२०८३ जेष्ठ २५ सोमबार

नेतृत्वमा महिलाको सशक्त आवाज — चण्डिका ओली ओडारी उप-संयोजकको दौडमा

एनआरएनए NSW २०२५–२७: चण्डिका ओली ओडारी उप-संयोजक पदका लागि उम्मेदवार

सिड्नी, अष्ट्रेलिया — जून २७, २०२५
गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यू साउथ वेल्स (NSW) को आगामी कार्यकाल २०२५–२७ का लागि चण्डिका ओली ओडारीले उप-संयोजक (State Deputy Coordinator) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन्। उनी “Team Ekata NSW” बाट आधिकारिक रूपमा उम्मेदवार बनेकी हुन्।

शैक्षिक पृष्ठभूमि, अनुभव र निरन्तर समर्पण
नेपालको त्रिभुवन विश्वविद्यालयबाट व्यापार लेखा (MBA) तथा शिक्षा (B.Ed) मा शैक्षिक उपाधि हासिल गरेकी चण्डिका ओली ओडारी नेपालमा सरकारी शिक्षिका र व्याख्याता को रूपमा कार्यरत थिइन्। शिक्षा मार्फत समाज परिवर्तन गर्ने अठोट लिएर अघि बढेकी उनी सन् २००८ मा अष्ट्रेलिया आइपुगेकी हुन्।

अष्ट्रेलिया आएदेखि उनले अध्ययन, रोजगार, पारिवारिक दायित्व तथा सामाजिक सेवा सँगसँगै जीवन अगाडि बढाइरहेकी छिन्। दुई सन्तानको पालनपोषणसँगै उनी नेपाली समुदायमा महिलाको सशक्तिकरण, युवा मार्गदर्शन र पारिवारिक सहारा को पक्षमा निरन्तर सक्रिय छन्। हाल उनी क्वेकर हिल, एनएसडब्ल्यु मा स्थायी रूपमा बसोबास गर्छिन्।

उम्मेदवारीको उद्देश्य: नेतृत्वमा समावेशिता र परिणाममुखी सेवा
चण्डिका ओली ओडारीले आफ्नो उम्मेदवारीमार्फत नेतृत्वमा महिलाको सहभागिता, समुदायभित्र समावेशी सोचको विस्तार, तथा पारदर्शी कार्यान्वयन मा जोड दिने स्पष्ट प्रतिबद्धता व्यक्त गरेकी छिन्। उनले समुदायका आवश्यकता बुझेका, व्यवहारिक र जनमुखी कार्यक्रमहरू अघि सार्ने बताएकी छन्।

उनका प्रमुख एजेन्डाहरू यस प्रकार छन्:

🔹 एनएसडब्ल्युका नेपालीहरूबीच एकता र सहकार्यको सुदृढीकरण
🔹 नेपाली भाषा, संस्कृति, र परम्परागत पहिचानको संरक्षण र प्रवर्द्धन
🔹 दूतावास तथा वाणिज्यदूतावाससँग प्रभावकारी समन्वय गरी पासपोर्ट, नागरिकता र अन्य कागजात सम्बन्धी सेवाहरूलाई सहज बनाउने
🔹 मानसिक स्वास्थ्य, पारिवारिक कल्याण, र महिला सशक्तिकरणमा लक्षित कार्यक्रमहरू सञ्चालन गर्ने
🔹 एनसीसी र आइसीसी मार्फत अष्ट्रेलियावासी नेपालीहरूको आवाज प्रभावकारी रूपमा नेपालमा पु¥याउने
🔹 महिला र युवाहरूप्रति लक्षित नेतृत्व विकास, संस्कृतिक कार्यक्रम, तथा क्षमता अभिवृद्धि कार्यक्रमहरूमा प्राथमिकता दिने

किन ‘Team Ekata’?
उनको भनाइमा,

“Team Ekata केवल एक निर्वाचन समूह होइन, यो त समुदाय परिवर्तनको अभियान हो। यहाँ एकता, पारदर्शिता, सहभागिता र निष्कलंक सेवाको भावना निहित छ। हामी समावेशी नेतृत्वमा विश्वास गर्छौं र सबै नेपालीलाई सँगै लिएर अघि बढ्न चाहन्छौं — जहाँ कुनै पनि व्यक्ति पछाडि नपरोस्।”
समुदायप्रतिको अपील
“नमस्ते! म तपाईंहरूको साथ, माया र विश्वासको गहिरो कदर गर्छु।
यदि तपाईं महिला नेतृत्व, समावेशी सोच, र व्यावहारिक समाधानहरू मा विश्वास गर्नुहुन्छ भने, म तपाईंलाई Team Ekata सँग उभिन हार्दिक निमन्त्रणा गर्दछु।
हाम्रो समुदायका हरेक आवाज सुनियोस्, प्रतिनिधित्व होस्, र समाधानमा परिणत होस् — यही मेरो सपना हो।
म तपाईंका लागि छु — तपाईंको परिवार, तपाईंको आशा र तपाईंको आवाजका लागि।”
🗳️ एनआरएनए अष्ट्रेलिया निर्वाचन मिति:
२६ जुलाई २०२५ (शनिवार)

Team EKATA NSW लाई आफ्नो अमूल्य मत दिँदै, सशक्त नेतृत्वको पक्षमा उभिऔं।
उषा किरण बरिया पोखरेल को नेतृत्वमा, Team Ekata NSW नेपाली समुदायको एकता, समावेशिता र समृद्धिको साझा यात्रामा अग्रसर छ।

🔖 सम्बद्ध टिम सदस्यहरू:
▪️ चण्डिका ओली ओडारी – उप-संयोजक उम्मेदवार
▪️ प्रताप पन्थी – सचिव
▪️ विजय घिमिरे – सह-सचिव
▪️ अनिल तामाङ – कोषाध्यक्ष
▪️ रमेश सिंह – युवा संयोजक
▪️ सनीता लामा – महिला संयोजक
▪️ अवनी पौडेल – एनसीसी सदस्य
▪️ प्रदीप कँडेल, विशाल रेग्मी, सुनिल श्रेष्ठ, प्रेम दहाल, लक्ष्मी क्षेत्री, विवेक ओझा !

२०८२ असार १३, शुक्रबार प्रकाशित 1 Minute 1306 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।