२०८१ बैशाख ११ मंगलवार

क्रान्ति बाज अर्जुन सुनामलाई राष्ट्रिय सभा चुनावमा किन भोट दिने?

आदरणीय मतदाताज्युहरु,
नमस्कार अभिवादन ।

स्याङजा जिल्लाको फेदिखोला गा.पा. ३ भाटखोलामा जन्मेका अर्जुन कुमार सुनाम विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका त्यागी,ईमान्दार तथा निष्ठावान युवा नेता हुन्। २०४५ सालमा नेकपा मार्क्सवादीको नेपाल प्रगतिशील विधार्थी युनियनमार्फत राजनीतिमा प्रवेश गरेका सुनाम अनेरास्ववियुको स्याङ्जा जिल्ला सचिव र उपाध्यक्षको समेत भूमिका निर्वाह थिए। २०६० सालमा अनेरास्ववियु गण्डकी अधिवेशनबाट अध्यक्ष । त्यसैगरी २०६० मा नै पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भएका सुनाम ०६३ मा उपसभापतिमा निर्वाचित भए । उनले अनेरास्ववियुको केन्द्रीय सदस्य, पार्टीको महाधिवेशन प्रतिनिधि, दलित बिधार्थीहरुको प्रतिनिधित्व गर्ने संगठन नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनको केन्द्रीय अध्यक्षको समेत जिम्मेवारी पूरा गरेका हाल नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य,नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय सचिवालय सदस्य तथा गण्डकी प्रदेश सचिव रहेका छन।

राजनैतिक त्याग र बलिदान:
– विधार्थी हकहित,समाज रुपान्तरण तथा समाज परिवर्तनका आन्दोलनको मोर्चामा कुशल तथा अग्रणी नेतृत्व गरेका सुनाम पटकपटक पक्राउ,गिरफ्तार ,यातना र जेल जीवन समेत भोगेका छन। -विभिन्न विद्यार्थी संगठनबीच चर्को राजनीति हुने पृथ्वीनारायण क्याम्पसमा २०६५ साल माघ ०८ गते अखिल क्रान्तिकारी र वाईसीएलको साङ्घातिक आक्रमणमा परेर मृत्युको मुखमा पुगेका राजनैतिक योद्धा गम्भीर घाइते भई १३ घण्टा बेहोस हुनुभएका पोखराको चरक,मणिपाल ,गण्डकी अस्पताल हुदै त्रि.बि.अस्पताल र काठमाडौं मोडलमा लामो उपचार पछि घरमा फर्कनु भएको थियो ।डिस्चार्ज भएपश्चात पनि दुई वर्षसम्म वैशाखीको सहारामा हिँडडुल गर्दै पार्टी तथा सामाजिक क्षेत्रमा क्रियाशिल रहनु भएको थियो ।हालसम्म पनि शारीरिक रुपमा अशक्त एवम अौषधीको सहारामा जीवन ब्यतित गर्नु भएको छ।

–अर्जुन कुमार सुनामलाई राष्ट्रिय सभामा किन विजय गराउने ?
*समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय अाकाङ्क्षा पूरा गर्न।
श्रमजीवी,भुमिहिन,दलित तथा अल्पसंख्यक समुदायको हकहितका लागि प्रभावकारी अावाज बुलन्द गर्न ।
* राष्ट्र र राष्ट्रियताको पक्षमा वकालत गर्न। * कुशल भुमिका,कार्यकौशलता र प्रभावकारीताको प्रदर्शन गर्न । * स्थायी प्रकृतिको व्यवस्थापकीय अंग राष्ट्रिय सभामा समावेशी र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना र विकासका लागि ।
तसर्थ यहि माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा यो वा त्यो राजनीतिक दल,बिचार,समुदाय,क्षेत्र,वर्ग नभनी एउटा समाज परिवर्तनको मुद्दामा सदैब अडिग,राजनैतिक तथा सामाजिक ब्यक्तित्व,सायद जिवनदान पाएको व्यक्ति(सायद तपाईं हाम्रो आशिर्वाद नभएको भए हरेक वर्षको माघ ०८ गते समवेदनाका २ शव्द लेख्नुपर्ने थियो)तर हाम्रो आशिर्वाद र शुभेच्छाले नै पुनर्जिबन पाएर निरन्तर राजनीतिक तथा समाजसेवामा तल्लिन निस्वार्थ राजनितिकर्मीको रुपमा देखेका छोै।.त्यसैले समाज विकास र राष्ट्र विकासको पर्याय अर्जुन कुमार सुनामलाई यस निर्वाचनमा जिताउनुहुन सम्पुर्ण मतदाता प्रदेश सभाका माननीय सांसदज्युहरु,पालिकाका प्रमुख,उप-प्रमुख एवं अध्यक्ष उपाध्यक्ष ज्युहरुहरुलाई हार्दिक अनुरोध गर्दछु।
(नोट: बुवा टेकबहादुर नेपाली ,२०३४ आश्विन २९ गते,स्याङ्जा ,भाटखोला)

✍️ क. झपट रानाभाट “निर्माण”
कास्की, गण्डकी प्रदेश ॥

२०७८ माघ ८, शनिबार प्रकाशित 1 Minute 323 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार