२०८३ जेष्ठ ५ मंगलवार

एमाले महाधिवेशन पस्चात अखिल र युवा संघले उठायो फोहोर, सबैबाट प्रशंसा ।

चितवन । नेकपा एमाले को १० औं महाधिवेशन आजबाट सुरु भएको छ । चितवनको नारायणघाटको नारायणी किनारमा बनाईएको भव्य स्टेजबाट महाधिवेशन सुरु भएको थियो ।
महाधिवेशनको सुरुवातमा शुभकामना दिन प्रधानमन्त्री शेर बहादुर देउवा देखि अरु पार्टीका शिर्ष नेताहरु सहभागी भएका थिए । नेकपा एमालेलाई शुभकामना दिएर फर्किए संगै एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मन्तव्य राखेका थिए । अध्यक्ष ओलीले आफ्नो मन्तव्य सकेर फर्किएसंगै कार्यक्रमको समापन गरिएको थियो ।
कार्यक्रम सकिएसंगै लाखौँ जनता सहभागी रहेको उक्त कार्यक्रम स्थल फोहोर समेत भएको थियो । कार्यक्रम सकेर जनता फर्किएसंगै एमालेका युवा कार्यकर्ताहरु हातमा टर्च लाईट बोकेर कार्यक्रम स्थलदेखि शहरका मुख्य चोक सफा गर्न थालेका छन् ।
“कार्यक्रम गर्नु मात्र आफ्नो कर्तव्य नभएर फोहोर भएको कार्यक्रम स्थल समेत सफा गर्नुपर्ने आफ्नो कर्तव्य भएकाले गर्दा एमाले पार्टीले आफ्नो संस्कार देखाएको छ” सफा गर्दै गरेको प्रवासी नेपाली मंच अन्तराष्ट्रिय कमिटीका सचिव रमेश पाण्डेले बिश्वपाटीलाई भनेका छन् ।

२०७८ मंसिर १०, शुक्रबार प्रकाशित 0 Minutes 619 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।