२०८० चैत्र ६ मंगलवार

आज स्वदेश फर्किँदै प्रधानमन्त्री प्रचण्ड !!

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किँदै छन्।

बुधबार (जेठ १७ गते) भारत भ्रमण गएका प्रधानमन्त्री प्रचण्ड विभिन्न महत्त्वपूर्ण भेटघाट र सम्झौता गरेर आज स्वदेश फर्किन लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड शुक्रबार भारतको मध्य प्रदेशको इन्दौर पुगेका छन् । उनी आज त्यहाँको विशेष आर्थिक क्षेत्रको भ्रमण सकेर दिल्दी फर्किने छन् । दिल्लीबाट अपराह्न ४ : २० नेपाल एयरलाइन्सको उडानबाट काठमाडौँ फर्किने कार्यक्रम तय भएको छ ।

भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उर्जामन्त्री शक्ति बस्नेत, उद्योग मन्त्री रमेश रिजाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि सहभागी छन् ।

२०८० जेष्ठ २०, शनिबार प्रकाशित 0 Minutes 526 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार