२०८२ चैत्र २४ मंगलवार

फेन्काद्वारा न्यू साउथ वेल्समा एक्सन टिम गठन, डेपुटी कोर्डिनेटरमा चिरन तिवारी

फेन्काको न्यू साउथ वेल्स राज्य समिति गठन

फेडेरेसन अफ नेप्लिज कम्युनिटी एसोसिएसन अफ अष्ट्रेलिया (फेन्का) ले आफ्ना गतिविधिहरूलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले बिहीबार आयोजित छलफल तथा बैठकमार्फत न्यू साउथ वेल्स राज्यको ५ सदस्यीय “सिड्नी एक्सन टिम” गठन गरेको छ।

उक्त टिममा डेपुटी कोर्डिनेटरमा चिरन तिवारी तथा सदस्यहरूमा क्रमशः सुमन व्यौपाने, आनन्द श्रेष्ठ, अन्जु शर्मा घिमिरे र अनिल ज्ञवाली चयन भएका छन्।

फेन्का न्यू साउथ वेल्सका कोर्डिनेटर मुक्तिराम पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फेन्का अष्ट्रेलियाका सचिव डा. प्रकाश पौडेल तथा ग्रेटर सिड्नीका अध्यक्ष एवं फेन्का न्यू साउथ वेल्सका निर्वतमान कोर्डिनेटर बिष्णु हमालको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले नवगठित एक्सन टिमले राज्यभर छरिएका सामुदायिक संस्थाहरूलाई एकताबद्ध गर्दै सहकार्य र समन्वयलाई थप सुदृढ बनाउने, मानव विकास तथा क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउने र अझ प्रभावकारी ढंगले आफ्नो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए।

अन्तरक्रियात्मक छलफलमा डा. राजु मानन्धर, सुमन न्यौपाने, बसन्तराज ओझा, जीवन मैनाली, चिरन तिवारी, अन्जु शर्मा घिमिरे, दीपकर अधिकारी लगायत सामुदायिक अगुवाहरूले आ-आफ्ना सुझाव तथा धारणा राखेका थिए।

सन् २०१८ को अगस्टमा अष्ट्रेलियामा स्थापना भएको फेन्का नेपाली संघसंस्थाहरूको साझा संयन्त्रको रूपमा क्रियाशील छ। संस्थाले मानव परिचालन, सहभागितामूलक सिकाइ, क्षमता अभिवृद्धि, नीतिगत पैरवी, पर्यटन प्रवर्द्धन, स्वास्थ्य तथा शिक्षा जागरण, नेतृत्व विकास, सशक्तीकरण, सुशासन तथा संस्थागत विकासका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

हाल अष्ट्रेलियाभर रहेका १२१ वटा सामाजिक संघसंस्थाहरू फेन्कामा आबद्ध रहेका छन् भने न्यू साउथ वेल्समा मात्रै ४७ वटा संस्थाहरू सक्रिय रूपमा आवद्ध भई समुदायमा कार्यरत छन्।

२०८२ चैत्र ५, बिहीबार प्रकाशित 1 Minute 193 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।