२०८३ जेष्ठ २५ सोमबार

सन्तोष थापा NRNA अष्ट्रेलिया (WA) को युवा संयोजक पदमा उम्मेदवार

सन्तोष थापा NRNA अष्ट्रेलिया (WA) युवा संयोजक पदमा उम्मेदवार
पश्चिम अष्ट्रेलिया, १० जुलाई २०२५ — आउँदो २६ जुलाई २०२५ मा हुन गइरहेको NRNA अष्ट्रेलिया (२०२५–२०२७) कार्यकालको निर्वाचनमा सन्तोष थापाले NRNA – पश्चिम अष्ट्रेलिया (WA) को युवा संयोजक (Youth Coordinator) पदमा उम्मेदवारी घोषणा गरेका छन्।

सन्तोष थापा विगत पाँच वर्ष ब्रिस्बेन र पछिल्ला तीन वर्षदेखि पश्चिम अष्ट्रेलिया (WA) मा सक्रिय रूपमा नेपाली समुदायसँग आबद्ध रहँदै आएका छन्। विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूमा निरन्तर सहभागिता जनाउँदै आएका थापाले नेपाली समुदायप्रति आफ्नो समर्पणलाई संस्थागत ढंगले अगाडि बढाउने उद्देश्यका साथ उम्मेदवारी दिएका हुन्।

उनी भन्छन्, “NRNA संसारभर छरिएर रहेका नेपालीहरूको साझा संस्था हो। यो संस्थामार्फत नेपाली भाषा, संस्कृति र आपसी सहयोगको भावना प्रवर्द्धन हुँदै आएको छ। तपाईंहरूको माया र विश्वासले म अझ जिम्मेवार र प्रेरित भएको छु।”

व्यवसायिक पृष्ठभूमि भएका थापाले नेपाली समुदायमा उद्यमशीलता प्रवर्द्धन गर्न विशेष ध्यान दिने बताएका छन्। उनी युवाहरूलाई लक्षित गर्दै व्यवसायिक तालिम, मेटरिङ प्रोग्राम र सहयोगमूलक नेटवर्किङ कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्छन्।

साथै, अष्ट्रेलियामा अध्ययनको शिलशिलामा आएका विद्यार्थीहरूको सुखदु:खमा सधैं अग्रस्थानमा रही साथ दिने उनले प्रतिबद्धता जनाएका छन्।

थापा थप्छन्, “हामी सबै मिलेर सशक्त र एकजुट नेपाली समुदाय निर्माण गर्न सक्छौँ। यस यात्रामा तपाईंहरूको अमूल्य मत, साथ र सुझावको अपेक्षा गर्दछु।”

उनले NRNA नयाँ सदस्यहरूलाई यस अभियानमा सक्रिय सहभागिता जनाउन पनि आह्वान गरेका छन्।

२०८२ असार २६, बिहीबार प्रकाशित 1 Minute 561 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।