२०८३ असार १२ शुक्रबार

पोखरेली युवा व्यवसायी खड़काले खोले एकै साथ टाट्टू, पिएरसिंग अनी बार्बर शप ।

पोखरा-नेपाल ।

पोखरेली युवा व्यवसायी खड़काले खोले एकै साथ KBK Tattoos, Piercing & Barber Shop.

पोखराका उदाउदो युवा व्यवसायी सुनील खड़काले हाल सालै मात्र एक अर्कों व्यवसाय को सुरुवात गरेका छन । उनले उक्त व्यवसायमा एकै ठाऊमा तीन सुविधा प्रदान गर्ने गरी सुरु गरेका छन । जस अन्तर्गत टाट्टू, पियरसिंग अनी बार्बर शप गरी तीन वटा सेवा प्रदान गर्ने छन ।
बढ़दो युवा पुस्ताको जमात अनी माग र समय अनुकूल परिवर्तन गर्ने उद्देश्यका साथ २७ वर्षीय सुनील खड़काले यस व्यवसायको सुरुवात गरेका छन । उनले यस अघी मिडिया हाउस समेत संचालन गरेका छन ।

उनको उक्त व्यवसायमा अहिले आधुनिक युग अनुसार युवाहरू लाई मध्यनजर गरी सबै खालका टाट्टू, हरेक किसिमको पियरसिंग अनी मोडर्न डिजाइन अनुरूप कपाल काटने, कपाल रंगरोगन, स्ट्रेट आदि सबै खाले सेवाहरू उपलब्ध रहेको छ । एकै ठाऊमा यी तीन सेवाहरु उपलब्ध गराऊनु सायद पोखरामा पहिलो पटक यसरी सेवा उपलब्ध गरेको एक सेवाग्रही बताऊछन ।

आज एक औपचारिक कार्यक्रम बिच KBK टाट्टू, पियरसिंग एण्ड बार्बर शपनामक उक्त व्यवसायको पोखरा महानगर पालिका वडा नम्बर ८ का वडा अध्यक्ष रुद्रनाथ बराल एवं गण्डकी प्रदेशका सफल युवा व्यवसायी महेन्द्र गुरुंगको संयुक्त मा समुद्घाटन गरीएको छ ।

कार्यक्रममा युवा नेता बिकास अधिकारी, सुबास सापकोटा, सुनिल गुरुंग, दीपक जंग कार्की, यूटूबर सन्तोष सुनार, सुरक्षा बाट ओम राज गुरुंग, रुक गुरुंग, बिनोद लमसाल, हिमाल घताने, बिशाल लामा लगायत स्थानीय बासी र पोखराका युवाहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा अतिथिको रुपमा वडा अध्यक्ष रुद्रनाथ बरालले आफ्नो वडा भित्र एक युवाले यसरी व्यवसाय सुचारू गर्दा सिंगो वडा कार्यलय अनी वडा बासीहरूको लागी गौरवको बिषय रहेको हुदा सबैको सहयोग अनी हौसला प्रदान गर्न आवश्यक रहेको बताए साथै व्यवसायको सफलताको समेत शुभकामना व्यक्त गर्दे आगामी दिनमा आइपर्ने हरेक खालको सहयोग रहने प्रतिवद्दता समेत व्यक्त गरेका थिए ।

त्यस्तै अतिथिको रुपमा सफल युवा व्यवसायी एवं राष्ट्रिय युवा संघ नेपालका उप-महासचिव समेत रहेका महेन्द्र गुरुंग ले आफु एक व्यवसायी भईरहदा समाजमा युवा भाईहरू ले गरेको सुरुवाति प्रति आफ्नो बिगतको समझना दिलाउने खाल्को झल्को आऊने बताए र व्यवसायको सफलताको निम्ति शुभकामना सहित सहयोग र साथ हरेक घड़ीमा रहेको बताए ।

त्यस्तै कार्यक्रमका अध्यक्ष एवं संचालक सुनील खड़काले आफु एक युवा भईरहदाँ आजको दिनमा हज़ारौ युवाहरू प्लेन चढ़न तछाडमछाड गरी बिदेशि भुमीमा लामवद्ध गईरहदा आफुलाई समेत बिदेशको अवसर आउदा समेत इंकार गरी आफ्नो देश मै केही गर्ने अविलाशाका साथ व्यवसायमा अग्रसर रहेको बताए साथै उपस्थित सबैमा धन्यवाद सहित आगामी दिनमा सेवा गर्नको निम्ति मौका प्रदान गर्नुहुन आम पोखरेली बासीहरूमा आह्वान समेत गरेका कुरा बिश्वपाटीको संवाददाता मिलन खड़काले बताए।

२०८० बैशाख ४, सोमबार प्रकाशित 1 Minute 912 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।