२०८१ बैशाख १७ सोमबार

सवारीचालक अनुमतिपत्र ‘लाइसेन्स’ लिनेलाई खुसीको खबर, परीक्षा सुरु हुँदै ।

काठमाडाैं । कोरोनाभाइरस महामारीका कारण स्थगित गरिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन गर्ने गरि यातायात व्यवस्था विभागले तयारी गरेकाे छ।

विभागले लाइसेन्सका लागि परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड तयार पारेर त्यसैअनुरूप परीक्षा सञ्चालन गर्नका लागि देशभरिका यातायात कार्यालयहरूलाई पत्राचार गरेको छ।

नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड लागु गराउन सकिने गरि कार्यालयके जनशक्ती र परिक्षा सञ्चालनका लागि आवश्यक भवन र परिक्षा हलको उपलब्धताका अधारमा एक सिफ्टमा प्रतिकोठा २५ जना वा परिक्षा हल ठुलो भएमा स्वास्थ्य मापदण्ड पालना गर्ने गरि परिक्षार्थीलाइ परिक्षामा सामेल गराउन सकिने उल्लेख गरको छ ।

विभागले डेढ महिनाअघि नै परीक्षा सञ्चालन गर्ने गृहकार्य अघि बढाएको भए पनि सबै किसिमका परीक्षा सञ्चालन गर्नमा रोक लगाइएको अवस्थामा त्यो अघि बढ्न सकेको थिएन।

२०७८ भाद्र ११, शुक्रबार प्रकाशित 0 Minutes 782 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार