२०८३ जेष्ठ ५ मंगलवार

न्युक्यासल नयाँ गन्तव्य: लेकाली मार्टले एशियाली ग्रोसरीको भरपर्दो मार्ट खुल्यो

लेकाली मार्ट न्युकेसलमा भव्य रूपमा सञ्चालनमा – सम्पूर्ण आवश्यकता एकै स्थानमा

न्युकेसल, अष्ट्रेलिया | जुलाई ५, २०२५ – न्यू साउथ वेल्सको Edgeworth क्षेत्रमा नेपाली समुदायको सुविधालाई लक्ष्य गर्दै Lekali Mart Newcastle नामक अत्याधुनिक ग्रोसरि स्टोर र बुटचरीको भव्य शुभारम्भ गरिएको छ। अब न्युकेसलवासी नेपाली तथा दक्षिण एशियाली समुदायले आफ्नो दैनिक आवश्यकताका सम्पूर्ण सामग्री एउटै स्थानमा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

स्थान:
Lekali Mart Newcastle
2/13 Arnott Street, Edgeworth 2285, NSW

स्टोर विशेषताहरू
Lekali Mart Newcastle ले ग्राहकलाई एकै छानामुनि विविध प्रकारका सेवा र सामग्री उपलब्ध गराउँछ, जसमा निम्न प्रमुख छन्:

नेपाली, भारतीय र दक्षिण एशियाली ग्रोसरी सामग्री – चामल, दाल, तेल, मसला, चिया, बिस्कुट, सुकुटी, अचार, चाउचाउ, र अन्य घरेलु सामग्रीहरू।
फ्रेस मासु सेवा (Butchery Section) – बफ, कुखुरा, खसी, बंगुर, च्यांग्रा आदिको मासु सजिलै उपलब्ध।
बफ मिन्स (Buff Mince) विशेष अनुरोधमा उपलब्ध छ।
ताजा फलफूल र तरकारी – सिजन अनुसारको ताजा उत्पादन, सिधै फार्मबाट।
गृह उपयोगी सामग्री – सरसफाइ, भान्साघर, सौन्दर्य सामग्री लगायत।

एक सन्चालक: जीवन न्यौपाने
स्टोर व्यवस्थापनमा अनुभवी व्यवसायी जीवन न्यौपाने समेत रहेको टिम सक्रिय छ। यो स्टोरले नेपाली समुदायको आवश्यकता, स्वाद र संस्कृतिलाई सम्मान गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने अठोट लिएको छ।

संचालकले बताए अनुसार:

“हामीले ग्राहकको सुविधा, गुणस्तरीय सेवा र पारिवारिक अनुभूति प्रवासमै दिलाउने लक्ष्य लिएका छौं। यो स्टोर नेपाली र दक्षिण एशियाली समुदायको गर्वको केन्द्र बन्नेछ।”

समुदायसँगको सहकार्य
Lekali Mart केवल व्यापारिक उद्देश्यमा सीमित नभई समुदायभित्र सहकार्य, रोजगारी सृजना र संस्कृतिक सम्वर्द्धनमा समेत योगदान पुर्‍याउने सोचमा आधारित छ। यहाँ सहज मूल्य, ताजा सामग्री र सद्भावपूर्ण सेवा मार्फत ग्राहकको मन जित्ने प्रयास गरिएको छ।

Lekali Mart Newcastle अब सम्पूर्ण नेपाली समुदायका लागि “सबै सामग्री एउटै गन्तव्य” को रुपमा स्थापित हुँदैछ। तपाई पनि एकपटक अवश्य जानुहोला ।

२०८२ असार २१, शनिबार प्रकाशित 1 Minute 1407 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।