२०८३ जेष्ठ २५ सोमबार

प्रेम दाहाल : एनआरएनए NSW SCC सदस्य पदका उम्मेदवार

प्रेम दाहाल: अष्ट्रेलियाबाट एनआरएनए एससीसी सदस्य पदका उम्मेदवार

सिड्नी, अष्ट्रेलिया – आगामी गैरआवासीय नेपाली संघ (NRNA) न्यू साउथ वेल्स (NSW) २०२५–२७ कार्यकालका लागि एससीसी सदस्य पदमा डब्बो निवासी प्रेम दाहाल उम्मेदवारी लिएर प्रस्तुत भएका छन्। सिन्धुली, नेपाल स्थायी घर भई हाल अष्ट्रेलियाको डब्बोमा स्थायी रूपमा बसोबास गर्दै आएका दाहाल विगत आठ वर्षदेखि नेपाली समुदायमा सामाजिक सक्रियता, युवा नेतृत्व र व्यावसायिक विकासमा अग्रसर व्यक्तित्वका रूपमा चिनिँदै आएका छन्।

नेपालदेखि अष्ट्रेलियासम्मको प्रेरणादायी यात्रा
प्रेम दाहाल सन् २०१७ मा अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा अष्ट्रेलिया आएका थिए। उच्च शिक्षा, अन्तर्राष्ट्रिय exposure र स्वदेश तथा समुदायको भविष्य निर्माण गर्ने लक्ष्यसहित उनी अष्ट्रेलिया छिरेका थिए। हाल उनी McDonald’s Dubbo मा म्यानेजरको भूमिकामा कार्यरत छन्, जहाँ उनले नेतृत्व, सेवा क्षेत्रको अनुभव, र टीम निर्माणको सशक्त अभ्यास गर्दै आएका छन्।

उनको करियर यात्रा विविध छ — hospitality, construction, cleaning र खुद्रा व्यवसायमा अनुभव प्राप्त गरेका प्रेमले नेपालमा पनि आफ्नै व्यवसाय सञ्चालन गरेका थिए। शिक्षा क्षेत्रमा समेत गहिरो समझ भएका उनी विद्यार्थी र युवा पेशेवरहरूको समस्यालाई नजिकबाट बुझेका छन्।

सामाजिक सेवामा समर्पित नेतृत्व
सामाजिक कार्यप्रति विशेष रुचि राख्ने प्रेम दाहाल २००७ देखि नै नेपालमा विद्यार्थी आन्दोलन तथा शैक्षिक सुधार अभियानमा सक्रिय थिए। अष्ट्रेलिया आएपछि पनि सामाजिक सेवा प्रतिको प्रतिबद्धता निरन्तर रहँदै आएको छ।

सामाजिक संलग्नता:

सचिव, गोरखा यूथ क्लब, स्ट्राथफिल्ड (२०१७–२०२०)
सक्रिय सदस्य, Dubbo Nepalese Community Association (DNCA) — २०२१ देखि हालसम्म
यी भूमिकाहरूमा उनले सामुदायिक एकता, सांस्कृतिक कार्यक्रम, युवा सशक्तिकरण र अन्तरपुस्तीय संवादको माध्यमबाट नेपाली समुदायलाई थप नजिक ल्याउने कार्य गरेका छन्।

NRNA मार्फत आवाज बुलन्द गर्ने अठोट
एनआरएनए एउटा साझा मञ्च हो जसले प्रवासी नेपालीको हकहित, पहिचान र अवसरलाई प्रवर्द्धन गर्छ। प्रेम दाहालले SCC सदस्यका रूपमा आफूलाई प्रस्तुत गर्नुको कारण पनि यही हो — समुदायका आवाजहरू नीति निर्माण तहसम्म पुर्‍याउने, विद्यार्थी, कामदार, व्यवसायी र अभिभावकहरूको समस्या समाधान गर्न पहल गर्ने।

उनी भन्छन्:
“अब एनआरएनएको भविष्य निर्माण गर्ने समय हो। समुदायको विविध आवाजलाई समेटेर पारदर्शी नेतृत्व स्थापना गर्नु मेरो प्राथमिकता हो।”

किन टिम एकता?
दाहाल Team EKATA NSW को उम्मेदवारका रूपमा SCC पदमा उभिएका हुन्। उनी टिम एकताको मूल्य, विचार र विविध प्रतिनिधित्वप्रति आकर्षित छन्।
उनको भनाइमा:
“Team EKATA सहर र गाउँ सबै क्षेत्रका प्रतिनिधिहरूबाट बनेको समावेशी टिम हो। म यो टिमसँग सहकार्य गर्दै पारदर्शिता, युवाको सक्रियता, व्यवसायिक सञ्जाल र सामाजिक समृद्धिको पक्षमा काम गर्नेछु।”

समुदायप्रति अपिल
📌 “यदि म SCC सदस्यमा निर्वाचित भएँ भने, म NRNA मार्फत सम्पूर्ण समुदायका समस्या, सुझाव र आवश्यकतालाई जिम्मेवारीपूर्वक सम्बोधन गर्नेछु।
📌 म मेरो सामाजिक, सांस्कृतिक र पेशागत अनुभव प्रयोग गरी सबै वर्गको प्रतिनिधित्व गर्नेछु।
📌 तपाईंको अमूल्य मत र विश्वासले हामी एक सक्षम, उत्तरदायी र समावेशी एनआरएनए एनएसडब्लु निर्माण गर्न सँगै अगाडि बढ्न सक्छौं।”

🗳️ NRNA NSW निर्वाचन मिति: २६ जुलाई २०२५
✅ मत दिनुहोस् – Team EKATA
📌 उषा किरण बरिया पोखरेल नेतृत्वमा बनिरहेको यो टिम पारदर्शी, समावेशी र कार्यदक्षताको प्रतिक हो।

२०८२ असार १३, शुक्रबार प्रकाशित 1 Minute 559 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।