२०८१ बैशाख १८ मंगलवार

अब एमाले संग एक्लै लड़न सकिदैनः प्रधानमन्त्री देउवा ।

पोखरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन नगरी अब एमाले विरुद्ध एक्लै चुनाव लड्न दिवा सपना जस्तै हुने र जीत्न नसकिने बताउनुभएको छ ।

प्रधानमन्त्री समेत रहनुभएका देउवाले नेपाली कांग्रेस पर्साको  नव गठित निर्वाचित नेतृत्वलाई प्रमाणपत्र वितरण गर्दै अबको चुनावमा पनी गठबन्धन नगर्ने हो भने निर्वाचनमा सफलता प्राप्त हुन नसक्ने बताउनुभयो । गठबन्धनकै साथ र कारण आफू प्रधानमन्त्री बनेको बताउँदै उहाँले आउने स्थानीय, प्रदेश अनी संघीय तीन वटै चुनाव गठबन्धनबाट जानुपर्ने धारणा राख्नुभयो ।

देउवाले एमाले यति बेला देश कै ठुलो र बिशाल पार्टी भएको र व्यापक जनसङ्गठन भएको बलियो शक्ति भएको बताउनुभयो । त्यसैले एमालेको विरुद्ध मिलेरै लड्नु पर्ने उहाँको भनाइ छ । ‘अहिले गठबन्धनको सरकार छ, मिलेर चुनाव लड्नुपर्छ’, देउवाले भन्नुभयो ।

देउवाले एक्लै बहुमत नआउने भएकोले पनि मिलेर चुनावमा जानुपर्ने धारणा राख्नुभयो । पार्टीभित्र एकता कायम गर्दै गठबन्धनलाई अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।  तर कांग्रेस भित्रै केही नेताहरूले भने सधै साना दल जसलाइ साथ दीएर सधै माया गर्नुपर्ने कारण के ? अब हामी एक्लै लड़ने र हार समेत बहोर्न तयार रहनुपर्ने युवा नेता गगन थापाले बताए । उनले कांग्रेश निकट एक भेलालाई सम्बोधन गर्दै अब कांग्रेस अरुको खुट्टामा होईन एक्लै लड़छ समेत बताएका छन ।

२०७८ फाल्गुन २८, शनिबार प्रकाशित 0 Minutes 152 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार