थिर गुरुङद्वारा एनआरएनए अष्ट्रेलिया २०२५–२०२७ का लागि उम्मेदवारी घोषणा
एडिलेड, दक्षिण अष्ट्रेलिया – आउँदो जुलाई २६ मा हुन गइरहेको गैर-आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया को निर्वाचनमा दक्षिण अष्ट्रेलियाको राज्य संयोजक पदका लागि थिर गुरुङ ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
दक्षिण अष्ट्रेलियावासी नेपाली समुदायलाई सामाजिक सञ्जालमार्फत सम्बोधन गर्दै गुरुङले आफु अष्ट्रेलिया बसाइको १८ औं वर्षमा प्रवेश गर्दै गरेको र एनआरएनएसँग १५ वर्षदेखि जोडिएको अनुभव आधार बनाउँदै उम्मेदवारी दिएको उल्लेख गरे।
उनले भने, “मैले विभिन्न संघसंस्थामा एक असल स्वयंसेवीका रूपमा काम गर्ने अवसर पाएको छु। एनआरएनको अभियानमा सधैं सक्रिय भएर लागिरहेको छु र यस संस्थामा अझ पारदर्शी, समावेशी र उत्तरदायी नेतृत्व दिन चाहन्छु।”
⸻
उम्मेदवारीको प्रमुख कारणहरू:
• समुदायमा पारदर्शी र जवाफदेही नेतृत्व प्रस्तुत गर्ने।
• दोस्रो पुस्ताका युवाहरूलाई एनआरएन अभियानमा सहभागी गराउने।
• नेपालीहरूको हकअधिकार र आपतकालीन सहयोगका लागि सक्रिय भूमिका खेल्ने।
• विद्यार्थी र सामाजिक कार्यक्रमहरूलाई प्रभावकारी बनाउने।
⸻
प्रस्तावित १० कार्ययोजना:
१. नेपाली सामुदायिक हल स्थापनाका लागि छलफल र आर्थिक संकलन।
२. दोश्रो पुस्ताको कला तथा प्रतिभा प्रस्तुत गर्ने कार्यक्रम सञ्चालन।
३. प्रत्येक ३–६ महिनामा समस्या समाधान केन्द्रित छलफल आयोजना।
४. स्थानीय सरकारको कार्यक्रममा नेपालीको पहिचान प्रस्तुत।
५. नेपाली खेलकुद संघसँग सहकार्य र उपस्थिति।
६. नेपाली संघ, संस्था र व्यवसायीबीच जानकारी आदानप्रदान।
७. सवै नेपालीलाई सल्लाहकार बनाउन प्रस्ताब।
८. एनआरएनए मार्फत जानकारीमूलक गतिविधि सञ्चालन।
९. विद्यार्थी लक्षित उपयोगी कार्यक्रम आयोजना।
१०. एनआरएनको इतिहास समेटिएको पुस्तक प्रकाशन।
⸻
थिर गुरुङको भनाइमा:
“पद भनेको नेतृत्व होइन, सेवा हो। म तपाईंहरूको अमूल्य मत, साथ र विश्वासको अपेक्षा गर्दछु। एनआरएनए कुनै व्यक्ति विशेषको संस्था होइन, यो हामी सबै नेपालीको साझा घर हो।”
“Volunteer हुनु सधैं सम्मानको विषय हो। तपाईंको समय, आवाज र प्रयास समाजको लागि परिवर्तन ल्याउने शक्ति हो।”
“सही समयमा सही सहयोग मिल्यो भने हामी सबैले अझ राम्रो काम गर्न सक्छौं। म यहाँ नेतृत्व गर्न होइन, सेवाको भावनासाथ अगाडि बढ्न आएको हुँ।”
⸻
सदस्य बन्नको लागि एप डाउनलोड गर्न सकिन्छ:
📱 iPhone मा डाउनलोड गर्न:
https://apps.apple.com/au/app/smart-nrna/id1544254635
📱 Android मा डाउनलोड गर्न:
https://play.google.com/store/apps/details?id=com.respect.nrna
⸻
भवदिय,
थिर गुरुङ
फोन: ०४३३८२२८७६
“संगै मिलेर सामाजिक काम गरौं — अबको यात्रा तपाईंहरूको साथ, मेरो आवाज।”