२०८१ बैशाख १८ मंगलवार

तामाङ समाज भिक्टोरिया, अष्ट्रेलियाले दुवै मृगौला फेल भएका बिजयलाई आर्थिक सहयोग ।

तामाङ समाज भिक्टोरिया, अष्ट्रेलियाले हेटौड़ा, मकवानपुर, नेपाल घर भई दुवै मृगौला फेल भएका बिजय बहादुर तामाङलाई नेपाली रु एक लाख सहयोग गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका कारण बिजयको परिवारले यति बेला उपचारको निम्ति आर्थिक रक़मको सहयोग खोजिरहेका छन ।
तामाङ समाज भिक्टोरिया अष्ट्रेलियाको अध्यक्ष पेमा दोर्जे बमजन तामाङको नेतृत्वमा आर्थिक सहयोग संकलन गरीएको थियो । उनले भंछन समाजमा कोही दुःख अपठयारोमा परेको बेला यो समाज अष्ट्रेलियामा सहयोगी अनी अभिभावकको रुपमा रहेको र कुनै पनी बेला सहयोगको खाँचों पर्दा आफू अनी संस्था र समाज सधै तयार रहेको बताए ।

३३ वर्षीय बिजयको दुवै मृगौला फेल भएपछि ट्रान्सप्लाण्ट गर्नु पर्ने भएको हो र यस्का लागी निकै महँगो रहेको छ उपचार गर्नलाई त्यसै कारणले आफूहरू ले सकेको सहयोग गरेको तामाङ समाज अष्ट्रेलियाको संरक्षक बम बहादुर योंजनले बताए । साथै सहयोगको याचना गरेर जो कोही समाजलाई ख़बर गरेको बखत सकेको सहयोग गर्ने समेत बताए ।

यस अघी पनी अस्ट्रेलियामा तामाङ समुदाय बिच कुनै समस्या अनी आर्थिक अभाव परेको बेला समाजले हरेक हिसाब बाट सहयोग गर्दै आएको छ, शिक्षा, स्वास्थ्य अनी खेलकुदमा बिशेष सहयोग र नव युवा पीढ़ीहरूको निम्ति समाज सदैब रहेको र आगामी दिनमा समेत आवश्यक पर्दा तामाङ समुदाय मात्र नभई हरेक जातजाती, भाषा, धर्म अनी संस्कृतिका व्यक्ति र समुदायलाई सहयोग गर्ने प्रवासी नेपाली युवा मँच, अस्ट्रेलियाका केन्द्रीय युवा नेता तथा समाजका सक्रिय सदस्य बिरोध थिंग तामाङले बिश्वपाटीलाई बताए ।

२०७८ आश्विन ४, सोमबार प्रकाशित 0 Minutes 335 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार