२०८१ बैशाख १८ मंगलवार

पोखराका सुनिल खड़काद्वारा जन्मदिनमा सुत्केरी मजदूरलाइ खाद्य सामग्री वितरण ।

पोखरा-८, कास्की बस्ने सुनिल खड़काले आफ़नो जन्मदिनको उपलक्ष्यमा ज्याला मज़दूरी गरेर खाने २२ दिने सुत्केरीलाई आफ़नो व्यक्तिगत खर्चमा खाद्य सामग्री वितरण गरेका छन ।

खडकाले आफ़नो जन्म दिनको अवसरमा अनावश्यक फजुल खर्च गर्नु भन्दा सेवा गर्नु नै धर्म हो भन्ने धारणाका साथ पोखरा-८, पोखरा इंजीनियरिंग कलेज पछाड़ी डेरा गरी बस्ने एक २२ दिनको सुत्केरीलाई क़रीब एक महीना पुग्ने खाद्यान्न सामग्री सहयोग गरेका छन ।

कोरोनाको समयमा देश लकड़ाऊनको अवस्थामा प्रायः सबै ज्याला मज़दूरी गरेर जीविका पार्जन गर्नेहरूलाइ निकै अपठयारो परेको समय छ, खड़काले भंछन यो समयमा बिशेस गरी बिपन्न अनी ज्याला मज़दूरी गरेर खानेलाइ साच्चै नै धौधौ परेको छ त्यसै लाई मध्यनज़र गर्दै आफूले सहयोग गरेको बताउछन ।

उनले एक बोरा चामल, घ्यु, दाल, नून, तेल, चीनी, आदि गरी क़रीब पाँच हज़ार बराबरको सहयोग गरेका छन । उक्त सामग्री हस्तान्तरण गर्दै खड़काले यस्तै बिसम परिस्थितिमा हुने खाने र हुदा खाने बिचको दूरी हटाऊनका निम्ति आफूले सकेको सहयोग गरेको र धेरै थोरै भंदा पनी सकेको सहयोग गरेको र गर्नुपर्ने बताए र सामग्री प्राप्त गर्ने सुत्केरी महिलाले खड़कालाई काम गरेर खाने अवस्था अहिले नभएको र सकने अवस्था नहुदा यो हाम्रो लागी निकै ठुलो कुरा रहेको र पुण्यको काम गर्नु भएकोमा धन्यवाद ज्ञापन गरेका थिए । उनी डेरागरी बसेको र आफ़नो पूर्ख्यौली थलो जान समेत नसकने भएका कारण बाध्यता बस बसनुपरेको बताउछन । खड़काले आगामी दिनमा समेत आफूले बिभिन्न अवसर पारी सकेको सहयोग गर्ने समेत प्रतिवद्दता जनाए ।

उक्त कार्यक्रममा वडा ८ का रेडक्रस संयोजक संजिव बरालको उपस्थितिमा वितरण गरीएको थियो ।

२०७८ असार २४, बिहीबार प्रकाशित 1 Minute 411 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार