२०८१ बैशाख २० बिहीबार

रुपन्देही सामाजिक संञ्जालको शुभकामना कार्यक्रम सम्पन्न ।

रुपन्देही सामाजिक संञ्जाल RSNA को शुभकामना कार्यक्रम सम्पन्न ।

सिडनी, अष्ट्रेलिया । रुपन्देहि सामाजिक संञ्जाल (RSNA) अष्ट्रेलियाको आयोजनमा विजयादशमि, शुभदिपावली, नेपाल सम्वत तथा छठ पर्वको पावन अवसरमा वरिष्ठ लोक गायक, साहित्यिक सर्जक एवं पत्रकार रामप्रसाद खनाल सँग साक्षरता गदै एक कार्यक्रमका विच अष्ट्रेलियाको न्यू साउथ वेल्सको रकडेलमा कार्यक्रम सम्पन्न भएको छ |

मातृभूमिबाट टाढा भएपनि हाम्रो परम्परा चाड पर्व संस्कृतिको संरक्षण गर्दै एक आपसमा भाईचारा तथा भातृत्वलाई कायम गर्ने उद्देश्यले सो कार्यक्रम गरिएको संस्थाका अध्यक्ष मुक्तिराम पोखरेलले विश्वपाटि सँगको कुराकानिमा बताए । सांस्कृत्तिक तथा साहित्यिक कोर्डिनटर सुचना पाण्डेले संञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष मुक्तिराम पोखरेलको अध्यक्षता वरिष्ठ लोक गाएक, सर्जक एवं पत्रकार राम प्रसाद खनालको प्रमुख आथित्यतामा भएको सो कार्यक्रममा नेपालिपन, सांस्कृत्तिक जगेर्ना तथा संरक्षणको आयाम थप्ने गित संगित तथा नृत्य मार्फत RSNA का महिला संयोजक सृजना खड्का गैरे, बाल गायन आयुषि पोखरेल र आरोहि पोखरेलले आफ्नो प्रस्तुति मार्फत उपस्थित महानुभावहरुलाई मनोरन्जन प्रदान गराएका थिए |

कार्यक्रममै प्रमुख अतिथि राम प्रसाद खनालले आफ्नो मन्तव्य व्यक्त गर्दै विश्वको जुन सुकै कुनामा रहेपनि बिभिन्न विचार, बाहानमा आस्था, धर्म, विचारमा विभाजित हुन्छयौ त्यो नभई हामी नेपाली हौ भन्ने भावनालाई कहिल्यै भुल्नु हुदैन एकता, भाईचारा ठुलो कुरा हो भन्दै सञ्जाल ८ वर्षमा गरेको कामको सरहना गर्दै आफ्नो कला तथा गलाको माध्यमबाट गित संगितका साथ कार्यक्रममा मनोरन्जन प्रदान गराउनु भएको थियो भने कार्यक्रममा अतिथिहरुले क्रमश शुभकामना व्यक्त गर्नुभएको थियो जसमा क्रमश वरिष्ठ समाजसेवि तथा समस्त नेपालिका अभिभावक डा नारायण प्रधान, फ्रेन्काका उपाध्यक्ष डा० मधुसुदन पुडासैनि, गुल्मी समाजका अध्यक्ष कमला वस्नेत, RSNA का पूर्व सल्लाहाकार एवं समाजसेवि रामजी विष्ट, प्रध्यापक संघका निवर्तमान अध्यक्ष प्रध्यापक गोपाल पाण्डे, संस्थाका संरक्षक हरु क्रमश संस्थापक अध्यक्ष राज खनाल , संरक्षक कृष्ण गैरे, ईश्वर पोखरेल लगायतले संस्था स्थापनाकाल देखि संस्थाले गरेका मानविय तथा परोपकारी कार्यको सराहना गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो साथै कार्यक्रमलाई सफलता उन्मुख बनाई परम्परागत चाडपर्व तथा रितिरिवाजको संरक्षणमा आयाम थपियोस भनेर विभिन्न व्यवसायिक संस्थाहरु क्रमश एक्सफोर्ड एण्ड भिसा सर्मिसेस, किङ्सफोर्ड इन्टरनेशल इच्चियूट, इन्द्रेगी ग्रुप, लेन्ड एण्ड लिज रियल्टी साउथ बेष्ट, श्रेष्ठ होम लोन,न्यू पोखरा ज्वलर्स, आर के पेस्ट कन्टोल एवं रिमुभल सर्मिसेस, प्रोपर्टी पल्स लगायतका संस्थाले सहकार्य एवं समन्वय गरेका थिए भने कार्यक्रममा संस्थाका सल्लाहाकार, कार्समितिका पदाधिकारी सदस्य ज्यूहरु, संगित तथा कला प्रेमिहरु ,नेपाल तथा अष्ट्रेलियामा रहनु भएका अभिभावक समुदायका अगुवा तथा सहयोगि संस्थाका प्रतिनिधि ज्यूहरुको उत्साहजनक उपस्थिती रहेको थियो |

२०८० कार्तिक ५, आईतवार प्रकाशित 1 Minute 664 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।