२०८१ बैशाख ५ बुधबार

अष्ट्रेलियाको जीवन र करिअरबारे नेपाली युवा जमघट हुँदै ।

अष्ट्रेलियाको सिड्नीमा रहेको ओबन पार्कमा नयाँ तथा पुराना नेपाली विद्यार्थीहरूको जमघट हुने भएको छ। अष्ट्रेलियामा भरखर आएका विद्यार्थी तथा विद्यार्थीकाल सकेर करिअर बनाउँदै गरेकाहरू बीच अन्तर्क्रियात्मक जमघट हुन लागेको हो। अष्ट्रेलियाको नेपाली सामुदायिक मिडिया नेपाली पेज डटकम(https://nepalipage.com) र सिड्नीका नेपालीहरूको फेसबुक समुह ‘नेपलिज ईन सिड्नी’ (https://www.facebook.com/groups/NepaleseinSydney  को आयोजनामा शुक्रबार हुने कार्यक्रमले सिड्नीमा रहेका युवा तथा विद्यार्थीहरूलाई अष्ट्रेलियाको जीवन, पढाई, काम, पैसा करिअर साथै व्यवसाय सुरू गर्ने सन्दर्भमा अनुभव साटासाटको अवसर दिने आयोजकले अपेक्षा गरेका छन्।

कार्यक्रम १८ मार्च शुक्रबार ओबनको फ्रेण्डसिप पार्कमा हुनेछ। कार्यक्रमका संयोजक धर्वेन्द्रप्रसाद यादवले सिड्नीमा भरखरै आएका विद्यार्थीहरूलाई सेटल भईसकेका तथा यहाँको विभिन्न क्षेत्रमा करिअरबनाएकाहरूको ‘मेन्टरिंग’ मिलोस् भनेर कार्यक्रम गर्न लागिएको बताउनुभयो। यादवका अनुसार अघिल्लो ओबन मिटअप चार-पाँच जना विद्यार्थीले अष्ट्रेलियामा राम्रो जागिर र व्यवसाय सुरू गर्नकालागी सहयोगी भएकाले ‘ओबन मिटअप’को दोश्रो संस्करण गर्न लागिएको हो। मिटअपले नयाँ आएका विद्यार्थीलाई कसरी कस्तो सेवा कहाँबाट लिने, कस्ता कलेज, कोर्ष पढ्ने देखी अष्ट्रेलियाको सामान्य दैनिकीका अनेकन पक्षका बारेमा जानकार गराउने छ। नेपालीपेजडटकमले सन् २०१४ देखी अष्ट्रेलियामा नेपाली समुदायलाई सुसूचित गर्दै विद्यार्थी तथा युवा हकहितको मुद्दा उठाउँदै आएको छ।

यसपालीको मिटअपलाई सिटी एक्सप्रेस, प्रिज्मस एजुकेशन कन्सल्टेन्सी र डेन्टेडकोडले प्रायोजन गरेका छन् भने विश्वपाटी मिडिया पार्टनर रहेको छ। व्यवसायिक भन्दा पनि युवालाई करिअर र नयाँ ठाउँको जीवनको बारेमा जानकारी गराउन, भेटघाटको अवसरको रूपमा कार्यक्रम गर्न लागरेको यादवले बताउनु भयो।

कार्यक्रम विवरण:

स्थान: ओबन पार्क Hutchinson St, Auburn NSW 2144

समय: १८ मार्च २०२२ शुक्रबार साँझ ४.३० बजे

२०७८ चैत्र १, मंगलवार प्रकाशित 1 Minute 578 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार