२०८१ बैशाख १३ बिहीबार

प्रवासी नेपाली मंच अष्ट्रेलिया, तास्मानिया राज्यले सप्ताहव्यापी रक्तदान कार्यक्रम गर्दै ।

दुबई, नेकपा एमालेको बिदेश संगठन प्रवासी नेपाली मंच अष्ट्रेलियाको तास्मानिया राज्य कमिटीले यही जुन २०२२ मा सप्ताह व्यापी रक्तदान कार्यक्रम गर्ने भएको छ ।

यही आऊदो जुन १३ देखी १९ सम्म हुन गईरहेको उक्त कार्यक्रम तास्मानिया राज्यको होबार्ट अनी लंचेस्टन शहर गरी दुई ठाऊमा हुने बताईएको छ । अष्ट्रेलियाको राष्ट्रिय रक्तदाता सप्ताहको अवसरमा उक्त कार्यक्रमको आयोजना गर्न लागीएको हो ।

राज्य कमिटीका अध्यक्ष मुगेन गौतमले तास्मानियालाई कर्म थलो बनाई रहदै आऊनु भएका नेपालीहरू बिच भाईचारा अनी दुःख सुखमा एक हुनको निम्ति र नेपाली समुदायलाई बिदेशमा नेपाली संस्कृति, रहनसहन, भाषा, भेष अनी बिभिन्न कारणले नेपाल र नेपालीलाई चिनाऊन संस्था सदैव लागी रहेको बताए साथै यस रक्तदान कार्यक्रम करिब एक हप्ता सम्म चल्ने हुँदा आफ़नो समय मिलाएर इच्छुक साथीहरूलाई रक्तदान गर्न समेत आग्रह गरेका छन । रक्तदान एक पुण्य को काम रहेको हुँदा यस कार्यक्रमलाई अवसरको रुपमा लीन समेत अनुरोध गरेका छन ।

उक्त रक्तदान कार्यक्रममा दर्ता गराउनको निम्ति होबार्ट शहरमा केराज खनाल अनी लंचेस्टनमा मुगेन गौतम संग सम्पर्क गर्नुपर्ने छ ।

यस पछी कमिटीले बिभिन्न कार्यक्रमहरू लिएर समेत आऊने कमिटिका उपाध्यक्ष केराज खनालले बताए साथै तास्मानियामा रहनुभएका नेपालीहरू लाई अपठयारो अनी दुःखमा प्रवासी नेपाली मंचलाई समझन समेत आग्रह गरेका छन । कमिटिका सचिव सुनिल खंडाल द्वारा जारी कार्यक्रमको प्रेस बिज्ञप्तिमा आगामी दिनमा नेपाल देखी आऊनुभएका अभिभावक हरू बिच पिकनिक कार्यक्रम अनी त्यस पस्चात तीज पर्व लाई मध्यनजर गरी तीज बिशेष कार्यक्रम को आयोजना गर्ने समेत गर्ने उल्लेख गरीएको छ ।

आज सम्पन्न बैठक बाट बिभिन्न कार्यक्रम हरू सम्भव भए सम्म गर्ने घोषणा गरीएको थियो ।

यस अघी प्रवासी नेपाली मंच अष्ट्रेलियाले बिभिन्न सामाजिक, शैक्षिक, पारिवारिक, स्वास्थ्य लगायतको क्षेत्रमा काम गर्दै आएको छ । करिब ७५० बढ़ी सदस्य रहेको या संस्थाले आगामी दिनमा समेत समुदायको लागी बिभिन्न कामहरू गर्ने बताईएको छ ।

२०७९ जेष्ठ १३, शुक्रबार प्रकाशित 0 Minutes 402 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार