२०८१ बैशाख १८ मंगलवार

ब्ल्याकटाउन नेपलिज कम्युनिटी सिड्नीको अध्यक्षमा सिताराम घिमिरे ।

✍️✍️ मेलबर्न,
अस्ट्रेलियाको, सिड्नीमा पश्चिमी क्षेत्रमा पर्ने ब्ल्याक टाउन काउन्सिलमा बस्ने नेपालीहरुको साझा संस्थाको रुपमा सन २०१६ मा स्थापित भइ बिबिध सामाजिक एबं परोपकारी कार्यमा अग्रिणी भूमिका खेल्दै आइरहेको ब्ल्याकटाउन नेपाली कम्युनिटीको तेस्रो साधारण सभाले सिताराम घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा सरास्वती घिमिरे र दिपेन्द्र उप्रेती, सचिबमा प्रकृति श्रेष्ठ, सहसचिबमा बिशाल पोख्रेल र कोषाध्यक्षमा निराजन बिसुराल रहेका छन् । त्यस्तै सदस्यहरुमा शैलेन्द्र कार्की, मदन देउराली, रुप राज मैनाली, रोशन लामिछाने, दीपा जोशी, दिपक अर्याल, अनिता श्रेष्ठ, अनिल पोख्रेल, शर्मिला शर्मा र सुनिल मानन्धर रहेका छन्।
कम्यूनिटीले सन २०१९ देखी संचालनमा ल्याएको सम्झना पाठशालाले यस क्षेत्रका नेपाली समुदायका बालबालिकाहरू लाई नेपाली भेस-भुसा, भाषा, लगाएत नेपाली गायन, नृत्य, मार्शल आर्ट, चित्रकला लगाएत बिबिध गतिबिधि र त्यसबारे कक्षाहरु संचालन गरि सिड़नीमा उदाहरणीय कार्य गर्दै आइरहेको छ ।
त्यस्तै आगामी कार्यकालमा ब्ल्याकटाउन काउन्सिलमा बसोबास गर्नुहुने युवा तथा दोस्रो पुस्तालाई समेट्नको लागि युवा मँच स्थापना गरिने र प्रत्येक महिनाको पहिलो आइतबार बेलुकी जुम मार्फ़त हाजिरी जवाफ प्रतियोगिता, प्रेरणात्मक गोस्ठि र शिक्षा सम्बन्धि जानकारी मुलक कक्षाहरु जस्ता कार्यक्रम संचालन हुनेछ । यो कार्यक्रमले दोस्रो पुस्ताका युवाहरू बिच भाईचाराको सम्बंध र नेपाली संस्कृतिको जगेर्ना समेत हुने छ । त्यस्तै ब्ल्याकटाउनमा रहेका विद्यार्थीहरुलाई प्रोत्साहन गर्नको निम्ति युथ फ़र एक्सिलेंस अवार्डको कार्यक्रम समेत सुरुवात हुने भएको छ । आफ़ु अध्यनरत बिद्यालय बाट लिईने परीक्षामा सबैभन्दा बढी अंक ल्याउने र न्यू साउथ वेल्स राज्य स्तरको खेलकुद प्रतियोगितामा पुग्न सफल खेलाडी तथा विद्यार्थीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्रसहित प्रत्येक वर्ष सम्मान गर्ने । सस्थाले कोरोनाको कारण भेटघाट गर्न नमिल्ने हुदा सामाजिक संजाल मार्फ़त बिभिन्न कार्यक्रमहरू संचालन गर्ने र शिक्षा अनी युवा बिशेस कार्यक्रमहरू संचालनमा जोड़ दिने बताइएको छ ।
कोरोनाको कारण भौतिक रुपमा उपस्थिति हुन नमिल्ने भएपछी भरचुयल (ज़ुम) मार्फ़त साधारण सभा सम्पन्न भएको थियो । कार्यक्रममा समुदायको बिचमा बिगत लामों समय देखी र नव आगन्तुक नेपालीहरू बिच बिभिन्न बिसयमा छलफल संगै आगामी योजनाको बारेमा समेत चर्चा गरीएको थियो । कार्यक्रममा नव गठित समितिका अध्यक्ष सिताराम घिमिरेले आफ़ुले बिदेशमा नेपालीहरूको जमात र समाजलाई नेतृत्व गर्न पाउनु नै मेरो लागी ठुलो अवसर रहेको बताए साथै यो बिसम परिस्थितिमा सबै समुदायको मात्र नभई सिंगो बिश्व भर रहेका किनेपालीहरूलाई सुरक्षित रहन समेत आग्रह गरेका थिए र आफूले पाएको यो अवसरलाई आफ़नो क्षमता र साथीभाईको साथले सफल पुर्वक काम गर्ने प्रतिवद्दता सहित सबैलाई बिशेस धन्यवाद समेत ज्ञापन गरेका थिए र यो संगै प्रवासी नेपाली मँच अस्ट्रेलिया, न्यु साउथ वेल्स राज्यका अध्यक्ष कृष्ण सापकोटाले बधाई सहित सम्पूर्ण निर्वाचित सदस्यहरूलाई समेत शुभकामना व्यक्त गरेका छन र बिभिन्न सामाजिक संजाल मार्फ़त यतिबेला घिमिरे लाई बधाई व्यक्त गरेका छन ।

२०७८ भाद्र ८, मंगलवार प्रकाशित 1 Minute 699 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार