावकारी हुन्छ” भन्ने सिद्धान्तमा विश्वास राख्दै सम्पूर्ण दक्षिण अष्ट्रेलियावासी नेपालीहरूको सहयोगको अपेक्षा राखेका छन्।

कृष्णप्रसाद भण्डारी
उम्मेदवार – सह-सचिव
NRNA South Australia (2025–2027)

“सशक्त नेतृत्व, समर्पित सेवा र साझा पहिचानको लागि – तपाईंको साथ, मेरो प्रतिबद्धता।”

गौतमको उम्मेदवारी, NRNA अष्ट्रेलियामा परिवर्तनको यात्राका लागि सचिव पदमा प्रस्ट प्रतिबद्धता

एनआरएनए अष्ट्रेलिया सचिव पदमा गणेश गौतमको उम्मेदवारी : “यो केवल निर्वाचन होइन, आत्मा पुनर्स्थापना गर्ने अवसर हो”

मेलबर्न, अष्ट्रेलिया — आगामी गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय समन्वय परिषद् (NCC) को सचिव पदमा उम्मेदवारी घोषणा गरेका गणेश गौतमले नेपाली समुदायप्रति एकता, समावेशिता र सुधारको गहिरो प्रतिबद्धता व्यक्त गरेका छन्।

गौतमले एक भावुक सन्देशमार्फत संस्थाभित्र बढ्दो गुटबन्दी, स्वार्थपरक सोच र नेतृत्वमा देखिएको गैरजिम्मेवारीपनप्रति चिन्ता व्यक्त गर्दै, अबको निर्वाचनलाई एनआरएन आन्दोलनकै आत्मा पुनर्जागृत गर्ने अवसरको रूपमा लिएका छन्।

“यो निर्वाचन केवल नेतृत्व परिवर्तनको प्रक्रिया होइन, यो संस्थाको मूल्य, चरित्र र दीर्घकालीन लक्ष्यहरू पुनःस्थापना गर्ने मोमेंट हो,” गौतमको भनाइ छ।
सशक्त सचिव पदका लागि प्रतिबद्ध उम्मेदवार
गौतम विगत एक दशकदेखि अष्ट्रेलियामा रहेका छन् र एनआरएन अभियानमा निरन्तर संलग्न छन्। उनले प्रवासी नेपाली समुदायबीच भाषा, संस्कृति, पहिचान र सामाजिक उत्तरदायित्व जस्ता विषयमा विभिन्न अभियान सञ्चालन गर्दै आएका छन्।

उनको सचिव पदका लागि उम्मेदवारी केही ठोस एजेण्डाहरूमा आधारित छ, जसमा मुख्यतः निम्न बुँदाहरू समावेश छन्:

संस्थागत पारदर्शिता र जवाफदेहिता सुनिश्चित
एनआरएनएलाई गुटबन्दीमुक्त, समावेशी र सबल बनाउने संकल्प
युवालाई नेतृत्वमा ल्याउने व्यवहारिक नीति र कार्यक्रम लागू गर्ने
सामुदायिक आवाज सुन्ने र समन्वयकारी सचिवको भूमिका निर्वाह गर्ने
नारी, विद्यार्थी, श्रमिक तथा व्यवसायी वर्गलाई समेट्ने दिगो योजना

गौतमका अनुसार, एनआरएनए सचिव पद केवल प्रशासनिक भूमिका होइन, “संस्थाको मस्तिष्क र मुटु जोड्ने पुल” हो — जहाँ नीति निर्माण, सदस्य समन्वय र संस्थाको साख निर्माणको मूल जिम्मेवारी केन्द्रित हुन्छ।

संस्थाको वर्तमान अवस्थाप्रति गहिरो चिन्ता
सन्देशमा गौतमले वर्तमान नेतृत्वप्रणालीप्रति आक्रोश पोखेका छन्। “एनआरएन अष्ट्रेलिया केही व्यक्तिहरुको स्वार्थमा फसेको छ । संस्थालाई गुट विस्तार र फरक मतलाई दबाउने औजारको रूपमा प्रयोग गर्ने प्रवृत्ति हाबी छ,” उनले भने।

उनका अनुसार, केन्द्रदेखि शाखा तहसम्म अविश्वास, आरोप-प्रत्यारोप र पारदर्शिताको अभावले संस्था दिशाहीन बनेको छ।

“हामीले ‘एकपटकको नेपाली सधैं नेपाली’ भन्ने भावना त बोलेकै छौं, तर संस्थागत संरचना र नेतृत्वले त्यसको प्रतिनिधित्व गर्न सकेको छैन,” गौतमले भावुक ढंगले उल्लेख गरे।
समुदायलाई स्पष्ट आह्वान : मतदानमार्फत परिवर्तन सम्भव छ
गौतमले आफ्ना शुभेच्छुक, समर्थक र सम्पूर्ण नेपाली समुदायलाई समर्पण, विश्वास र मतदानको अपेक्षा गर्दै भने,

“यो अवस्था बदल्न तपाईंहरूको साथ, सहकार्य र सही निर्णय आवश्यक छ। तपाईंहरूको मतले मात्र एनआरएन अष्ट्रेलियाको पुनर्जागरण सम्भव छ। म सधैं तपाईंहरूको सुझाव र मार्गदर्शनमा चल्न तयार छु।”
उहाँ को हुन्? – संक्षिप्त परिचय
नाम: गणेश गौतम
हालको भूमिका: एनआरएन अभियन्ता, सामाजिक अभियानी
उम्मेदवारी: सचिव पद, एनआरएनए अष्ट्रेलिया (NCC Election 2025)
विशेषता: नेतृत्व क्षमतायुक्त, समन्वयक शैली, समावेशी दृष्टिकोण
सक्रियता: नेपाली भाषा-संस्कृति संरक्षण, छात्र सहायता, आपतकालीन राहत अभियान, र समुदायबीच संवाद निर्माणमा अग्रसर
समाप्ति तर्फ : नयाँ पुस्ता र नयाँ सोचको प्रतिनिधि
गणेश गौतमको उम्मेदवारी संस्थालाई नयाँ युगतर्फ डोर्याउने प्रयासको रूपमा हेरिएको छ। उनका समर्थकहरू भन्छन्, “अब गुट होइन, गुणको आधारमा नेतृत्व छानिने बेला आएको छ।”

अस्ट्रेलियाको नेपाली डायस्पोरा यो निर्वाचनलाई केवल पद नवीकरणको प्रक्रिया नभएर संस्थागत पुनर्निर्माणको अवसर मानिरहेको सन्देश यत्रतत्र फैलिन थालेको छ।

सेवा र सहभागिताको यात्रा: पुष्पकला उप–संयोजक पदको प्रतिस्पर्धामा

सशक्त नेतृत्वका साथ पुष्पकला खड्का आचार्य नारी निकुञ्ज VIC को उप–संयोजक पदमा उम्मेदवार

मेलबर्न, अष्ट्रेलिया — जुलाई १५, २०२५
अन्तर्राष्ट्रिय अनुभव, गहिरो सामाजिक चेतना, र दृढ नेतृत्व क्षमताले सुसज्जित पुष्पकला खड्का आचार्यले गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया अन्तर्गत नारी निकुञ्ज विक्टोरिया (VIC) को उप–संयोजक (Deputy Coordinator) पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेकी छन्।

उनको उम्मेदवारी केवल पदको लागि होइन — यो महिलाको सामूहिक आवाज, सहभागिता, र सशक्त भविष्यका लागि गरिएको एक प्रतिबद्ध प्रस्तुति हो।

३-देशीय अनुभव: नेपाल, बेलायत र अष्ट्रेलियामा सामाजिक संलग्नता
पुष्पकला आचार्यको जीवन यात्रा नेपालदेखि बेलायत हुँदै अष्ट्रेलियासम्मको यात्रामा आधारित छ। उनले जुन देशमा बसिन्, त्यहाँको नेपाली समुदायको सेवामा सक्रिय भूमिका निभाइन्। नेपालमा रहँदा उनले काठमाडौं–संखुवासभा सम्पर्क मञ्चको कोषाध्यक्षको रूपमा सेवा दिइन्, जसले उनको नेतृत्व क्षमतामा अनुशासन, पारदर्शिता र जनतासँगको प्रत्यक्ष सम्बन्ध विकास गर्यो।

बेलायतमा रहेर पनि उनले नेपाली समुदायमा सामाजिक एकता र सहभागिताका विविध पहलहरूमा सक्रिय भूमिका निर्वाह गरिन्। अहिले अष्ट्रेलियामा स्थायी रुपमा बसोबास गर्दै, उनले महिला नेतृत्व, सामाजिक सहकार्य, र समावेशी अभियानमा आफूलाई अग्रपंक्तिमा राखेकी छन्।

नेतृत्वको परिभाषा: शक्ति होइन, सेवा
उनी नेतृत्वलाई “पद” वा “शक्ति” को रूपमा होइन, “दायित्व र सेवाको प्रतिबद्धता” को रूपमा बुझ्छिन्। उनका अनुसार,

“नेतृत्व भनेको अगाडि हिँड्ने होइन, सँगै हिँड्ने हो। जहाँ सबैको आवाजलाई समान रूपमा सुन्न सकिन्छ, त्यहीँ नेतृत्वको अर्थ हुन्छ।”
उनले समुदायका महिलाहरूलाई आफ्नो क्षमता र आत्मबल पहिचान गर्न उत्प्रेरणा दिँदै आएकी छन्। नारी निकुञ्ज VIC मार्फत उनले यस्तो एक सशक्तिकरणको मञ्च बनाउने लक्ष्य लिएकी छन्, जहाँ हरेक महिला सुनेको, स्वीकृत, र सशक्त महसुस गर्न सकून्।

एकता र समावेशितामा आधारित दृष्टिकोण
पुष्पकला आचार्यले महिलाबीच एकता, समझदारी र सहकार्यमा आधारित संस्थागत विकासलाई आफ्नो अभियानको मूल विषय बनाएकी छन्। उनले भनिन्:

“हामी महिलाहरू जब एउटै स्वरमा बोल्छौं, तब हाम्रो आवाज गुञ्जन्छ। जब हामी हातेमालो गरेर अघि बढ्छौं, तब हाम्रो यात्राले इतिहास बनाउँछ।”
उनको दृष्टिकोण स्पष्ट छ — नारी निकुञ्ज VIC एउटा यस्तो सुरक्षित, सशक्त र ऊर्जावान स्थान बनोस्, जहाँ हरेक महिला आफुलाई प्रतिनिधित्व गर्न सक्ने आत्मविश्वासका साथ अघि सर्न सकून्।

समर्थनको अपिल: ‘यो यात्रा केवल मेरो होइन, हाम्रो साझा सपना हो’
उनले उम्मेदवारी घोषणा गर्दै सम्पूर्ण नेपाली दिदीबहिनीहरूसँग आत्मीय भावनाका साथ समर्थन, विश्वास र सहयोगको अपिल गरेकी छन्।

“म तपाईंहरूको विश्वास, समर्थन र मतदानको अपेक्षा राख्दछु। यो केवल म एक व्यक्तिको उम्मेदवारी होइन, यो हामी सबैको साझा दृष्टिकोण र भविष्यको सपना हो। जब महिलाहरू संगठित भएर हिँड्छन्, तब कुनै पनि लक्ष्य टाढा हुँदैन, र कुनै पनि आवाज हराउँदैन।”

पद: उप–संयोजक, नारी निकुञ्ज VIC – NRNA अष्ट्रेलिया
उम्मेदवार: पुष्पकला खड्का आचार्य
अनुभव: नेपाल, बेलायत र अष्ट्रेलियामा सामुदायिक सेवा
दृष्टिकोण: एकता, समावेशिता र महिला सशक्तिकरण
लक्ष्य: हरेक महिलाको आवाज र सहभागिता सुनिश्चित गर्नु

अनुभवी नेतृत्वको पुनरागमन: भुवन पाण्डे ICC सदस्य पदका लागि उम्मेदवार

अनुभवी नेतृत्वको पुनरागमन: भुवन पाण्डेले NRNA ICC सदस्य पदका लागि उम्मेदवारी घोषणा

सिड्नी, अष्ट्रेलिया — जुलाई १५, २०२५
गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदको लागि भुवन पाण्डेले आफ्नो उम्मेदवारी आधिकारिक रूपमा घोषणा गरेका छन्। उनले २०२५–२०२७ कार्यकालका लागि उम्मेदवारी आज औपचारिक रूपमा दर्ता गराएका हुन्।

सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध, व्यावसायिक रूपमा परिपक्व, र अनुभवले भरिएको एक स्थिर नेतृत्वका रूपमा परिचित पाण्डे विगतमा पनि NRNA का विभिन्न तहमा उल्लेखनीय भूमिका निर्वाह गरिसकेका छन्।

विगतको योगदान: अनुभवी पृष्ठभूमि
भुवन पाण्डेले २०११–२०१३ मा NRNA अष्ट्रेलियाको राष्ट्रिय समन्वय परिषद् (NCC) सदस्य र २०१३–२०१५ मा NRNA न्यू साउथ वेल्स (NSW) राज्य समितिको सचिवको रूपमा कार्य गरे। यस अवधिमा उनले संगठनलाई संस्थागत बनाउने, राज्य–राष्ट्रिय तहमा समन्वय विस्तार गर्ने र समुदायसँगको सम्बन्ध सुदृढ बनाउने कार्यमा महत्वपूर्ण भूमिका खेले।

उनको नेतृत्वमा विभिन्न सामाजिक तथा शैक्षिक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भए, जसले अष्ट्रेलियामा रहेका नेपाली प्रवासीहरूको जनजीवनमा सकारात्मक प्रभाव पारेको थियो।

हालको सक्रियता: समाज सेवामा निरन्तरता
एनआरएनएबाट केही समय विश्राम लिए पनि भुवन पाण्डे पछिल्ला १० वर्षमा विभिन्न सामाजिक, शैक्षिक तथा सामुदायिक संस्थाहरूमा जिम्मेवार भूमिकामा रहेर सेवा दिइरहेका छन्। उनी संस्था निर्माणमा विश्वास राख्ने, समन्वयकारी सोच भएका, र व्यवहारिक निर्णयमा विश्वास गर्ने नेतृत्वकर्ता हुन्।

उनले आफ्ना अनुभवलाई नयाँ पुस्तासँग बाँड्दै आउनुका साथै, प्रवासी समुदायका आवश्यकता र चुनौतीहरूबारे गहिरो समझ राखेका छन्।

उम्मेदवारीको उद्देश्य: समावेशी, सक्षम र उत्तरदायी NRNA
भुवन पाण्डे भन्छन्:

“अब फेरि म NRNA को अभियानमा करिब एक दशकपछि सक्रिय भएर योगदान दिने उद्देश्यका साथ अघि बढेको छु। यो केवल पदका लागि प्रतिस्पर्धा होइन, समुदायप्रतिको दायित्व र उत्तरदायित्व हो।”
उनी थप भन्छन्:

“हामी सबै मिलेर, साझा दृष्टिकोण र परिपक्व सोचसहित, अझ सक्षम, समावेशी र उत्तरदायी NRNA निर्माण गर्न सक्छौं। NRNA कुनै व्यक्तिको संस्था होइन — यो हामी सबै प्रवासी नेपालीहरूको साझा घर हो।”

सबैको साथको अपेक्षा
उनले आफ्ना अभिव्यक्तिमा सम्पूर्ण नेपाली प्रवासी समुदाय — दाजुभाइ, दिदीबहिनी र अग्रजहरूबाट अमूल्य साथ, समर्थन र सुझावको अपेक्षा व्यक्त गरेका छन्। उनी विश्वास गर्छन् कि:

“नेतृत्वको मूल्य केवल अनुभवमा होइन, दृष्टिकोण, समर्पण र सहकार्यको क्षमतामा हुन्छ।”
उनको उम्मेदवारीले नयाँ पुस्ताका लागि प्रेरणा, र संगठनको रूपान्तरणका लागि आधार बन्ने विश्वास गरिएको छ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय