नेपाली समुदायको एकताको प्रतिक द्रोण पन्त (समीर) STATE COORDINATOR पदमा उम्मेदवार
मेलबर्न, अस्ट्रेलिया — भिक्टोरिया प्रदेशको गैर-आवासीय नेपाली संघ (NRNA) अस्ट्रेलियाको महत्वपूर्ण नेतृत्व पद STATE COORDINATOR का लागि समुदायका सक्रिय नेता द्रोण पन्त (समीर) ले आफ्नो उम्मेदवारी घोसणा गरिसकेका छन्। यस पदका लागि २६ जुलाई २०२५ मा हुने निर्वाचनलाई मध्यनजर राख्दै उनले समुदायमा एकता, प्रगति र सशक्तिकरणको अभियान बढाउँदै आएका छन्।
द्रोण पन्तले आफ्नो उम्मेदवारी घोषणा गर्दै समुदायका विभिन्न क्षेत्रका नेपालीहरूसँग आत्मीय अपील गर्दै भने, “१४ वर्षपछि फेरि यस जिम्मेवारीमा आउनु भनेको समुदायप्रतिको मेरो गहिरो प्रतिबद्धताको प्रमाण हो। हामी सबैको साझा प्रयासले मात्र भिक्टोरियाको NRNA लाई वास्तवमै सबैको प्रतिनिधित्व गर्ने मञ्च बनाउन सकिन्छ।”
उनको चुनावी एजेन्डामा समुदायको एकीकरण, युवा सशक्तिकरण, सांस्कृतिक संरक्षण, र आप्रवासी नेपालीहरूको कानुनी अधिकार र सुविधाको लागि प्रभावकारी अभियानहरू समावेश छन्। उनले आफ्नो नारा “LOVE, RESPECT, UNITY, SUCCESS” अन्तर्गत सबैको सहभागितामा आधारित सहकार्यात्मक नेतृत्व प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्।
२०२५-२०२७ का लागि परिवर्तनको आशा लिएर उनी अगाडि बढ्दै छन् भने उनको टोलीले सामाजिक सञ्जालमार्फत (@TEAMEXATA.FORCHANGE) मा आफ्नो गतिविधिहरू साझा गर्दै आएको छ। समुदायका विभिन्न व्यक्तिहरूले उनको उम्मेदवारीलाई ठूलो आशावादका साथ हेरिरहेका छन्।
भिक्टोरियाका नेपाली समुदायले यस पटकको निर्वाचनलाई ऐतिहासिक अवसरको रूपमा लिँदै छन्। द्रोण पन्तको नेतृत्वमा NRNA ले नयाँ ऊर्जा र दिशा प्राप्त गर्ने विश्वास समुदायमा व्याप्त छ। उनीहरूको मान्यता छ कि एकजुट भएर मात्र समुदायले आफ्नो हक अधिकार र मानसम्मानको स्थापना गर्न सकिन्छ।
यसरी नै, द्रोण पन्तले समुदायका सबै वर्ग, युवा, महिला, र व्यवसायीहरूसँग निरन्तर संवाद गर्दै आएका छन्। उनको खुला संचार नीति र सहभागी निर्णय प्रक्रियाले समुदायमा नयाँ आशा जगाएको छ।
आगामी निर्वाचनमा समुदायले गर्ने निर्णय भविष्यको दिशा निर्धारण गर्नेछ। द्रोण पन्तको उम्मेदवारीले नेपालीहरूको एकतालाई मजबूत पार्ने र अन्तर्राष्ट्रिय स्तरमा समुदायको आवाज बुलन्द बनाउने आशा जगेको छ।