२०८१ बैशाख ७ शुक्रबार

नेपाली युवाहरू द्वारा सिड्नी कोग्राह स्थित रोयल दरबार नामक नेपाली रेस्टूरेण्ट संचालनमा आऊदै ।

अस्ट्रेलियाको सिड्नी स्थित कोग्राहमा नेपाली युवाहरु, पोखराका प्रकाश सुबेदी र काठमाँड़ौका सागर जंग बहादुर राणाद्वारा अब छिटै नै बिशुद्ध रोयल दरबार रेस्ट्रो संचालनमा ल्याउने भएका छन । यति बेला सिड्नी कोरोनाको प्रकोपको कारण लकड़ाऊनको अवस्थामा छ र लकड़ाऊन पस्चात रेस्टुरेण्टलाई बिधिवत रुपमा संचालनमा ल्याउने भएको छन।

अस्ट्रेलियामा अझ बिशेस गरी २०१६ को जनगणना अनुसार न्यु साउथ वेल्स राज्यमा मात्र ३६,२०० नेपालीहरू रहेको तथ्यांकले बताएको छ र यो संख्या त्यसै पनी बढ़दो अवस्थामा छ भने राज्य भित्रको सिड्नीमा नेपालीहरुको चाप झन बढ़दो रहेको हुनाले नेपालीहरूको माग़लाइ वास्ता गर्दै रेस्टुरेण्ट संचालनमा ल्याउन लागीएको र नेपाल कै स्वाद अनी उस्तै उस्तै वातावरणमा रमाउन मिल्ने गरी बिदेशी भुमीमा दुःख, मेहेनत र परिश्रम संगै कहिलेकाही बाहिर साथीभाई, पारिवारिक घूमघाम गरी रमाऊन मिल्ने गरी तयार गरीएको संचालक प्रकाश सूबेदिले बताए र हामिले यही व्यवसाय नै किन रोज्नु भयों भनेर सुबेदीलाई प्रश्न गर्दा उनले यो व्यवसायबाट बिदेशमा रोज़गारीको सृजना पनी गर्न सकिने र स्वादमा पनी हामी संसारको जून सुकै कुनामा रहेपनी नेपाली हो भन्ने भान गराउनु हामी युवाहरूको कर्तव्य हो भन्ने कुरा बताए । सुबेदी पोखरा देखी नै समजासेवा संगै युवा व्यवसायी समेत हुन । उनी आफूले सकेको आर्थिक सहयोग, सहयोग अभियानमा गर्ने गरेका छन । बोलिमा मिज़ासिलो अनी प्रखर वक्ताका रुपमा युवाहरू माझ लोकप्रिय छन ।

क़रीब डेढ़ करोड़ रुपैया लगानीमा संचालन गर्न लागीएको रेस्टुरेण्टमा झंडै ६० जना एकैपटक बसेर खान मिल्ने गरी सीट तयार गरीएको र क़रीब २० जनालाइ सुरूवातमा रोज़गारी समेत दिन सकिने अर्का संचालक सागार जंग बहादुर राणाले बताए । उनले पनी बिदेशमा रहेको नेपाली र नेपालको पहिचान नै खाना र स्वाद अनी संस्कृति, धर्म र भेसभुसा रहेको बताउछन ।

बिशुद्ध नेपाली परिकारहरू लिएर आऊने जमर्कोमा लागिरहेको यो टीम झट्ट हेर्दा नाम समेत पुरानो शैलीको हुदा आकर्सणको केंद्रबिन्दु बन्ने सक़्ने कुरा रहेको एक कोग्राह स्थित बसोबास गर्ने होम बहादुर नेपाली बताउछन । रोयल दरवार नामक रहेको रेस्टुरेण्ट दरबार शैलीमा देखिने गरी आन्तरिक व्यवस्थापनमा निमार्ण अगाड़ी बढ़ाइएको देखीएको छ ।

यसले के पनी देखाउछ भने हरेक युवाहरु व्यापार व्यवसायमा लागीरहदा उनिहरुको समाज प्रतिको उत्तरदायित्व अनी उदाहरणीको पात्र समेत बंनु पर्ने सिकाउद छ ।

२०७८ श्रावण ३०, शनिबार प्रकाशित 0 Minutes 2808 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार