२०८१ बैशाख १४ शुक्रबार

प्रवासी नेपाली मंच न्यु साउथ वेल्स, अस्ट्रेलियाको बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

प्रवासी नेपाली मंच अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्य कमिटीले बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमालेका सचिव एवं नेपाल सरकारका निवर्तमान पररास्ट्र मन्त्री प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रवासी नेपाली मंच अन्तरास्ट्रिय कमिटीका सचिव रमेश पाण्डे, ओशेंनिया क्षेत्रका इंचार्ज डा बिनोद श्रेस्ठ, न्यु ज़िल्यांडका अध्यक्ष डा भगवान यादव, एनआरएन चाइनाका सचिव, केन्द्रीय कमिटीका सदस्यहरू र सल्लाहकारहरू लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि ज्ञवालीले नेकपा एमाले जनताको स्तर बाट सरकार बाट बाहिरिनु परेको होईन यो राजनीतिक चलखेलको कारण सरकारमा रहन पाइएन तर पनी निरन्तर जनताको ढोकामा पुगं सकने सामर्थ्य अनी मुलुकको हित र बिकासको निम्ति फेरी पनी सरकारमा जाने कुरा बताए र प्रवासी नेपालीहरू ले जब नेपालमा समस्या अनी पिडा हूँछ त्यो बेला आर्थिक अनी हरेक सहयोगले पार्टी अनी देशको एउटा मेरुदंड भएको बताए ।
कार्यक्रममा प्रवासी नेपाली मंच अन्तरास्ट्रिय कमिटीका सचिव एवं अस्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेले संगठन विस्तारलाई मध्यनज़र गर्दै छींटो भंदा छीटों बिभिन्न बिभागहरुको गठन गर्ने र हिजो एमाले छोड़ी गएका साथीहरूलाई पनी फ़र्क़न अनुरोध सहित स्वागत गरेका थिए ।
कार्यक्रममा सल्लाहकार भवानी ओली, इंचार्ज केशब जोशी, लगायतले बोलेका थिए ।
कार्यक्रमको अध्यक्षता गर्दै न्यु साउथ वेल्स राज्यका अध्यक्ष कृष्ण सापकोटाले राजनैतिक आधार भनेको बिकास, समाज अनी परिवर्तनको एउटा बाटो रहेको बताए साथै अब प्रवासी नेपाली मंच न्यु साउथ वेल्स राज्य कमिटीले बिभिन्न रचनात्मक कार्यक्रमहरू संचालन गर्ने बताए र सबै उपस्थिति साथीहरूलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा उपस्थिति सम्पूर्णलाई स्वागत मन्तव्य कमिटीका उपाध्यक्ष सिताराम घिमिरे र संचालन सचिव शिव पौडेलले गरेका थिए ।
कार्यक्रम भरच्युअल जुम मार्फ़त क़रीब १६० जनाको उपस्थितिमा सम्पन्न भएको थियो ।

२०७८ भाद्र २६, शनिबार प्रकाशित 0 Minutes 768 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार