२०८३ जेष्ठ २५ सोमबार

सपना लिएर आएको थिए, सेवा गर्ने प्रण लिएर उभिएको छु: बिबेक ओझाको चुनावी यात्रा

बिबेक ओझा : NRNA NSW सदस्य पदका लागि उम्मेदवार, ‘एकता’ टिमबाट चुनावी मैदानमा

सिड्नी, अष्ट्रेलिया – सन् २०१६ मा एक पेशेवर शेफका रूपमा अष्ट्रेलिया आएका बिबेक ओझा अब नेपाली समुदायको नेतृत्व गर्न दृढ संकल्पसहित एनआरएनए (NRNA) न्यू साउथ वेल्स (NSW) को एनसीसी सदस्य पदका लागि उम्मेदवारी दिएका छन्। उनी ‘टिम एकता’ को तर्फबाट आगामी कार्यकाल (२०२५–२७) का लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।

अवर्न (Auburn) निवासी ओझा हाल Auburn Nepalese Community का कार्यकारी सदस्य तथा युवा संयोजक छन्। साथै, उनी २०२३–२५ कार्यकालका लागि NRNA NSW को SCC सदस्य समेत हुन्। समुदायमा सक्रिय नेतृत्व, युवाको सशक्तिकरण तथा सामाजिक सेवा उनको मुख्य परिचय बनिसकेको छ।

शुरुवात भान्साबाट, यात्रा नेतृत्वसम्म
“भान्साबाट सुरू भएको मेरो यात्रा अब नेतृत्वमा परिणत भएको छ,” ओझाले भने। “म यहाँ उपाधिका लागि होइन, तपाईँहरूको आवाज बन्न, समस्या समाधान गर्न, र समुदायको भविष्य सशक्त बनाउन उम्मेदवार बनेको हुँ।”

उनी किन उम्मेदवार?
ओझाको भनाइमा, उनी एनआरएनएमा “केवल प्रतिनिधि होइन, नतिजा ल्याउने लिडर” बन्न चाहन्छन्। उनले नेपाली आप्रवासीको प्रारम्भिक संघर्ष, भाषिक तथा सांस्कृतिक चुनौतीहरू आफैंले जिएका छन्। त्यही अनुभवलाई आधार बनाएर युवालाई नेतृत्व, करियर र व्यक्तिगत विकासका अवसरहरू उपलब्ध गराउने उनको अभियान छ।

ओझाको मुख्य एजेन्डा यसप्रकार छन्:

युवालाई नेतृत्व र सीप विकासका अवसरहरू प्रदान गर्ने
नयाँ आप्रवासीका लागि व्यवहारिक सहयोग प्रणाली निर्माण गर्ने
नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने
अष्ट्रेलियाली संस्थासँग नेपाली समुदायको सहकार्य बलियो बनाउने
अष्ट्रेलियामा एक सशक्त, एकीकृत र सम्मानित नेपाली पहिचान स्थापित गर्ने
किन टिम ‘एकता’?
ओझाले ‘एकता टिम’ लाई “इमानदारी, समर्पण र नतिजामूलक नेतृत्वमा विश्वास गर्ने” समूह भनेका छन्। “परिवर्तनको कुरा मात्रै होइन, काम गरेर देखाउने टिम हो एकता,” उनले जोड दिए।

समुदायलाई सन्देश
“दाजुभाइ तथा दिदीबहिनीहरू, अब हाम्रो समय आएको छ। आउनुहोस्, नेतृत्वमा उनीहरूलाई रोजौं, जसले तपाईंको संघर्ष बुझेका छन्, तपाईंको भविष्यको चिन्ता गरेका छन्,” ओझाले भने। “म तपाईंको भोट उपाधिको लागि होइन, तपाईंको विश्वासको लागि माग्दैछु—ताकि तपाईंका आवाजलाई बलियो बनाउन सकूँ, युवालाई मार्गदर्शन गर्न सकूँ, र अष्ट्रेलियामा हाम्रो उपस्थिति अझ सशक्त बनाउन सकूँ।”

निर्वाचन मिति:
🗳️ एनआरएनए अष्ट्रेलिया निर्वाचन २६ जुलाई २०२५ मा हुँदैछ।

नारा:
“Vote Team EKATA! उषा किरण बरिया पोखरेल र सम्पूर्ण एकता टिमलाई समर्थन गरौं!”

२०८२ असार २०, शुक्रबार प्रकाशित 1 Minute 581 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।