२०८३ असार १२ शुक्रबार

आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य!!

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ।
निगमले बुधबार राति १२ः०० बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो। यस्तै हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ बढाइएको छ।
अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १२२ रुपैयाँ तथा हवाई इन्धन प्रतिलिटर १०६ रुपैयाँ पर्नेछ।
यसअघि निगमले कार्तिक २४ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो।

२०७८ माघ ५, बुधबार प्रकाशित 0 Minutes 333 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।