२०८३ जेष्ठ ४ सोमबार

सुमन खत्रीद्वारा एनआरएनए – NSW, Deputy-Coordinator पदमा उम्मेदवारी

सुमन खत्रीद्वारा एनआरएनए अष्ट्रेलिया – एनएसडब्ल्यु उप–राज्य समन्वयक पदका लागि उम्मेदवारी घोषणा

सिड्नी, अष्ट्रेलिया | ५ जुलाई २०२५

गैर–आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया अन्तर्गत न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद् (SCC) को २०२५–२०२७ कार्यकालका लागि सुमन खत्रीले उप–राज्य समन्वयक (Deputy State Co-ordinator) पदमा उम्मेदवारी घोषणा गरेका छन्।

लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएका खत्रीले आफ्नो उम्मेदवारीमार्फत देशको सुदूरपश्चिम, मध्यपश्चिम र कर्णाली प्रदेशमा गरिएको समाजसेवी योगदानको अनुभव, र अष्ट्रेलियामा रहेका नेपाली समुदायका हितमा काम गर्न सक्ने दृढ इच्छाशक्तिको प्रदर्शन गरेका छन्।

उम्मेदवारी घोषणासँग उम्मेदवारको सन्देश:
“मेरो लामो समयको कर्णाली परिवेशमा रही, सुदूर र मध्य पश्चिम हुँदै पुरै नेपालभर समाज सेवामा गरेको अनुभवलाई आत्मसात् गर्दै समुदायका अग्रजहरूप्रति सम्मान प्रकट गर्दछु। अनुभव र युवाको समन्वयमा आधारित एक सक्षम र सकृय टिमका साथ हामी अगाडि बढेका छौं। हाम्रो टिम सच्चा, समर्पित र पारदर्शी सेवामा विश्वास राख्दछ।”

निर्वाचन विवरण:
निर्वाचन मिति: २६ जुलाई २०२५ (शनिबार)
निर्वाचन पद: उप–राज्य समन्वयक (Deputy State Co-ordinator)

सुमन खत्रीका प्राथमिकताहरू:
समावेशी नेतृत्व र साझा सोचलाई प्रोत्साहन
सुदूरपश्चिम, कर्णाली, र अन्य कम पहुँच भएका क्षेत्रका आवाजहरूलाई मुख्यधारमा ल्याउने प्रयास
युवा र अनुभवी पुस्ताबीच सहकार्यमा आधारित रणनीति कार्यान्वयन
NRNA संस्थालाई पारदर्शी, सहभागीमूलक र उत्तरदायी बनाउने योजना
आपतकालीन सहयोग, नेपाली संस्कृति प्रवर्द्धन, र समुदाय सशक्तिकरणमा विशेष जोड

समुदायमा सकारात्मक प्रतिक्रिया
सुमन खत्री नेपाली डायस्पोरामा सक्रिय, जिम्मेवार र नेतृत्वदायी व्यक्तित्वको रूपमा चिनिन्छन्। विभिन्न सामाजिक अभियन्ता कार्यक्रमहरूमा सहभागिता, सामूहिक सहकार्य र जिम्मेवार कार्यशैलीका कारण उनीप्रति समुदायमा विशेष विश्वास देखिएको छ।

उम्मेदवारको अपिल:
“हिजोका अनुभव र आजका सक्रियतासँगै हामी सबैको सहभागितामा मजबुत डायस्पोरा निर्माण गरौं। तपाईंहरूको साथ, सुझाव र समर्थनले संस्थागत सुशासन र सामुदायिक विकासको यात्रालाई थप बल मिल्नेछ।”

२०८२ असार २२, आईतवार प्रकाशित 1 Minute 1089 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।