एनआरएनए अष्ट्रेलिया एनसीसी सदस्य पदका उम्मेदवार मुगेन्द्र गौतम (मुगेन): तस्मानियाबाट उठेको नेतृत्वको आवाज
होबार्ट, तस्मानिया, जुलाई १५ – सामाजिक रुपान्तरण, समावेशिता र साझा पहिचानको सशक्त आवाज बनेका मुगेन्द्र गौतम आगामी एनआरएनए अष्ट्रेलिया निर्वाचनमा राष्ट्रिय समन्वय परिषद् (NCC) सदस्य पदका लागि उम्मेदवार बनेका छन्। उनी TEAM EKATA को तर्फबाट “For Change 2025–2027” अभियानमार्फत प्रतिस्पर्धामा उत्रिएका छन्।
उनी विगत एक दशकदेखि अष्ट्रेलियामा विशेष गरी तस्मानियाको नेपाली समुदायसँग प्रत्यक्ष जोडिएर कार्यरत छन्। सामाजिक उत्तरदायित्वप्रति अत्यन्त सजग मुगेन्द्रले तस्मानियामा नेपाली डायस्पोराको समृद्धि, समावेशिता र भलाइका लागि थुप्रै नविनतम पहलहरू गरेका छन्।
सामाजिक क्षेत्रमा निरन्तर योगदान गौतम नेपाली समुदायका समस्यालाई राज्यस्तरमा उजागर गर्दै तस्मानिया राज्य सरकारसँग सक्रिय रुपमा संवाद र पैरवी गर्दै आएका छन्।
उनी नेतृत्व गरेको थुप्रै कार्यक्रमहरूले समुदायमा सकारात्मक परिवर्तन ल्याएका छन्। विशेषगरी नेपालबाट अष्ट्रेलिया भ्रमणमा आउने अभिभावकहरूका लागि Focused Picnic Programs, प्राथमिक उपचार सम्बन्धी जानकारीमूलक सेसनहरू, तथा सामाजिक मेलमिलापका कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरिएका छन्।
तस्मानियामा आप्रवासी नेपालीहरूको मानसिक स्वास्थ्यप्रति संवेदनशील हुँदै, उनले Mental Health First Aid तालिमहरू निःशुल्क रूपमा प्रदान गरेका छन्, जसले समुदायमा मानसिक स्वास्थ्यप्रतिको बुझाइ बढाउनुका साथै संकटको बेलामा सहयोग गर्ने क्षमतामा वृद्धि गरेको छ।
युवामैत्री दृष्टिकोण
युवा लक्षित कार्यक्रमहरूमा उनको विशेष प्राथमिकता देखिन्छ। योग सेसनहरू, आत्महत्या रोकथामसम्बन्धी कार्यशाला, तथा नेतृत्व विकास तालिमहरू उनका प्रमुख पहलकदमी हुन्।
सामाजिक गतिविधिमा सबैको सहभागिता सुनिश्चित गर्न उनले विभिन्न संस्थासँग सहकार्य गर्दै समुदायका हरेक तह र तप्कामा समावेशी कार्यक्रमहरू सञ्चालन गरेका छन्।
पेशागत रूपमा मुगेन्द्र प्रशिक्षक (Trainer/Assessor) तथा लाइसेन्स प्राप्त Mental Health First Aid Instructor हुन्। उनले पेशागत दक्षतालाई सामाजिक सेवासँग जोडेर समुदायमा ज्ञान र चेतनाको विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेका छन्।
एनआरएनए अभियानमा उनी लामो समयदेखि संलग्न रहँदै आएका छन्। उनी एनआरएनए सबै नेपालीको साझा संस्था हो र यसले सबैलाई समेट्नै पर्छ भन्ने दृढ विश्वास राख्छन्। उनका अनुसार एनआरएनए केवल प्रवासी नेपालीहरूको प्रतिनिधित्व गर्ने संस्था मात्र होइन, यो नेपालीपनको पहिचान, माया र एकताको केन्द्र बिन्दु हो।
“Let’s Build What We Never Had” –
“हामी कहिल्यै पाउन नसकेको साझा संरचना अब हामी आफैंले बनाउँछौं”।
उनी नेतृत्व गर्ने TEAM EKATA ले समावेशिता, पारदर्शिता, सहकार्य र दीर्घकालीन समाधानमुखी योजनालाई प्राथमिकता दिएको छ।
मुगेन्द्र गौतमको उम्मेदवारी केवल निर्वाचनको प्रतिस्पर्धा होइन, यो एक समावेशी, न्यायोचित र सहभागितामूलक एनआरएनए निर्माणतर्फको प्रतिबद्ध कदम हो।
उनले प्रस्तुत गरेको नेतृत्व दृष्टिकोण एनआरएनएलाई सबैको साझा मञ्च बनाउने दिशामा अग्रसर छ।