२०८१ बैशाख १३ बिहीबार

चर्चित हास्यकलाकार सन्दीप क्षेत्रीले दिए स्पष्टिकरण, वास्तविकता यस्तो पो रहेछ त !

दुबई, चर्चित हास्यकलाकार तथा होस्ट सन्दिप क्षेत्रीले चुनावी सम्बोधन बारे स्पष्टिकरण नै दिनुपरेको छ । गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभामा बोलेपछि कलाकार सन्दीप क्षेत्री स्वतहः विवादमा मुछिएका छन् ।

उक्त सभामा क्षेत्रीले गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहाललाई शुभकामना सहित बधाई दिएका थिए । क्षेत्रीको उक्त चुनावी सभा सम्बोधन यतिबेला विवादमा तानिएको छ । तटस्थ बस्नुपर्ने कलाकारले भोट माग्दै हिंडेको भन्दै सामाजिक सञ्जालमा उनको टीभी कार्यक्रम अनी उनले बिज्ञापन गरेको सामान समेत बहिष्कार गर्ने सम्मको विरोध व्यापक सुरु भएको छ ।

ट्वीटर र फेसबुकमा अनी सामाजिक संजालमा क्षेत्रीको भरतपुर भाषणलाई लिएर मिश्रित प्रतिक्रिया व्यक्त भइरहेको छ । कतिपयले शुभकामना दिन पाउनु कलाकारको धर्म भएको बताइरहेका छन् भने अधिकले क्षेत्रीले राजनीतिक तटस्थता अपनाउन नसकेको उल्लेख गरेका छन् ।

आफ्नो भरतपुर भाषणलाई ‘राजनीतिक प्रपोगान्डा’ बनाउनु उचित नभएको बताए । रेनु दाहाललाई शुभकामना दिन र सचेत तुल्याउन मात्र आफू सभामा पुगेको उनले बताए ।

म भोट माग्न भने गएको होइन । शुभकामना र सचेत तुल्याउन मात्र गएको हुँ,’ उनले भने, ‘शुभकामना दिनु र सचेत बनाउनु कलाकारको धर्म हो । केपी ओलीको सभामा पुगेर पनि शुभकामना दिन त पाइन्छ ।
यति बेला चुनावी माहोल संगै बिभिन्न कलाकारहरू राजनैतिक नेताहरू बाट धमाधम पार्टी प्रवेश गरेका छन ।

२०७९ बैशाख २३, शुक्रबार प्रकाशित 0 Minutes 355 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार