२०८३ असार ५ शुक्रबार

एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठ पनि शीतल निवासमा !

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दाबी पेश गर्न दलहरूलाई दिएको समयसीमा आइतबार ५ बजे सम्मका लागि तोकिएको बेला केही मिनेट बाँकी छँदा नेकपा एकीकृत समाजवादीका सांसद कृष्ण कुमार श्रेष्ठ किसान पनि राष्ट्रपति कार्यालय पुुगेका छन् ।

हालसम्म प्रचण्ड प्रधानमन्त्री बन्ने भएपछि एकिकृत समाजवादीको कुनै प्रतिक्रिया नआएको अवस्थामा श्रेष्ठ इन्ट्रीलाई चासोका रुपमा लिइएको छ।

नेपालको आगामी प्रधानमन्त्रीको लागि आफ्नो दाबी पेश गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

उनीसँग एमाले अध्यक्ष केपी शर्मा ओली पनि रहेका छन्। एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकले माओ‌वादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो।

नेकपा एमालेसहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरू छलफलमा सहभागी थिए।

 

२०७९ पुष १०, आईतवार प्रकाशित 1 Minute 238 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।