२०८० चैत्र १६ शुक्रबार

अस्ट्रेलिया पठाउन भारतको पञ्जाबमा आफ्नै छोरासंग छोरीको बिहे

सिडनी अष्ट्रेलिया ।

अस्ट्रेलिया पठाउन भारतको पञ्जाबमा आफ्नै छोरासंग छोरीको बिहे ।

नेपालमा हाडनाता सम्बन्धमा विवाह चल्दैन । कानून अनुसार यदी विवाह भयो भने पनि स्वतः बदर हुन्छ । तर अवसर र फाइदाका लागि मानिसहरु कुन हदसम्म गिर्छन् भन्ने हालै सार्वजनिक एउटा भारतको समाचारले पुष्टि गरेको छ ।

हालै भारतको पञ्जाबमा एक परिवारले छोरीलाई अष्ट्रेलिया पठाउन भाइसँगै विवाह गरिदिएका छन् । विवाह लगत्तै बहिनीले नक्कली पासपोर्ट बनाएर अष्ट्रेलिया गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन । भाइ-बहिनीको विवाह गराउन उनीहरूका आफन्त पनि लागिपरेको जनाइएको छ ।

घटना भारतको हो । भारतको पन्जाबमा एउटै दिदीभाइले अष्ट्रेलिया जाने लोभमा विवाह गरेका हुन् । भाइ अष्ट्रेलिया कार्यरत भएको र बहिनीलाई अष्ट्रेलिया सिफ्ट हुनुपरेकोले उनले आफ्नै भाइसँग विवाह गरेकी हुन् ।पञ्जाबमा सम्बन्धको इज्जतलाई बेवास्ता गर्दै नक्कली कागजपत्रको सहारामा दाजु-बहिनीले गरे विवाह, कारण थियो अस्ट्रेलियामा बस्ने ।

एउटी युवतीले अस्ट्रेलिया जाँदा आफ्नो असली भाइसँग बिहे गरिन् भन्ने खबर सुनेर मानिसहरु छक्क परे । यो पूरै घटनामा सबैभन्दा अचम्मको कुरा यो छ कि उनको परिवारका सदस्यहरुको पनि संलग्नता देखिन्छ । प्रहरीका अनुसार यो ठगीको गम्भीर घटना हो ।

नक्कली कागजात रिपोर्टका अनुसार यो उपलब्धिपछि युवती नक्कली राहदानी बनाएर अष्ट्रेलिया गइन् । युवतीलाई चिनेकी एक महिलाले यस कार्यको बारेमा प्रहरीमा उजुरी गरेपछि यो कुरा बाहिर आएको हो ।प्रारम्भिक अनुसन्धानमा यस षड्यन्त्रमा दाजुभाइका परिवारका सदस्य पनि संलग्न रहेको खुलेको छ ।

प्रहरीका अनुसार यही गाउँकी यी युवतीलाई विदेशमा बस्ने रहर थियो तर भिसा नपाएपछि उनले परिवारका सदस्यसँग मिलेर यो षड्यन्त्र रचेकी हुन् । स्थानीय पञ्जाबको एक प्रहरी चौकीमा तैनाथ इन्स्पेक्टर जय सिंहले भने, ‘अनुसन्धानका आधारमा अहिलेसम्म थाहा पाएका छौँ कि युवतीका भाइ अस्ट्रेलियाको स्थायी बासिन्दा हुन्।

र उनको बहिनीले पहिले त्यहाँ बस्नका लागि नक्कली कागजात बनाएर आएका थिए । गुरुद्वाराबाट बनेको विवाहको प्रमाणपत्र लिएको थियो, त्यसपछि रजिष्ट्रारको कार्यालयबाट विवाह दर्ता गरिएको थियो ।

Source: Epress

२०७९ चैत्र १५, बुधबार प्रकाशित 1 Minute 180 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार